किशोरीको पेटबाट आधा किलो कपाल र खाली श्याम्पुको खोल निकालेपछि...

प्रतिकात्मक तस्बिर

एजेन्सी । भारतको तमिलनाडुमा १३ वर्षीया किशोरीको पेटबाट लगभग आधा किलो कपाल, प्लाष्टिकका टुक्राहरु र खाली श्याम्पुको थुप्रै प्याकेटहरु निकालिएको छ । किशोरी ७ औं कक्षामा पढ्छिन् ।

 

पछिल्लो केही महिनाबाट उनलाई लगातार पेट दुख्न थालेको थियो । त्यसपछि उनका परिवारले किशोरीलाई शहरको वीजीएम अस्पताल लगे । उक्त अस्पतालमा डाक्टरले उनको पेटबाट अचम्मका कुराहरु निकाले ।

 

अस्पतालका अध्यक्ष बी.जी. मोहनप्रसादका अनुसार जब किशोरीको पेटको स्क्यानिङ गरियाे तब त्यसमा बल जस्तो केही बस्तु देखियो । इन्डोस्कोपीद्वारा त्यस बस्तुलाई निकाल्ने निर्णय भयो ।

 

यद्यपि डाक्टरहरुको उक्त प्रयास असफल भयो । त्यसपछि शल्यक्रियामार्फत किशोरीको पेटबाट त्यो बस्तु निकाल्ने फैसला भयो । सर्जन गोकुल कृपाशंकर र उनको टिमको सफल शल्यक्रियापछि पेटबाट मानिसको कपाल र श्याम्पुको खाली प्याकेटहरु निकालियो । 

 

डाक्टर गोकुल कृपाशंकरका अनुसार किशोरीको नजिकको आफन्तको मृत्यु भएको थियो । जसकारण उनी श्याम्पुको खाली प्याकेट तथा कपालजस्ता अनौठा बस्तुहरु खान थालिन् ।

 

शल्यक्रियापछि किशोरी पूर्णरुपमा निको हुँदै सामान्य अवस्थामा फर्किएकी छन् । यद्यपि यस्ता पेटबाट अनौठो वस्तुहरू निकालिएको यो पहिलो घटना भने होइन ।

 

यसभन्दा पहिले पनि चीनमा १४ वर्षीया किशोरीको पेटबाट १०० भन्दा बढी ‘बबल टी बल’ निकालिएको थियो । यसको अलावा भारतकै उत्तर प्रदेशमा एक महिलाको पेटबाट कपालको गुच्छाहरु निकालिएको थियो । 

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण

  • 5 minutes ago
गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण

तनहुँ । गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

कस्तो रहला आज दिनभरको मौसम ?

  • 36 minutes ago
कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडौं । हाल मनसुनको न्युन चापीय रेखा नेपालभन्दा दक्षिणतर्फ अवस्थित रहेको मौसम पुर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

अगुइरो २ महिना मैदान बाहिर

  • 42 minutes ago
अगुइरो २ महिना मैदान बाहिर

एजेन्सी । म्यानचेस्टर सिटीका स्ट्राइकर सर्जियो अगुइरो दुई महिना मैदान बाहिर रहने भएका छन् ।



पर्यटन

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

पनौती । काभ्रेपलाञ्चोकको रोशी गाँउपालिका–२, काफलडाँडामा रहेको तिनधारा झरना आन्तरिक पर्यटकहरुको केन्द्र बन्न थालेको छ । सामाजिक सञ्जालमा आकर्षक झरनाको तस्बिर देखिपछि आफ्ना साथीसँग वा परिवारसँग झरनामा रमाउन आउनेहरुको भिड लाग्न थालेको छ ।

जीवनशैली

शनिबार गर्नै नहुने यी कामहरु !

शनिबार गर्नै नहुने यी कामहरु !

काठमाडौं । शनिबार लाई धार्मिक दिन मानिन्छ । ब्रम्हाण्डमा अवस्थित ९ ग्रहको गुरु मानिने वृहस्पतिको दिन मानिने शनिबार धार्मिक दृष्टीले महत्वपूर्ण मानिन्छ ।