चलचित्र गोर्खेको टाईटल गीत सार्वजनिक
- मंगलबार, ६ माघ, २०७७
- 1 month ago
- कला र मनोरञ्जन
काठमाडौँ । कोजु ईन्टरटेन्टमेनको ब्यानरमा हरि लामाको प्रस्तुति र तिर्थराम कोजु र हरि थापाको निर्माणमा तयार भएको चलचित्र ‘गोर्खे’मा समावेश गीत सार्वजनिक भएको छ । मुख्य दृश्य सहित टाईटल गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको हो ।
बुढासुब्बा डिजिटलको अफिसिएल युट्युब च्यानलमार्फत सार्वजनिक भएको यस गीतमा आवाज, संगीत र एरेन्ज शास शाक्यको रहेको छ भने शब्द नग्वा फिन्जु पाख्रिनको रहेको छ ।
गीतमा चलचित्रका मुख्य पात्रहरुलाई फिचर्ड गरिएको छ । यसअघि ‘सिन्के अचार’ र ‘गाउँ भरि हल्ला भो’ बोलको गीत सार्वजनिक गरेर दर्शक श्रोताको मन जितेको यस चलचित्रको ‘गोर्खे ’ टाईटल गीत रिलिजसँगै चलचित्र हेर्ने र नेपाली चलचित्रलाई माया गर्ने दर्शकको मन जित्नेमा निर्माण पक्ष ढुक्क रहेको छ ।
नेपालको रमणीय स्थानहरु पाल्पा, बर्दघाट, धम्पुस, पोखरा र काठमाडौँ लगायत नेपालको रमणीय स्थानहरुमा छायांकन गरिएको यस चलचित्रलाई निर्देशक किम्मत गौतमले निर्देशन गरेका हुन ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
नेपालमा थप ४७ जनामा कोरोना संक्रमण
- 11 minutes ago

काठमाडौँ । नेपालमा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
खोप सबै नेपालीमा पु¥याउने सरकारको प्रयास: मन्त्री त्रिपाठी
- 35 minutes ago

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदेयश त्रिपाठीले कोभिड–१९ विरुद्धको खोप सबै जनताको पहुँचमा पु¥याउने प्रयास भइरहेको बताएका छन् ।
फर्निचर उद्योगमा आगलागी
- 46 minutes ago

धनगढी । धनगढी उपमहानगरपालिका–४ चटकपुरस्थित फर्निचर उद्योगमा भीषण आगलागी भएको छ ।
पर्यटन
महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा ११ समिति सक्रिय

काठमाडौं । कोरोनाको त्रास कायमै रहेका बेला यस वर्षको महाशिवरात्रि पर्व मनाउन पशुपति क्षेत्र विकास कोषले ११ वटा समिति गठन गरेको छ ।
जीवनशैली
तौल घटाउने सजिलो उपाय

एजेन्सी । यदी तपाई आफ्नो तौल घटाउन चाहानुहुन्छ भने यो तरिका अपनाउनुहोस् । तपाई तौल घटाउन धेरै मेहनत गर्नुहुन्छ । एक महिनामा ४ किलो तौल घटाउन तपाईले २ खाले एक्सरसाइज गर्नसक्नुुहुन्छ ।
विचित्र विश्व
दाउद इब्राहिमबारे एउटा रोचक रहस्य !

एजेन्सी । संसारमा दाऊद इब्राहिमसँग डराउँछन् तर दाऊद मात्र एक व्यक्तिसँग डराउँछन् जसलाई रियल डन भनिन्छ ।