प्रहरीको घेरा तोड्दै डा.केसीलाई अस्पताल
- बिहीबार, २१ आषाढ, २०७५
- 4 years ago
- नेपाल

काठमाडौं । अनशनतरत डा. गोविन्द केसीको स्वास्थ्य बिग्रँदै गएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुले अस्पताल पुऱ्याएका छन् ।
बुधबार बिहानैदेखि कवर्ड हलमा एक्लै छट्पटाइरहेका डा. केसीलाई चिकित्सकहरुले साँझ साढे ५ बजे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको इमेर्जेन्सीमा राखेका छन् ।
अहिले डा. केसीको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।
स्वास्थ्य शिक्षा सुधारको माग राख्दै गत शनिबारदेखि आमरण अनशनमा बसेका डा।केसीलाई प्रहरीले कवर्ड हलमा राखेको थियो । डा. केसीको स्वास्थ्य अवस्था जटिल बनेपछि प्रहरीको निषेधित क्षेत्रको घेरा तोड्दै अस्पताल पुर्याएको डा. प्रवीण गिरीले बताए ।
‘प्रशासनसँग पटक(पटक डा. केसीको जीवन रक्षाको माग गरे पनि कुनै सुनुवाइ नभएकाले जबर्जस्ती अस्पताल ल्याएका हौं’ प्रतिष्ठानमा मेडिकल डाइरेक्टर डा।पुजन रोकायाले भने, ‘प्रहरीको घेराभित्र रहेका केसीलाई एम्बुलेन्समा राखेर अस्पताल ल्याउन समेत कठिन भयो ।’
डा. केसीलाई कवर्ड हलबाट बाहिर ल्याउन खोज्दा प्रहरीले बल प्रयोग गरेको उनको आरोप थियो ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
सामाजिक सञ्जालको नियमन हुनुपर्छः प्रमुख आयुक्त थपलिया
- 17 hours ago

काठमाडौँ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामाजिक सञ्जाललाई पनि नियमन तथा व्यवस्थापन गर्नुपर्ने बताएका छन्। सामाजिक सञ्जाल पनि आमसञ्चार माध्यमको रुपमा स्थापित हुन खोजिरहेको उल्लेख गर
स्वास्थ्य सचिव पोखरेलद्वारा सिएमसी क्यान्सर इन्स्टिच्यूट उद्घाटन
- 17 hours ago

चितवन। चितवन मेडिकल कलेजले स्थापना गरेको ‘सिएमसी क्यान्सर इन्स्टिच्यूट’को आज औपचारिक उद्घाटन गरिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेले एक कार्यक्रमकाबीच इन्स्टिच्यूट उद्घाटटन
पर्यटन
खलङ्गा बजारमा सेताम्मे हिउँ

खलङ्गा । लगातार दुई दिनसम्म परेको हिउँपश्चत् बिहीबार मौसम खुलेपछि देखिएको जुम्ला सदरमुकाम खलङ्गा बजारमा सेताम्मे हिउँ । तस्बिरः विजय रावत÷रासस
जीवनशैली
काजु खानुका यस्ता छन् ८ फाइदा

काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ । त्यही भएर काजु खाने गर्नाले अनुहार चम्किलो बन्छ । काजुलाई पानीमा भिजाएर पिस्ने र यसरी बन्ने लेपले अनुहारमा मसाज गर्नाले अनुहार अझ बढी चम्किलो हुन्छ ।
विचित्र विश्व
रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।