आज बङ्गलादेशका राष्ट्रपति हमिद नेपाल आउँदै, यस्तो छ कार्यक्रम तालिका

काठमाडौं । बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद मङ्गलबार (आज) नेपालको औपचारिक राजकीय भ्रमणका लागि आउँदैछन् । उनी राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक निमन्त्रणामा चार दिने भ्रमणका लागि नेपाल आउन लागेका हुन् ।

 

राष्ट्रपति हमिदको औपचारिक भ्रमणको सबै तयारी पूरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनको स्वागतमा त्रिभुवन विमानस्थलदेखि राजधानीका विभिन्न सडकलाई श्रृंगारिएको छ । 

 

दुवै देशका राष्ट्रपतिका तस्वीर सडकका पोलहरूमा लाम लगाएर राखिएको छ । राष्ट्रपति महिद आज (मंगलबार) अपराह्न १ बजे त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्नेछन् । त्यसपछि उनले शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । 

 

यसका साथै उनी राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आयोजित रात्रिभोजमा सहभागी हुनेछन् । साथमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग वान टु वान भेटवाता गर्ने कार्यक्रम रहेको बताइएको छ ।

 

बुधबारका दिन उनले विश्व सम्पदामा सूचीकृत भक्तपुर दरबार, काठमाडौंका अन्य मन्दिर अवलोकन गर्नेछन्, भने नेपालका लागि बंगलादेशका राजदूतले आयोजना गर्ने रात्रिभोजमा सहभागी हुने कार्यक्रम रहेको बताइएको छ ।

 

त्यस्तै विहीबारका दिन पर्यटकीय नगरी पोखराको भ्रमण गर्नेछन्, भने पोखरामा बंगलादेश क्लबले आयोजना गर्ने एक कार्यक्रममा सहभागी हुनेछन् । 

 

शुक्रबारका दिन काठमाडौंको चन्द्रागिरी हिल्सको अवलोकन गरेसँगै साँझ ५ बजे स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

यी २९ राष्ट्रबाट संविधान दिवसको अवसरमा शुभकामना

  • 12 minutes ago
यी २९ राष्ट्रबाट संविधान दिवसको अवसरमा शुभकामना

काठमाडौँ । संविधान दिवसका उपलक्ष्यमा विश्वका २९ मुलुकका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखबाट राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई तथा शुभकामना सन्देश प्राप्त भएका छन् ।

यी बलिउड अभिनेत्रीहरु फसेका थिए रक्सी तथा चुरोटको लतमा

  • 22 minutes ago
यी बलिउड अभिनेत्रीहरु फसेका थिए रक्सी तथा चुरोटको लतमा

एजेन्सी । फिल्मी क्षेत्रमा सधै सफलताको शिखरमा बसिरहन सकिदैन । तर केही बलिउड अभिनेत्रीहरु यो यथार्थतालाई स्विकार्न सक्दैनन र विभिन्न लतको शिकार हुने गर्छन् ।

यो पढेपछि रिसाउन छोड्नु हुनेछ

  • 35 minutes ago
यो पढेपछि रिसाउन छोड्नु हुनेछ

एजेन्सी । भनिन्छ रिसले आफैलाई खान्छ । हामीलाई यो कुराको थाहा नै हुँदैन की हाम्रो दैनिक जिवनका स– साना बानीहरु पनि मृत्युको कारण बन्न सक्छन् ।



पर्यटन

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

पनौती । काभ्रेपलाञ्चोकको रोशी गाँउपालिका–२, काफलडाँडामा रहेको तिनधारा झरना आन्तरिक पर्यटकहरुको केन्द्र बन्न थालेको छ । सामाजिक सञ्जालमा आकर्षक झरनाको तस्बिर देखिपछि आफ्ना साथीसँग वा परिवारसँग झरनामा रमाउन आउनेहरुको भिड लाग्न थालेको छ ।

जीवनशैली

गरूण पुराणका अनुसार मृत्यु पश्चात १३ दिनसम्म आत्म कहाँ रहन्छ ?

गरूण पुराणका अनुसार मृत्यु पश्चात १३ दिनसम्म आत्म कहाँ रहन्छ ?

एजेन्सी । गरुड पुराण वैष्णव सम्प्रदायसँग सम्बन्धित रहेको छ । यस पुराणका अनुसार सनातन धर्ममा मृत्यु पश्चात सद्रति कसरी मिल्यो ? मृत्यु पश्चात के हुन्छ ? यी कुराहरुबारे यस ग्रन्थमा चर्चा गरिएको छ ।