गोवर्द्धन पूजालाई ‘खोरियाश्री साहित्य सेवा सम्मान’
- आइतबार, २४ पुष, २०७९
- 2 months ago
- साहित्य

काठमाडौँ। नेपाली भाषा साहित्यको सेवा र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको अध्यक्ष भएकोमा गोवर्द्धन पूजालाई ‘खोरियाश्री साहित्य सेवा सम्मान’ प्रदान गरिएको छ।
चन्द्रागिरि साहित्य प्रतिष्ठानले एक कार्यक्रम गरेर उक्त सम्मान प्रदान गरेको हो। सम्मानित पूजाका ९ वटा साहित्यिक कृति प्रकाशित छन् भने डेढ दर्जन पुरस्कारबाट सम्मानित भइसकेका छन्।
अमेरिकाको बोस्टनमा रहेका पूजाले हाल प्रत्येक महिना ‘अध्यक्षसँग अनेसासका कुराः जूम कार्यक्रम सञ्चालन गर्दै आएका छन्। अध्यक्ष जनार्दन अधिकारी धड्कनको सभापतित्वमा आयोजित कार्यक्रममा साहित्यकार गंगा लिगल, कलानिधि दाहाल, डा देवी पन्थी, सुनिता राई, चूडा निर्भिक, आर्त अकुलिन, उत्तम भेटवाल, सीता पाण्डे, अनुराधा थापा, द्वारिका कुईंकेल, चन्द्रावती अधिकारी, देवीप्रसाद मिश्र, शारदा आचार्य, चन्द्रा न्यौपाने, सुरेश घिमिरे, घनश्याम पौडेल, तारा घिमिरे, सरस्वती श्रेष्ठ, हरि शर्मा पंगेनी, गोम बिक्रम, सुनिता राई, कृष्णप्रसाद पौडेल, सुशिला पौडेल, दिनानाथ पोखरेल, रेणु घिमिरे लगायत २७ जना सर्जकहरूले आ–आफ्ना रचना कविता, खोरिया, सुसेली, उदक, गजल आदि वाचन गर्नुका साथै मन्तव्य राखेका थिए।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
विश्व क्षयरोग दिवस: नेपालमा ३२ हजार क्षयरोगी उपचारबाट वञ्चित
- 1 minute ago

काठमाडौँ । नेपालसहित विश्वभर आज विश्व क्षयरोग दिवस मनाइँदै छ । ‘हो १ हामी क्षयरोग अन्त्य गर्छौं’ मूल नाराका साथ विश्व क्षयरोग दिवस मनाउन लागिएको छ ।
बुटवलमा पुर्जाविहीन जग्गाको सर्भे
- 42 minutes ago

बुटवल । बुटवल उपमहानगरपालिकाले नापजाँच बाँकी रहेका लालपुर्जाविहीन जग्गाको सर्भे सुरु गरेको छ । राष्ट्रिय भूमि आयोगबाट पास भएका ब्लकमा बुटवल उपमहानगरपालिकाले डीजीपीएस सर्भे थालेको हो ।
बैरेनी जग्गा एकीकरण आयोजना कार्यान्वयन चरणमा
- 50 minutes ago

तनहुँ । तनहुँको व्यास नगरपालिका–१० स्थित बैरेनी जग्गा एकीकरण आयोजना कार्यान्वयन चरणमा प्रवेश गरेको छ । बैरेनीमा आयोजनाअन्तर्गत प्रथम चरणको कार्यान्वयन सुरुआत गरिएको हो ।
पर्यटन
एकपटक पुग्नै पाथीभरा धाम

सन्तोष पुर्कुटी। देशकै प्रमुख शक्तिपीठमध्ये ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरले वार्षिक लाखौँ स्वदेशी तथा विदेशी तीर्थयात्रीलाई आकर्षण गरिरहेको छ। अलौकिक शक्तिको खानीका रुपमा लिइने पाथीभरामा पछिल्लो एक वर्षमा मात्रै झण्डै तीन लाख बढी स्वदेशी तथा विदेशी तीर्थयात्री आएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।
जीवनशैली
खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

एजेन्सी । काजु मानिसहरुले सबैभन्दा बढी सेवन गर्ने सुक्खा फल हो । अधिकांश मानिसहरु काजू खान मन पराउँछन् । यो धेरै स्वस्थ नट मध्ये एक समावेश छ।
विचित्र विश्व
महाठग चन्द्रशेखरले भनेः गरिब कैदीलाई करोडौँ रकम प्रदान गर्ने चाहन्छु

एजेन्सी । आफैँ कैदमा रहेका एक बन्दीले कारागारमा रहेका कैदीबन्दी तथा उनीहरूका परिवारका लागि रु पाँच करोड ११ लाख प्रदान गर्ने चाहना व्यक्त गरेका छन् ।