अनेसासको अध्यक्षमा गोवर्द्धन पूजाको उम्मेद्वारी
- आइतबार, १२ आषाढ, २०७९
- 1 month ago
- साहित्य

बोस्टन, अमेरिका। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रीय समितिको निर्वाचनका लागि साहित्यकार गोवर्द्धन पूजाले अध्यक्षको पदमा उम्मेद्वारी दर्ता गराएका छन्।
विगत १२ बर्षदेखि अमेरिकाको बोस्टनलाई आफ्नो कर्मथलो बनाएका पूजाले यसअघि दुई कार्यकाल महासचिवको सफल कार्यकाल पूरा गरिसकेर हाल वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हाली रहेका छन्। विशेषतः कविताका क्षेत्रमा चर्चित पूजाका पीडा अवतार, अनामनगरकी अम्बिका, प्रेम अवतार, वाचाल ओठहरूलगायतका कविता कृतिसहित एकदर्जन साहित्यिक कृति प्रकाशित छन्।
नेपालमा छदै नेपाल सरकारले ४० बर्षभन्दा मुनिका युवालाई दिने मोति पुरस्कारबाट सम्मानित भइसकेका पूजाले नारायणी वाङ्मय पुरस्कार, भानुमोति पुरस्कार, भानुभक्त लेखन पुरस्कार, भानुभक्त द्वशर्वार्षिकी स्वर्ण पदक, नेपाल प्रज्ञाप्रतिष्ठाको कविता महोत्सवमा पुरस्कृत भएसँगै दुई दर्जन साहित्यिक पुरस्कार र सम्मानबाट सम्मानित भइसकेका छन्।
गजलमञ्चको संस्थापक अध्यक्ष, हिमालयन लायन्स क्लव बोस्टनको अध्यक्षसमेत रहेका पूजाले सांगठानिक क्षेत्रमा समेत कुशल नेतृत्वकर्ताका रूपमा परिचय बनाएका छन्।
नेपालमा रहदा अन्नपूर्ण पोस्ट दैनिकमा वरिष्ठ उपसम्पादक, मैत्री एफएमको कार्यक्रम प्रस्तोता र विभिन्न कलेजमा नेपाली साहित्यको प्राध्यापन गरेको लामो अनुभव बटुलेका पूजा भूगोल र नेपाली साहित्य गरि दुई विषयमा मास्टर्स गरेका छन्।
अनेसासमा सक्रिए भएका कारण यो साता मात्र अनेसास कोरिया च्याप्टरबाट सक्रियता पुरस्कार र नइ रजतमहोत्सव पदकसमेत प्राप्त गरेका पूजाले अनेसासलाई ुअनेसासू नै बनाउने उदेश्यका साथ सबैलाई समेटेर आफूले दुई बर्षकोलागि नेतृत्व लिन तयार भएको बताएका छन्।
जुलाईको ९ र १० मा विधुतीय माध्यमबाट हुने निर्वाचन अनेसासका २३८१ मतदाताले मतदान गर्ने छन्।
गोवर्द्धन पूजाको प्रतिवद्दता पत्र
१. आजीवन सदस्यलाई आजीवन सदस्यताको परिचय पत्र र अनेसासको पिन समर्पण गरिनेछ ।
२. साहित्यिक अनलाईन पत्रिका अनेसास दर्पणको प्रकाशन गरेर अनेसासका गतिविधि र साहित्यक रचनाको नियमित प्रकाशन गरिनेछ ।
३. अनेसास केन्द्रीय कार्यसमितिको मासिक बैठकलाई अनलाइन मार्फत प्रत्यक्ष प्रशारण गरिने छ ।
४. अनेसास भवन खरिदकोलागि रकम संकलन समूह गठन गरि भवन खरिद र ब्यबस्थापनको लागि काम गरिने छ।
५. अनेसासका अजीवन सदस्यहरूको कृतिलाई सम्पर्क सचिवालयमार्फत वितरणको व्यवस्था गरिनेछ ।
६. अनलाईन साहित्यक प्रशिक्षणको ब्यवस्था गरि साहित्य लेखन प्रशिक्षण मार्फत स्तरीय साहित्यिक लेखनका लागि अभियान चलाइने छ ।
७. क्षेत्रिय समिति गठन गरि भूगोलका कुनाकुनासम्म अनेसासको गतिविधिलाई विस्तार गरिने छ ।
८. नेपाली साहित्यलाई विश्व साहित्यमाझ परिचित गराउन अनुवाद र प्रकाशन, भाषिक सभा-सम्मेनन र गोष्ठी गरिने छ ।
९. अनेसासका पूर्व नेतृत्वदायी भूमिका निर्वाह गरेका व्यक्तित्वहरूलाई सम्मान र पुरस्कृत गरिने छ ।
१०.बाल कार्यक्रम तथा प्रतियोगिता, महिला साहित्यिक गोष्ठी तथा प्रतियोगीता , अन्तर्राष्ट्रिय सभा सम्मेलन, साहित्यिक उत्सव गरिने छ ।
११. विधागत अनुवाद कृति प्रकाशित गरिने छ ।
१२ . पाँचै महादेशका सर्जकहरुको प्रतिनिधि सिर्जनाहरूलाई समेटेर संयुक्त कृति प्रकाशित गरिने छ ।
१३. महिला सशक्तिकरण सम्बन्धि गोष्ठी र कृति प्रकाशन गरिने छ ।
१४.आजीवन सदस्यहरूको परिचय पुस्तिका प्रकाशन गरिने छ ।
१५.विगतका कार्यसमितिले गरेका राम्रा कार्यक्रमलाई निरन्तरता दिइने छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
गठबन्धनको सामना गर्न एमाले तयारः अध्यक्ष ओली
- 3 hours ago

झापा । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनसँग आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्न एमाले तयार रहेको बताएका छन् ।
नागरिकता विधेयक हुबहु पारित, पक्षमा १३५ र विपक्षमा ६० मत
- 3 hours ago

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता भएको नागरिकता ऐन २०६३ को संशोधन विधेयक प्रतिनिधिसभाबाट जस्ताको तस्तै पारित भएको छ ।
माओवादी केन्द्रको महासचिव गुरुङ, उपमहासचिवमा पुन, शर्मा र पोखरेल!
- 5 hours ago

काठमाडौँ। महाधिवेशन भएको लामो समयसम्म पनि पदाधिकारी चयन गर्न नसकेको नेकपा माओवादी केन्द्रले बिहीबार नै बस्ने बैठकमा पदाधिकारी चयन गर्दैछ। पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने बैठकले पदाधिकारी टुंग्याउन
पर्यटन
चिटिक्क घार गाउँ
बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ नम्बर वडामा पर्ने घार गाउँको बस्ती । परम्परागत ढुङ्गा र हरियो रङ्गको जस्तापाताले छाएका घरले गाउँलाई चिटिक्क देखाएकोे छ ।
जीवनशैली
सुदूरपश्चिममा ओल्के पर्व मनाइँदै

टीकापुर । कैलालीकी मनिषा विकको माइतीघर महेन्द्रनगर हो । उनी ओल्के पर्व मनाउन छोराछोरीसहित मङ्गलबार नै माइत जाने तयारीमा जुटेकी छन् ।
विचित्र विश्व
३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला

एजेन्सी । पाकिस्तानसँगको विवादित सीमामा रहेको हिमनदीमा ३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला परेको छ । भारत स्वतन्त्रता दिवसको ७५ औँ वार्षिकोत्सव मनाएको दुई दिनपछि भारतीय सेनाको एक इकाईले बुधबार बिहानै भारतीय झण्डामा बेरिएको चन्द्र शेखरको कफिनको तस्बिर ट्वीट गरेको छ ।