गृहपृष्ठ ∕
नेपाल ∕
काठमाडौँमा सेवाग्राहीले पार्किङ शुल्क तिर्न नपर्ने काठमाडौँमा सेवाग्राहीले पार्किङ शुल्क तिर्न नपर्ने
काठमाडौँ। काठमाडौँ महानगरपालिका अब पार्किङ शुल्क लिन नपाइने भएको छ। उच्च अदालत पाटनले काठमाडौँमा महानगरपालिकाले गरेको सेवाग्राहीसँग पार्किङ शुल्क लिन नपाउने निर्णय कार्यान्वयन गर्न आदेश दिएको हो।
महानगरको पक्षमा उच्च अदालतले अन्तरिम आदेश दिएसँगै कार्यान्वयनको बाटो खुलेको हो। काठमाडौँ महानगरपालिले बहमुतले आवासीय एवं व्यावसायिक भवनमा सवारी साधन पार्किङ गर्दा सेवाग्राहीहरूसँग शुल्क लिन नपाउने निर्णय गरेको थियो। तर त्यसविरुद्ध कम्पलेक्स डेभलपर लिजर एशोसिएनले महानगरविरुद्ध उच्च अदालत पाटनमा रिट दर्ता गरेको थियो। त्यो रिटमाथि २२ साउनमा सुनुवाइ गर्दै न्यायाधीश राजेन्द्र खरेलको एकल इजलासले काठमाडौँ महानगरपालिकासँग लिखित जवाफ माग गरेको थियो।
अदालतले ३० साउनसम्म व्यापाारी क कम्प्लेक्सभित्र रहने पार्किङस्थलमा पार्किङ शुल्क लिने सम्बन्धमा कुनै हस्तक्षेप नगर्न अल्पकालीन आदेशमा दिएको थियो। त्यो आदेशमा ३० साउनमा दुबै पक्षलाई अन्तरिम आदेशका लागि छलफलमा बोलाएको थियो। दुवै पक्षलाई छलफलमा बोलाइसकेपछि अदालतले महानगरको पक्षमा अन्तरिम आदेश दिएको हो।
काठमाडौँ महानगरले आर्थिक ऐन २०८० मार्फत महानगरपालिकाले व्यापारीक भवनले पार्किङ शुल्क लिन नपाउने व्यवस्था गरेको हो। आर्थिक ऐन अनुसार आफ्नो सेवाग्राही भन्दा बाहेक अन्यसँग भने पार्किङ शुल्क लिन महानगरपालिकाले रोक लगाएको छैन।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौं । विप्रेषण आप्रवाहमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थिक बर्षको नौ महिनामा
भोजपुर । भोजपुर नगरपालिका–८ पोखरेस्थित सरस्वती आधारभूत विद्यालयमा ‘इलर्निङ कक्ष’सञ्चालनमा ल्याइएको छ । यसका लागि १० थान कम्प्युटर र आवश्यक
एजेन्सी । इजरायल–हमास युद्धमा झण्डै दुई वर्षदेखि बेपत्ता भएका नेपालका विपिन जोशी जीवितै रहेकोमा इजरायली अधिकारीहरूले नै आशंका व्यक्त गरेका
चितवन । रेबिज लागेर इच्छाकामना गाउँपालिका–२ का ३२ वर्षीय मीनबहादुर प्रजाको मृत्यु भएको छ । निजको भरतपुर अस्पतालमा उपचारका क्रममा
काठमाडौँ । नेपालीको औषत आयु ६० वर्षसम्म रहेको राष्ट्रिय तथ्यांक कार्यालयको अध्ययनले देखाएको छ । २०७८ सालको राष्ट्रिय जनगणना अनुसार
भक्तपुर । भक्तपुरमा पहिलो पटक आयोजना गरिएको फुल कन्ट्याक्ट किक बक्सिङ प्रतियोगिता मा आयोजक टिम भक्तपुर नै समग्र विजेता बन्न