चलचित्र क्षेत्रलाई विशिष्ट उद्योगको रुपमा विकास गर्नुपर्छः मन्त्री कार्की
- बिहीबार, १६ आषाढ, २०७९
- 1 month ago
- कला र मनोरञ्जन

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाली चलचित्र क्षेत्रलाई विशिष्ट उद्योगको रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। चलचित्र विकास बोर्डको २२औँ वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रममा सरकारका प्रवक्ता कार्कीले चलचित्र क्षेत्रलाई विशिष्ट उद्योगको रुपमा विकास गर्ने उद्देश्यअनुरुप मन्त्रालयले त्यससँग सम्बन्धित ऐनरकानुन, आर्थिकलगायत संरचना तयार गरिरहेको बताए।
नेपाली चलचित्र क्षेत्रमा चलचित्रकर्मीले गरेको योगदानको कदर गर्दै चलचित्रकर्मीको सेवा सुविधामा वृद्धि गरी सो क्षेत्रलाई सबैको आकर्षक र अवसरको क्षेत्रको रुपमा विकास गर्ने मन्त्री कार्कीको थियो। उनले भने, “चलचित्र क्षेत्रमा पछिल्लो समयमा विकसित प्रविधिको प्रयोगसँगै ७७ वटै जिल्लामा चलचित्र छायाङ्कनस्थल निर्माण गर्ने तयारी भइरहेको छ, यो कार्यले छिट्टै पूर्णता पाउने छ।” चलत्रिच क्षेत्रले आर्थिक, सामाजिक र सांस्कृतिक विकाससँगै समृद्ध मुलुक निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने मन्त्री कार्कीको भनाइ थियो। उनले अबको पुस्तालाई दक्षिण एसियाकै धनी पुस्ताको रुपमा अगाडि बढाउने गरी मुलुकको आर्थिक विकास गर्नुपर्नेमा जोड दिए।
सञ्चार मन्त्रालयका सचिव डा बैकुण्ठ अर्यालले नेपाली चलचित्रको अन्तर्राष्ट्रिय रुपमा प्रचारप्रसार गर्ने उद्देश्य अनुरुप विदेशी चलचित्र घरमा प्रदर्शन गर्ने सम्बन्धमा छलफल भइरहेको जानकारी दिए। उनले प्रर्याप्त अध्ययन गरेर समय सुहाउँदो दर्शकको चाहाना अनुरुपको गुणस्तरी चललिच निर्माणमा ध्यान दिन अपिल गरे। बोर्डका सदस्य सचिव टङ्क महतले बोर्डकै पहलमा कक्षा ११ र १२ को पाठ्यक्रममा चलचित्रबारे समावेश गरी अहिले अध्ययन भइरहेको जानकारी दिए।
कार्यक्रममा ‘उत्कृष्ट कर्मचारी सम्मान–२०७७’ कार्यलय सहयोगी हरिबहादुर केशी र सहायक खरिदार सिर्जना रायमाझीलाई प्रदान गरिएको थियो। पुरस्कारको राशि क्रमशः १५ र २५ हजार रुपैयाँ रहेको छ। त्यसैगरी २०७८ सालको उत्कृष्ट कर्मचारी पुरस्कार सहायक खरिदारद्वय रेणुमाया लामा र रञ्जन अधिकारीलाई प्रदान गरिएको थियो। पुरस्कारको राशि १५ र २५ हजार रुपैयाँ रहेको छ। बोर्डले भुवन केसी, डा भोला रिजाल, सानुकुमार ताम्राकार, राजाराम पौडेल, शिव ढकाल र किरणकुमार केसीलगायत ६२ जना चलचित्रकर्मीलाई विशिष्ट चलचित्र परिचयपत्र प्रदान गरेको छ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
सीएनआई रोजगार तथा सीप मेला कात्तिक १७ गतेदेखि हुने
- 58 minutes ago

काठमाडौँ। नेपाल उद्योग परिसंघ (सीएनआई)रोजगार तथा सीप मेला २०७९ कात्तिक १७ गतेदेखि गर्ने भएको छ। मंगलबार सीएनआईले पत्रकार सम्मेलन गर्दै उक्त मेला गर्न लागेको जानकारी दिएको हो। उक्त कार्यक्रम काठमाडौँस्
देउवालाई भेट्न भट्टराई र यादव बालुवाटारमा
- 1 hour ago

काठमाडौँ। नेपाल समाजवादी पार्टीका अध्यक्षद्वय बाबुराम भट्टराई र महिन्द्र यादवले प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन्। भट्टराई र यादवले मंगलबार देउवासँग बा
कांग्रेसले पार्टीका स्थानीय जनप्रतिनिधिका लागि अभिमुखीकरण कार्यक्रम गर्ने
- 1 hour ago

काठमाडौँ । नेपाली कांग्रेसले स्थानीय तहमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुका लागि बधाईरशुभकामना तथा अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ ।
पर्यटन
‘जहाँ महादेव विराजमान रहन्छन्’

जलेश्वर । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरस्थित बाबा जलेश्वरनाथमा साउन महिनाभरि महादेव विराजमान रहन्छन् भन्ने विश्वासका साथ तीर्थयात्रीको भीडभाड हुने गर्दछ ।
जीवनशैली
दशावतार बालन अवलोकन गर्न रामपुर जाऔँ

“हो हो हो...शङ्खासुर दैत्यले वेद चोरी लग्यो, ब्रह्मा निदाए तहाँ । यी गीतका लय र शब्द सुनेपछि साथीभाइसँग नाच्ने र अभिनय गरेको अहिले ताजै छ तर उमेर ढल्क्यो, बालन नाच्न छाडेको पनि पाँच वर्ष भयो, नाच्न नसके पनि हेर्न भने विभिन्न ठाउँमा पुगेकै हुन्छु ।”
विचित्र विश्व
रुसका ८० हजार सैनिक हताहत भएको अनुमान, गोला–बारुद सकिँदै, त्यसो भए के युक्रेनसँगको युद्धमा हार्दैछन् पुटिन ?

एजेन्सी । युक्रेन र रुसबीच जारी युद्धमा ८० हजारभन्दा बढी रुसी सैनिक मारिएको वा घाइते भएको बताइएको छ । एपीको रिपोर्ट अनुसार पेन्टागनमा रहेका अमेरिकी अधिकारीहरूले सोमबार अनुमान गरेका छन् कि फेब्रुअरीमा सुरु भएको युद्धमा युक्रेनमा हालसम्म ८० हजार रुसी मारिएका वा घाइते भएका छन्।