‘भूकम्पले त पीडा दियो दियो सरकारले थप पीडा नदिओस्’

  • बिहीबार, १३ मंसिर, २०७५
  • 1 year ago
  • नेपाल

काठमाडौं ।  ‘भूकम्पले त पीडा दियो दियो सरकारले थप पीडा नदिओस्’ प्रतिनिधिसभाको बिकास तथा प्रबिधि समितिमा बुधबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद यज्ञराज सुनुवारले भन्नुभयो ‘दाताहरुले शर्त राखी रकम दिने प्रक्रिया गलत छ, जसले जे भन्छ ती सबै मापदण्ड मान्न सकिँदैन ।’

 

सांसद् सुनुवारले स्थानीय तहलाई जिम्मेवारी दिए पुननिर्माणमा प्रभावकारिता आउने र वास्तविक पीडितले राहत पाउने बताउनुभयो । उहाँले भारत सरकारले दिने भनेको १ सय अर्ब रुपिँयाको बारेमा पनि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई प्रश्न गर्नुभएको थियो ।

 

समितिले भूकम्पपछिको पुननिर्माणको कार्यप्रगति र आगामी कार्ययोजनाका बारेमा जानकारी लिन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई बोलाएको थियो । ज्ञवालीले सांसदको प्रश्नको जवाफ दिँदै राजनीतिक र प्राबिधिक समस्याका कारण समयमा नै सोचेजस्तो काम गर्न नसकेको स्वीकार्नुुभयो । ‘सबै कुरा भनिरहनु पर्दैन, ती पहिलेका कुरा नगरौं तर अब पुननिर्माणले गति लिन्छ’ ज्ञवालीले भन्नुभयो ‘ पहिलो कुरा प्राधिकरण गठन नै ढिलो भयो, कार्यविधि बनाउन समय लाग्यो,चाहिए जति बजेट नपाउँदा चाहेर पनि म एक्लैले केही गर्न सक्दिन ।’

 

ज्ञवालीले प्राधिकरणमा बसेर काम गरिरहेका कर्मचारीलाई सरुवा नगर्न र अन्त नपठाउन सरोकारवालालाई आग्रह गर्नुभयो । ‘माननीयज्यूहरुको पनि यसमा सहयोग चाहिन्छ, कसले राहत पाउने हो र कसले पाउने होइन त्यसबारे पनि चासो राखिदिनुहोला’ उहाँले भन्नुभयो ‘वडासम्म नै समिति बनाएर पुननिर्माणलाई गति दिने हाम्रो योजना हो ।’

 

भारत सरकारले ७५ अर्व रुपिँया सरल ऋण र २५ अर्ब अनुदान दिने सम्झौता भएको भन्दै ज्ञवालीले केही प्रक्रिया भने अलमल भएको प्रष्ट पार्नुभयो । आजको नेपाल समाचारपत्रबाट ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

डम्बरे बाँधमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु

  • 14 minutes ago
डम्बरे बाँधमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु

झापा । झापामा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । दमक नगरपालिका– २ मा रहेको डम्बरे बाँधमा पौडी खेल्ने क्रममा डुबेर १ जनाको मृत्यु भएको छ । बुधवार दिउँसो पौने २ बजेको समयमा उक्त ब

विराटनगरबाट लागुऔषध सहित २ जना पक्राउ

  • 18 minutes ago
विराटनगरबाट लागुऔषध सहित २ जना पक्राउ

विराटनगर । मोरङको २ छुट्टाछुट्टै स्थानबाट नियन्त्रित लागुऔषध ट्याब्लेट सहित २ जना पक्राउ परेका छन् । बुधवार बिहान ९ बजे मोरङको विराटनगर महानगरपालिका– १८ लंकाटोलबाट भारतिय नागरीक जोगवनी– १२ बस्ने ३६ बर

हुम्लामा धमाधम पठनपाठन हुँदै

  • 29 minutes ago
हुम्लामा धमाधम पठनपाठन हुँदै

हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाले आजदेखि विद्यालयमा पठनपाठन शुरु गरेको छ । झण्डै सात महिनादेखि विद्यालय बन्द हुँदा विद्यार्थीको पढाइमा प्रभाव परेकाले अभिभावकको दबाबपछि पठनपाठन शुरु गरिएको ह



पर्यटन

मानहुँकोट

मानहुँकोट

दमौली । पोखराका रमेश पौडेल दशैं बिदाको अवसर पारेर तनहुँको व्यास नगरपालिका–५ मानहुँकोट आइपुगे ।

जीवनशैली

दिनहुँ किसमिस खानुहोस्, हुनेछन् यस्ता फाइदाहरु

दिनहुँ किसमिस खानुहोस्, हुनेछन् यस्ता फाइदाहरु

एजेन्सी । धेरै मानिसलाई किसमिस मन पर्छ । यो मिठो मात्र हुँदैन स्वास्थ्यको लागि अति नै प्रभावकारी हुन्छ । शरीरका महत्वपूर्ण अङ्गहरूलाई स्वस्थ र तन्दुरुस्त राख्न रातभरि किसमिस भिजाएर बिहान सेवन गर्न चिकित्सकहरू सल्लाह दिन्छन् ।