चिल जस्तै आकाशमा उड्दा...
- आइतबार, १ चैत, २०७७
- 2 years ago
- पर्यटन

गुल्मी । आकाशमा मानिस पनि चिल जस्तै सजिलैसँग उडेको देख्दा धेरै मानिस आफैँमा दङ्ग परेका थिए । कतिपयत हतारहतार गर्दै घरको काम छाडेर मानिस कसरी उड्दा रहेछन् भनी एकोहोरो आकाशमा हेरिरहेका हुन्थे । कतिपयलाई यसरी आकाशमा उड्न सकिन्छ भन्ने कल्पनासम्म थिएन ।
मालिका गाउँपालिकामा १५ दिनसम्म आयोजना गरिएको मालिका प्याराग्लाइडिङ महोत्सवले यतिबेला सबैको मन लोभ्याइदिएको छ । मनमा रहर हुँदाहुँदै यही मनभित्रबाट निस्केको डरका कारण धेरै व्यक्तिले गाउँमै आएको अवसर गुमाउनु परेकामा पछुतोसमेत माने ।
गाउँपालिका उपाध्यक्ष देवा अर्यालले पनि प्याराग्लाइडिङ गर्ने अवसर जु¥र्यो । “शुरुमा त मनमा कताकता डर लागेको थियो । धेरै जना उडेको देख्दा मनको डर पनि विस्तारै हराउँदै गयो र मैले पनि उड्ने निधो गरेँ”, उनले भने । आकाशमा चरा जस्तै उड्दै गर्दा उनले नजिकवाट सुन्दर पाखापखेरा र डाँडाकाँडा देख्दा निकै रमाईलो लागेको उनले अनुभव सुनाए ।
मालिकाले पर्यटन विकास र पर्यटकीय गन्तव्यको खोजीमा टेवा पु¥याउने उद्देश्यले अर्खाबाङ र सिमलटारी बजार व्यवस्थापन समितिको संयुक्त आयोजनामा मालिका प्याराग्लाइडिङ महोत्सव आयोजना गरिएको थियो । महोत्सवमा ८६ उडान गरिएको थियो । गत मङ्सिर अन्तिम साता स्काइ लाइन प्याराग्लाइडिङ पोखराको टोलीमार्फत मालिकाको आयोजनामा स्थानीय देउराली डाँडाबाट प्याराग्लाइडिङको सफल परीक्षण गरिएकोे थियो । स्काइ लाइन प्याराग्लाइडिङका सञ्चालक तथा पाइलट भुवन गाहाले मालिका व्यावसायिक प्याराग्लाइडिङको हिसाबले पोखराको विकल्प बन्नसक्ने जानकारी दिए ।
भौगोलिक दृष्टिकोणले मालिका विकट जस्तो भए पनि त्यही विकटलाई निकट बनाउने लिगलिगे डौडमा गाउँपालिका यतिबेला विस्तारै अघि बढिरहेको छ । पर्यटकीय क्षेत्रका हिसाबले पर्यटनको प्रचूर सम्भावना रहेको मालिका आन्तरिक तथा बाह्य पर्यटकको रोजाइँमा पार्नका लागि गाउँपालिकाले पनि पर्यटकीय क्षेत्रको विकासमा जोड दिँदै आएको छ । गाउँपालिका अध्यक्ष रितबहादुर थापाले सम्भाव्यता अध्ययनसहित १५ दिने महोत्सवमार्फत मालिका प्याराग्लाइडिङको हिसाबले एउटा व्यावसायिक केन्द्र बन्नसक्ने बताए । उनले गाउँपालिकाकोतर्फबाट आगामी दिनमा थप सहयोग र निरन्तरताका लागि पहल गर्ने जानकारीदिए । बाह्य पर्यटकले लामो दूरीमा प्याराग्लाइडिङ गर्न मन पराउने भएका कारण मालिका प्याराग्लाइडिङका लागि उपयुक्त गन्तव्य हुनसक्ने गाउँपालिकाले जनाएको छ ।
बजार र व्यवसायीलाई उत्साह थप्न गाउँपालिकाकोतर्फबाट ४० प्रतिशत र बजार व्यवस्थापन समितिको ६० प्रतिशत लगानी गरेर प्याराग्लाइडिङ महोत्सव सञ्चालन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक भण्डारीले बताए । गाउँपालिका आफैँले महोत्सव सञ्चालन नगरे पनि स्थानीय सङ्घसंस्थाले गरेका कार्यक्रममा समन्वय र सहकार्य गर्दै जाने गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले जानकारी दिए ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
आज चैते दशैँ पर्व मनाइँदै
- 13 minutes ago

प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन् ।
ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प
- 1 hour ago

नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाको सानदार जित, मेसीको ह्याट्रिकसहित १०० औं गोल पूरा
- 1 hour ago

मैत्रीपूर्ण खेलमा विश्वविजेता अर्जेन्टिनाले सानदार जित निकालेको छ । बुधबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले क्युरसाओलाई ७–० गोलले पराजित गरेको हो ।
पर्यटन
अन्नपूर्ण हिमशृङ्खला
कास्की । पोखरा महानगरपालिका—३ नदीपुरबाट मङ्गलबार विहान देखिएको सुन्दर अन्नपूर्ण हिमश्रृङ्खला । तस्बिरः कृष्ण दवाडी÷रासस
जीवनशैली
यस्तो समस्या छ भने एलोभेराको प्रयोग नगर्नुहोस्

एजेन्सी । हामीले एलोभेराको फाइदाबारे मात्र सुन्दै धेरै आएका छौं । यो बहुउपयोगी चिज हो । तर, तपाईलाई यसको बेफाइदाको बारेमा थाहा नहुन सक्छ । कतिपय अवस्थामा यसले विषको काम समेत गर्छ ।
विचित्र विश्व
आज आकाशमा ५ ग्रह एकैसाथ देखिने

नासाका खगोलविद् बिल कुकले यी ग्रहहरू हेर्न सूर्यास्तपछि पश्चिम क्षितिजमा हेर्न सकिने बताउँछन् । क्षितिज त्यो ठाउँ हो जहाँ हेर्दा पृथ्वी र आकाश एक आपसमा मिलेको देखिन्छ ।