गुप्ताङ्ग गन्हाउने समस्याकाे घरेलु समाधान

Global IME
Norvic Hospital
सांकेतिक तस्वीर

एजेन्सी । गुप्ताङ्ग मानिसका अत्यन्तै गोप्य र संवेदनशील अंग हुन् । यही भएका कारण धेरै मानिस गुप्ताङका बारेमा खुलेर कुरा गर्न रुचाउँदैनन् । कतिपय त लाजकै कारण पनि गुप्ताङ्गमा हुने समस्याहरूलाई सहेर बसिरहेका हुन्छन् ।

 

शरीरभित्र रहेका विकार वस्तु निस्किन प्रमुख द्वार भएका कारण पनि गुप्ताङ्ग फोहोर हुनुलाई स्वभाविक नै मानिन्छ । यस्तै फोहरका कारण गुप्ताङ्ग र वरीपरीको भाग हाम्रो शरीररको अन्य भाग भन्दा बढी दुर्गन्धित हुने गर्दछ ।

 

गुप्ताङ्गको उचित स्यहार र सफाई नगर्दा यसबाट निस्किने दुर्गन्धले स्वयम् व्यक्तिलाई नै अप्ठेरो बनाइ राखेको हुन्छ । गुप्ताङ्गको दुर्गन्ध पुरुषको तुलनामा महिलामा आउने हुँदा उनीहरू यस्तो समस्याबाट बढी पीडित हुने गरेका पाइन्छ । यस्तो समस्याबाट पार पाउन केही घरेलु समाधान छन्ः

 

– दुई चम्चा मेथीलाई एक गिलास पानीमा रातभरी भिजाएर अर्को दिन उठ्ने बित्तिकै खाली पेटमा मेथी छानेर पानी पिउँदा पनि सो समस्याबाट मुक्ति पाउन सकिन्छ । यस्तो विधि लगातार दुई हप्तासम्म गर्न सकेमा समस्याबाट मुक्ति पाउन सकिन्छ ।

 

– निमको पातलाई पानीमा उमाल्ने र चिसो भइसकेपछि सो पानीले गुप्ताङ्ग धुँदा दुर्गन्ध निस्तेज हुन्छ ।

 

– अमला प्राकृतिक रुपमा रक्तशोधक हो र गुप्ताङ्गमा दुर्गन्ध फैलाउने रोग ल्युकोरिया हुनबाट बचाउने भएका कारण यसलाई काँचै अथवा अचारको रुपमा खाने खाने गर्दा पनि उत्तम हुन्छ ।

 

– गुप्ताङ्गको दुर्गन्धबाट पार पाउनका लागि तपाईंले प्रत्येक दिन ८ देखि १० ग्लास पानी पिउनुपर्ने हुन्छ । पानीले शरिरबाट विषादि र जिवाणुलाई हटाउने काम गर्दछ ।

 

– दहि खानाले पनि गुप्ताङ्गको दुर्गन्धलाई नियन्त्रण गर्न सघाउ पुग्छ ।

 

यसका अलावा नियमित रुपमा गुप्ताङ्गको सफाई पनि गर्नुपर्छ । सामान्यतया पिसाब गरेपछि गुप्ताङ्ग पखाल्ने धेरैको बानी हुँदैन । तर यदि तपाईंमा यस किसिमको समस्या छ भने पिसाब गरेपछि पनि गुप्ताङ्ग धुने गर्नुहोस् । यसले पनि दुर्गन्ध हटाउन मद्दत गर्छ ।

 

त्यस्तै तपाईंले लगाउने भित्रि बस्त्र पनि सकेसम्म दैनिक परिवर्तन गर्नुस् । साथै आकर्षक भन्दा पनि सुतीको नै प्रयोग गर्नु राम्रो मानिन्छ । नियमित रुपमा सफा र चिसो पानीले यौनानाङ्गको सफा गरेमा पनि यस्ता समस्याबाट पार पाउन सकिन्छ ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

गृहमन्त्रालयका २५ अधिकारीको सरुवा

  • 24 minutes ago
गृहमन्त्रालयका २५ अधिकारीको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले २५ जना अधिकारीको सरुवा गरेको छ । अतिरिक्त समूहमा रहेका १४ सहसचिव तथा उपसचिवलाई प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी तथा मातहतका निकायमा सरुवा गरिएको हो ।

'मन्त्री बन्न लागेको कुरा हल्ला मात्र हाे'

  • 35 minutes ago
'मन्त्री बन्न लागेको कुरा हल्ला मात्र हाे'

भैरहवा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू मन्त्री पद खानेभन्दा पनि कांग्रेस मजबुद बनाउन लागिपरेको बताएका छन् ।

दुई सय वर्ष पुरानो घर संरक्षण गरिँदै

  • 54 minutes ago
दुई सय वर्ष पुरानो घर संरक्षण गरिँदै

गलेश्वर । झपक्कै फुलेका आँपका रुख । विभिन्न प्रजातिका फूल र हरियालीले छपक्कै सुन्दर बगैँचा । सिर्मु र सालका काठका कलात्मक बुट्टा भरिएका दलिन, बला र टुँडालसमेत रहेका चिटिक्कका ढुङ्गेघर । आँखीझ्याल, फला



पर्यटन

रानीपोखरी बिहान ६ देखि बेलुका ८ बसेसम्मका लागि खुला

रानीपोखरी बिहान ६ देखि बेलुका ८ बसेसम्मका लागि खुला

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले बिहान ६ देखि ८ बजेसम्मका लागि ऐतिहासिक रानीपोखरी सबैका लागि खुला गरेको छ। पुनःनिर्माणपछि रानीपोखरी पहिलोपटक सर्वसाधारणका लागि बिनाशुल्क खुला गरिएको हो। नगर प्रहरीले सरसफाइ गरेपछि एक साताअघिबाट सर्वसाधारणका लागि उक्त ऐतिहासिक पोखरी खुला गरिएको हो।

जीवनशैली

मिथिलामा वासन्ती छठ पर्व सुरु

मिथिलामा वासन्ती छठ पर्व सुरु

मिथिलामा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ (बोलिचालीमा चैती छठ) पर्वको विधि आजसुरु भएको छ । चैत शुक्ल चतुर्थी (चौथी) देखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको पहिलो दिन आज बर्तालुुले ‘नहाय–खाय’ .पवित्र स्नान गरेर शुद्ध खाने) विधिबाट पर्व प्रारम्भ गर्दैछन् ।

विचित्र विश्व

यदी पुटिन अमेरिका गए भने पक्राउ पर्लान् त, अमेरिकी विदेशमन्त्रीले दिए यस्तो जबाफ

यदी पुटिन अमेरिका गए भने पक्राउ पर्लान् त, अमेरिकी विदेशमन्त्रीले दिए  यस्तो जबाफ

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध जारी वारेन्टमा अमेरिकाले पहिलो पटक मौन तोडेको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले यसबारे आफ्नो प्रतिक्रिया दिँदै युरोपेली देशहरू अन्तर्राष्ट्रिय फौजदारी अदालतमा पक्ष रहेको बताएका छन् ।