रोनाल्डोलाई पछि पार्दै मेस्सी बने सबैभन्दा बढी कमाई गर्ने फुटबलर

  • मंगलबार, ३० भदौ, २०७७
  • 4 days ago
  • खेल

एजेन्सी । अर्जेन्टिनी राष्ट्रिय खेलाडी तथा स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सी विश्वकै सबैभन्दा बढी कमाउने फुटबलर बनेका छन् ।

 

फोर्ब्सले जारी गरेको सर्बाधिक कमाउने फुटबलरको सुचीमा अर्का स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै मेस्सी पहिलो स्थानमा रहेका हुन् ।

 

मेस्सीको कुल कमाई १२६ मिलियन अमेरिकी डलर  रहेको छ । जसमा ९२ मिलियन डलर पारिश्रमिक रहेको छ भने उनले विभिन्न ब्रान्डको प्रचार गरेबापत ३४ मिलियन डलर जोडेका छन् ।

 

त्यस्तै दोस्रो स्थानमा रहेका क्रिस्टियानो रोनाल्डोको कमाई ११७ मिलियन अमेरिकी डलर रहेको छ ।

 

जसमा रोनाल्डोको ७० मिलियन डलर पारिश्रमिक रहेको छ भने ४७ मिलियन डलर विभिन्न ब्रान्डको प्रचार गरे बापत कमाएका छन् ।

 

यस सूचिको तेस्रो स्थानमा ब्राजिलका तथा फ्रेन्च क्लब पिएसजीका फरवार्ड नेयमार रहेका छन् । नेयमारले बार्षिक ९६ मिलियन डलर कमाएका छन् । जसमा ७८ मिलियन डलर पारिश्रमिक रहेको छ भने १८ मिलियन डलर विभिन्न ब्रान्डको प्रचार गरेबापत उनले सम्पत्ति जोडेका छन् ।

 

सूचिको चौथो स्थानमा फ्रान्सका किलियन एम्बाप्पे रहेका छन् । उनले बार्षिक ४२ मिलियन डलर कमाएका छन्, जसमा २८ मिलियन पारिश्रमिक छ भने १४ मिलियन ब्रान्डको प्रचारबाट कमाएका छन् ।

 

यस सुचीको पाँचौ स्थानमा लिभरपुलका मोहम्मद सलाह रहेका छन् । सलाहले बार्षिक ३७ मिलियन डलर कमाएका छन्, जसमा २४ मिलियन डलर पारिश्रमिक छ भने १३ मिलियन डलर ब्राण्डको प्रचार गरे बापत कमाएका छन् ।

 

त्यस्तै छैठौ स्थानमा फ्रेन्च मिडफिल्डर पाउल पोग्वा रहेका छन् । पोग्वाले बार्षिक ३४ मिलियन डलर कमाएका छन्, जसमा २८ मिलियन डलर पारिश्रमिक छ भने ६ मिलियन डलर ब्राण्डको प्रचारको कमाई रहेको छ ।

 

त्यसैगरी सातौ स्थानमा फ्रान्सकै एन्टोनी ग्रीजम्यान रहेका छन् । ग्रीजम्यानले बार्षिक ३३ मिलियन डलर कमाएका छन्, जसमा २८ मिलियन डलर पारिश्रमिक छ भने ५ मिलियन डलर ब्राण्डको प्रचारको कमाई रहेको छ ।

 

यस सुचीको आठौ स्थानमा वेल्सका स्टार ग्यारेथ बेल रहेका छन् । बेलले बार्षिक २९ मिलियन डलर कमाएका छन्, जसमा २३ मिलियन डलर पारिश्रमिक छ भने ६ मिलियन डलर विभिन्न ब्रान्डको प्रचारको कमाई रहेको छ ।

 

यस सूचिको नवौ स्थानमा पोल्याण्डका स्टार फुटबलर रोबेर्ट लेवानडोस्की रहेका छन् । उनले बार्षिक २८ मिलियन डलर कमाएका छन् । लेवानडोस्कीले २४ मिलियन डलर पारिश्रमिकबाट कमाएका छन् भने ४ मिलियन डलर ब्राण्डको प्रचारबाट कमाएका छन् ।

 

त्यस्तै दशौं स्थानमा स्पेनका गोलकिपर डेभिड डी हेया रहेका छन् । डी हेयाले बार्षिक २७ मिलियन डलर कमाई गरेका छन, जसमा २४ मिलियन डलर पारिश्रमिक रहेको छ भने ३ मिलियन डलर ब्राण्डको प्रचार गर्दै सम्पत्ति जोडेका छन् ।    


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

के पुनर्जन्म हुन्छ ?

  • 1 hour ago
के पुनर्जन्म हुन्छ ?

एजेन्सी । पुर्नजन्म अथवा पुर्वजन्मको कुरा याद आएका घटनाहरू समय समयमा आइरहन्छन् । विज्ञानले यस्तो कूरालाई पुर्ण रूपमा स्वीकार गर्दैन तर वेद पुराणमा मानिसको आत्माको यात्रा निरन्तर चलिरहने कुरा स्पष्ट रू

गर्भवती महिलाका लागि यो खानेकुरा हुन्छ हानिकारक

  • 2 hours ago
गर्भवती महिलाका लागि यो खानेकुरा हुन्छ हानिकारक

एजेन्सी । गर्भवती महिलाहरुका लागि पास्ता सेवन खतरा हुनसक्ने आयुर्वेदका विज्ञहरु बताउँछन् । साथै पास्तालाई मानिसको स्वास्थ्यमा हानी पुर्‍याउने खाद्यको रुपमा समेत लिएका छन् ।

रिमाबारे रोचक कुराहरु

  • 2 hours ago
रिमाबारे रोचक कुराहरु

काठमाडौँ । नेपाली फिल्म जगतकी चर्चित सेलिब्रिटी हुन् रिमा विश्वकर्मा । उनी मोडल, अभिनेत्री, भिजे, टेलिभिजन प्रस्तोता हुन् । नेपाल आइडलपछि त झन् उनको चर्चा चुलिएको थियो ।



पर्यटन

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

पनौती । काभ्रेपलाञ्चोकको रोशी गाँउपालिका–२, काफलडाँडामा रहेको तिनधारा झरना आन्तरिक पर्यटकहरुको केन्द्र बन्न थालेको छ । सामाजिक सञ्जालमा आकर्षक झरनाको तस्बिर देखिपछि आफ्ना साथीसँग वा परिवारसँग झरनामा रमाउन आउनेहरुको भिड लाग्न थालेको छ ।

जीवनशैली

गर्भवती महिलाका लागि यो खानेकुरा हुन्छ हानिकारक

गर्भवती महिलाका लागि यो खानेकुरा हुन्छ हानिकारक

एजेन्सी । गर्भवती महिलाहरुका लागि पास्ता सेवन खतरा हुनसक्ने आयुर्वेदका विज्ञहरु बताउँछन् । साथै पास्तालाई मानिसको स्वास्थ्यमा हानी पुर्‍याउने खाद्यको रुपमा समेत लिएका छन् ।

विचित्र विश्व

के पुनर्जन्म हुन्छ ?

के पुनर्जन्म हुन्छ ?

एजेन्सी । पुर्नजन्म अथवा पुर्वजन्मको कुरा याद आएका घटनाहरू समय समयमा आइरहन्छन् । विज्ञानले यस्तो कूरालाई पुर्ण रूपमा स्वीकार गर्दैन तर वेद पुराणमा मानिसको आत्माको यात्रा निरन्तर चलिरहने कुरा स्पष्ट रूपमा लेखिएको छ ।