हाइटीका बालबालिकाको जीवन रक्षाको खाँचो
- मंगलबार, १७ माघ, २०७९
- 1 month ago
- नेपाल

एजेन्सी । हाइटीमा ठूलो सङ्ख्याका बालबालिकाको जीवन रक्षाको खाँचो रहेको देखिएको छ । यहाँका लाखौँ जना बालबालिकालाई यसवर्ष यस्तो आवश्यकता पर्ने देखिएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।
संयुक्त राष्ट्रसङ्घले जनाएअनुसार हाइटीका २६ लाख बालबालिकालाई जीवन रक्षाका लागि सहयोग आवश्यक रहेको देखिएको छ । यो सन् २०२१ को तुलनामा यो बढेको सङ्ख्या हो । सन् २०२१ सम्ममा यहाँका पचास लाख बालबालिकालाई जीवन रक्षाका लागि सहयोग आवश्यक रहेकामा यस वर्ष थप २६ लाख थपिएका हुन् ।
संयुक्त राष्ट्रसङ्घले हाइटीका यी बालबालिकाले पाउनुपर्ने पोषण तथा आधारभूत स्वास्थ्य सुविधा पनि प्राप्त गर्न नसकेका कारण उनीहरुलाई तत्कालै सहायताको खाँचो परेको संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेसका प्रमुख प्रवक्ता स्टेफान डुजारिकले जानकारी दिएका हुन् ।
उहाँले हाइटीमा विद्यमान हिंसा, हैजाको प्रकोप, खाद्य असुरक्षा एवं आर्थिक मन्दी आदि कारणले गर्दा यहाँको अवस्था दिन प्रतिदिन नाजुक बन्दै गएकाले यहाँका लाखौँ बालबालिकालाई खाद्यान्नकै अभाव हुन पुगेको पनि बताइएको छ ।
संयुक्त राष्ट्रसङ्घीय बालकोष, युनिसेफले यहाँका बालबालिकाका लागि सहयोग जारी राखेको भन्दै तर यो सहयोग पनि आवश्यकता अनुरुप हुन नसकेकाले यस वर्षका लागि आवश्यक अन्य मानवीयता सहायताका लागि सहयोगको अपिल गरिएको होा ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
बाघको आक्रमणबाट कञ्चनपुरकी एक महिलाको मृत्यु
- 17 minutes ago

कञ्चनपुर। बाघको आक्रमणबाट कञ्चनपुरको पुनर्वासकी एक महिलाको मृत्यु भएको छ। नेपाल–भारत सीमामा पर्ने भारतको दुधुवा नेशनल पार्कमा बाघको आक्रमणबाट पुनर्वासकी ३२ वर्षीया कलसा सार्कीको मृत्यु भएको हो।
नेकपा ब्युँताउन प्रचण्डलाई माधव नेपालको प्रस्ताव
- 22 minutes ago

काठमाडौँ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तत्कालीन नेकपा ब्युँताउने प्रस्ताव राखे
अमेरिकी हवाई हमलामा आठ जनाको मृत्यु
- 28 minutes ago

एजेन्सी । उत्तरपूर्वी सिरियाको हस्काह समीप अवस्थित गठबन्धन सेनाको शिविरमा बिहीबार भएको ड्रोन आक्रमणको प्रतिकारमा अमेरिकी सेनाले गरेको हवाई हमलामा इरान समर्थक आठ जना लडाकु मारिएका छन् ।
पर्यटन
एकपटक पुग्नै पाथीभरा धाम

सन्तोष पुर्कुटी। देशकै प्रमुख शक्तिपीठमध्ये ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरले वार्षिक लाखौँ स्वदेशी तथा विदेशी तीर्थयात्रीलाई आकर्षण गरिरहेको छ। अलौकिक शक्तिको खानीका रुपमा लिइने पाथीभरामा पछिल्लो एक वर्षमा मात्रै झण्डै तीन लाख बढी स्वदेशी तथा विदेशी तीर्थयात्री आएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।
जीवनशैली
खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

एजेन्सी । काजु मानिसहरुले सबैभन्दा बढी सेवन गर्ने सुक्खा फल हो । अधिकांश मानिसहरु काजू खान मन पराउँछन् । यो धेरै स्वस्थ नट मध्ये एक समावेश छ।
विचित्र विश्व
महाठग चन्द्रशेखरले भनेः गरिब कैदीलाई करोडौँ रकम प्रदान गर्ने चाहन्छु

एजेन्सी । आफैँ कैदमा रहेका एक बन्दीले कारागारमा रहेका कैदीबन्दी तथा उनीहरूका परिवारका लागि रु पाँच करोड ११ लाख प्रदान गर्ने चाहना व्यक्त गरेका छन् ।