अझै ३८ प्रतिशत मुक्त हलियाको पुनःस्थापन बाँकी

  • आइतबार, १२ माघ, २०७६
  • 7 months ago
  • नेपाल

कञ्चनपुर । राष्ट्रिय मुक्त हलिया समाज महासङ्घ नेपालले लुथरन विश्व फेडरेशनको आर्थिक एवम् प्राविधिक मुक्त ‘हलियाको एकीकृत तथ्याङ्क पुस्तिका २०७६’ लाई प्रकाशनमा ल्याएको छ । 

 

विभिन्न स्थानीय तहले सङ्कलन गरी पठाएका तथ्याङ्कलाई दस्तावेजका रूपमा राख्न र ती  तहलाई मार्गदर्शनका रूपमा रहने गरी पुस्तिका प्रकाशन गरिएको सम्पादक हरिसिंह बोहराले जानकारी दिए । 

 

“पुस्तिकामा स्थानीय तहले सङ्कलन गरी पठाएका विवरणलाई जस्ताको त्यस्तै अभिलेखीकरण गरेका छौँ”, उनले भने, “पुस्तिकामा मुक्त हलिया लगतमा छुट्नुको कारणसमेत उल्लेख गरिएको छ ।”

 

पुस्तिकामा बैतडी, डोटी र डडेल्धुराका छुट हलियाको तथ्याङ्क राखिएको छ । बैतडीको दशरथचन्द नगरपालिकामा ५०२, पाटन नगरपालिकामा ८२३, शिवनाथ गाउँपालिकामा ५७८, सुर्नया गाउँपालिकामा ४१७, सायल गाउँपालिका डोटीका ७५०, नवदुर्गा गाउँपालिका डडेल्धुरामा १७१, भागेश्वर गाउँपालिकामा ५८ र गन्यापधुरा गाउँपालिकामा ४२२ परिवार मुक्त हलियाको तथ्याङ्क समावेश गरिएको छ ।

 

सुदूरपश्चिम र कर्णाली प्रदेशमा बसोबास गर्ने लगतमा समावेश हुन नसकेका मुक्त हलियाको तथ्याङ्क उपलब्ध गराएमा निरन्तररूपमा अभिलेखीकरण गर्दै लैजाने सम्पादक बोहराले जानकारी दिए । 

 

महासङ्घका अध्यक्ष ईश्वर सुनारले मुक्त हलिया पुनःस्थापनाको काम छिटो सम्पन्न गर्न सरकारसंग आग्रह गरे । “नेपाल सरकारले मुक्त हलिया पुनःस्थापनकार्यलाई छिटो सम्बोधन गर्नुपर्छ” उनले भने, “३८ प्रतिशत मुक्त हलियाको पुनःस्थापनको काम बाँकी छ ।”

 

सरकारले विसं २०६५ भदौ २१ गते हलिया मुक्तिको घोषणा गरेको थियो ।  लगत लिने क्रममा पूर्व मालिकको डर, त्रास, तत्कालीन गाविस सचिवहरुको असहयोग, रोजगारीका सिलसिलामा स्वदेश तथा विदेशमा रहेका, सूचना अभावका कारण सुदुरपश्चिम र कर्णाली प्रदेशका  मुक्त हलियाको तथ्याङ्कमा छुट हुन गई राहत पाउन नसकेको जनाइएको छ । 

 

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका १२ जिल्लाका अन्य स्थानीय तहलाई  छुट मुक्त हलियाको लगत सङ्कलन गरी पुनःस्थापना कार्य अगाडि बढाउन लागि महासङ्घले माग समेत गरेको छ ।

 

समावेशीकरणसम्बन्धी नीतिमा मुक्त कमैया, कम्हलरी, हरवा, चरवा, हलिया, भूमिहीन, सुकुम्वासीको पहिचान गरी बसोबासका लागि घर–घडेरी तथा जीविकोपार्जनका लागि कृषियोग्य जमीन वा रोजगारीको व्यवस्था गर्दै पुनःस्थापना गर्ने संवैधानिक व्यवस्था रहेको छ ।

 

 स्थानीय सरकार सञ्चालन ऐनमा आर्थिक तथा सामाजिक रुपमा पछाडि पारिएका समुदायको अभिलेख राखी आर्थिक तथा सामाजिक उत्थानसम्बन्धी कार्य गर्ने र  हलिया प्रथाका अन्त्य गर्ने लगायतका प्रावधान रहेको छ । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

नेपाली दूतावास बेलायतमा संविधान दिवस मनाइयो

  • 1 minute ago
नेपाली दूतावास बेलायतमा संविधान दिवस मनाइयो

लण्डन । राष्ट्रिय दिवस एवं संविधान दिवसको उपलक्ष्यमा यहाँ लण्डनस्थित नेपाली दूतावासले असोज २, ३ र ४ गते त्रिदिवसीय कार्यक्रम सम्पन्न गरेको छ ।

बालुवाटारमा सत्तारुढ नेकपाको सचिवालय बैठक बस्दै

  • 28 minutes ago
बालुवाटारमा सत्तारुढ नेकपाको सचिवालय बैठक बस्दै

यसअघि सोमबार बस्ने तय भएको बैठक तयारी नपुगेको भन्दै स्थगित गरिएको थियो भने आइतबार तत्कालीन माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा सचिवालय बैठक बसेको थियो ।

कंगनाको निशाना अब सिधै दीपिकातर्फ

  • 52 minutes ago
कंगनाको निशाना अब सिधै दीपिकातर्फ

एजेन्सी । अभिनेत्री कंगना रनावतले आजभोली बलिउड फिल्म उद्योगका स्टारहरुतर्फ आफ्नो निशाना लगाइरहेकी छन् ।



पर्यटन

तालपोखराका माछा अवलोकन गर्दै आन्तरिक पर्यटक

तालपोखराका माछा अवलोकन गर्दै आन्तरिक पर्यटक

रामपुर । लामो समयपछिको बन्दाबन्दी खुकुलो भएपछि पर्यटकीय क्षेत्र पाल्पा रामपुरको तालपोखरामा रहेका माछा अवलोकन गर्दै आन्तरिक पर्यटकहरु । तस्वीरः सुशीला रेग्मी, रासस

जीवनशैली

टमाटर प्रयोग गर्नुका पाँच नोक्सानीहरु

टमाटर प्रयोग गर्नुका पाँच नोक्सानीहरु

एजेन्सी–टमाटर प्राय धेरैको भान्छामा देखिन्छ । यसलाई प्रयोग गर्ने मानिसहरुलाई प्राय यसको बेफाइदाबारे भने कमै थाहा छ । यसले गर्ने नोक्सानी थाहा पाएपछि जति नै महँगो टमाटर किन नहोस् तपाईमा एकखाले खुसी भने छाउनेछ ।

विचित्र विश्व

के पुनर्जन्म हुन्छ ?

के पुनर्जन्म हुन्छ ?

एजेन्सी । पुर्नजन्म अथवा पुर्वजन्मको कुरा याद आएका घटनाहरू समय समयमा आइरहन्छन् । विज्ञानले यस्तो कूरालाई पुर्ण रूपमा स्वीकार गर्दैन तर वेद पुराणमा मानिसको आत्माको यात्रा निरन्तर चलिरहने कुरा स्पष्ट रूपमा लेखिएको छ ।