अब हाम्रो पात्रो हेल्थबाट डाक्टरसँग अपोइन्टमेन्टसँगै कन्फरेन्स कल पनि गर्न सकिने

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

काठमाडौँ। प्रयोगकर्ताहरूबाट अपार माया पाइरहेको हाम्रो पात्रो एपको “हाम्रो पात्रो हेल्थ” सेवाको नयाँ संस्करणमा विभिन्न सुविधाहरू थपिएका छन्। स्वास्थ्यसँग सम्बन्धित समस्या तथा जिज्ञासाहरूको बारेमा घरमै बसेर विज्ञ डाक्टरसँग परामर्श लिन सकिने यो सेवाले छोटो समयमै प्रयोगकर्ताहरूबाट पाएको उत्साहजनक सहभागिताले हाम्रो पात्रोको टिमलाई यो सुविधाहरू थप्न हौषाएको बताइएको छ।

 

देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमूलका मानिसहरूको दैनिक तथा सांस्कृतिक जीवनमा महत्त्वपूर्ण साथी बन्न सफल लोकप्रिय हाम्रो पात्रो एपले, विज्ञ डाक्टरसँग स्वास्थ्य समस्या भएका र स्वास्थ्य सेवा जिज्ञासु मानिसहरूको सहज पहुँच होस् भन्ने उद्देश्यले यो सेवा सुरु गरेको छ। 

 

अहिले थपिएका सुविधाहरूमा विशेषज्ञ डाक्टरहरूले आफ्नो उपलब्धता राख्न सक्ने र उक्त समय तालिका अनुसार सेवा उपभोक्ताले विशेषज्ञ डाक्टरहरूसँग अपोइन्टमेन्ट लिएर र डाक्टरसँग कुराकानी गर्न सकिने छ। पहिलेको अनलाइन डाक्टरसँग तत्काल कुरा गर्न सकिने सेवा यथावत् नै रहेको छ। यस अघि बिरामी र डाक्टर दुईजना मात्र कलमा सहभागी हुन सकिने सुविधालाई पनि आफ्नो आवश्यकता अनुसर परिवार या सहयोगी थप्न या बहुविधाका डाक्टरहरूले कन्फरेन्स कल गरेर एकै पटक कुराकानी गर्न सकिने सुविधामा अपग्रेड गरिएको छ।

 

यसै सन्दर्भमा हाम्रो पात्रो इंकका फाउन्डर तथा सीईओ शंकर उप्रेतीले यो नयाँ सुविधा आएपछि “वैदेशिक रोजगारी र अध्ययनको क्रममा विदेशमा या देशभित्रै परिवारबाट टाढा भएका हरेक व्यक्तिले आफ्ना आमा बुवा तथा परिवारका सदस्यको स्वास्थ्य परामर्शमा परिवारका सदस्यहरूसँग कन्फरेन्स कलमा बस्न सक्ने” बताए। र उनले यो थपिएको सुविधाहरूले प्रयोगकर्ताहरूको दैनिक स्वास्थ्य समस्या तथा जिज्ञासाहरूको समाधान गर्न थप सहयोगी हुने विश्वास प्रकट गर्नु भयो।

 

त्यसबाहेक, अनलाइन र व्यस्त डाक्टरको डाक्टरको विशेषज्ञता र अनुभवको सुचि हेरेर बिरामीलाई कुन डाक्टरसँग कुरा गर्ने भन्ने सजिलै निर्णय गर्न यो अपडेटले सजिलो बनाउन सेवाहरू थपेको छ। डाक्टरले आफ्नो अनुभवको आधारमा एपमा आफ्नो सेवाशुल्क निर्धारण गर्न सक्नेछन्। डाक्टरले आफ्नो समय अनुकूल मिलाएर बिरामीको लागि उपलब्ध हुने समय तालिका अपडेट गर्न सक्नेछन् र सेवाग्राहीलाई डाक्टरले तोकेको समयावधि भित्र निशुल्क फलो–अपको सुविधा पनि राखिएको छ। यसका साथै बिरामीले डाक्टरलाई उनीहरूको परामर्शको आधारमा रेटिङ र रिभ्यु पनि गर्न सक्नेछन्। 

 

अहिले व्यस्त जीवनशैलीको कारण आफ्नो स्वास्थ्यमा समय दिन नसकिरहेका मानिसहरूलाई पनि यो सेवा अति उपयोगी भएको पाइएको छ। साना स्वास्थ्य समस्या तथा जिज्ञासाहरूमा पनि डाक्टरलाई भेट्न थुप्रो समय खर्च गर्नुपर्ने र असहजता भोग्नुपर्ने अवस्थालाई हाम्रो पात्रो हेल्थले सहज बनाएको छ। प्रविधिको माध्यमबाट इन्टरनेट उपलब्धता भएको जुनसुकै सुगम र दुर्गम ठाउँका सबै स्थानमा टेलिहेल्थको सेवा सबैको लागि सहयोगी मात्र भएको छैन खर्च र समयको पनि बचत गरेको छ र अनावश्यक यात्रा घटाएको छ। कतिपय स्थानहरूमा उचित स्वास्थ्य परामर्शको अभावमा धेरै मानिसहरुले समस्या भोग्नु परेको छ। सम्पूर्ण नेपालीहरूलाई सहजरूपमा सवास्थ्य परामर्श उपलब्ध गराउन र भौगोलिक र आर्थिक विविधताका ववजूद स्वास्थ सेवाको आवश्यकता र उपलब्धताको विषमतामा प्रविधिको माथ्यमबाट सहजता निर्माण गर्ने उदेश्यले हाम्रो पात्रो एपले हाम्रो हेल्थ सुरु गरेको थियो।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

दुर्गा पक्षको सातौँ दिन देशभरका शक्तिपीठमा भक्तजनको लाम

  • 6 hours ago
दुर्गा पक्षको सातौँ दिन देशभरका शक्तिपीठमा भक्तजनको लाम

काठमाडौँ । वडादसैँको सातौँ दिन अर्थात् दुर्गा पक्षका अवसरमा देशभरका देवी मन्दिरमा भक्तजनको बिहानैदेखि भीड लागेको छ । वडादसैँका अवसरमा आजैदेखि एकादशीसम्म सार्वजनिक बिदा दिइएको छ । सरकारी कार्यालय, विद्

बुर्किना फासोको सैनिक हस्तक्षेपप्रति राष्ट्रसङ्घीय महासचिवको चासो

  • 6 hours ago
बुर्किना फासोको सैनिक हस्तक्षेपप्रति राष्ट्रसङ्घीय महासचिवको चासो

एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले बुर्किना फासोमा भएको सैनिक हस्तक्षेप र कूप्रति चासो व्यक्त गरेका छन् । उनले यहाँको सेनाले गरेको सैन्य ‘कू’ बाट नागरिक अधिकारहरु हनन् भएका र सर

बिन्धबासिनी मन्दिरमा भक्तजन घुइँचो

  • 6 hours ago
बिन्धबासिनी मन्दिरमा भक्तजन घुइँचो

पोखरा । पोखराको प्रसिद्ध धार्मिक शक्तिपीठ बिन्धबासिनी मन्दिरमा सप्तमीको दिन आइतबार भक्तजन घुइँचो । तस्बिरः जमुना वर्षा शर्मा/रासस



पर्यटन

तालबाराही मन्दिरमा भक्तजनको घुइँचो

तालबाराही मन्दिरमा भक्तजनको घुइँचो

कास्की । नवरात्रको समय पारेर शनिबार पोखराको फेवाताल बिचमा रहेको तालबाराही मन्दिर दर्शन गर्ने भक्तजनको घुइँचो । तस्बिरः जमुना वर्षा शर्मा, रासस

जीवनशैली

कसरी स्वादिलो भुटन बनाउने ?

कसरी स्वादिलो  भुटन बनाउने ?

एजेन्सी । नेपालमा चाड­पर्वमा मासु तथा विभिन्न थरिका परिकारहरु बन्दछन्। मासु साह्रै लोकप्रिय छ हामी सबै नेपालीहरुलाई। नेपालको सबैभन्दा बढी प्रयोगमा आउने खसीको मासु हो। सारा विश्वमै खसी र बाख्राको परिकारहरु लोकप्रिय छन्, कहीँ यसको दूध बढी उपयोगमा ल्याइन्छ, त कहीँ त्यसबाट बनेको चिज भने कहीँ यसको मासु।

विचित्र विश्व

'कांग्रेस नेताहरू चुनावपछि भाजपामा सामेल हुनेछन्'

'कांग्रेस नेताहरू चुनावपछि भाजपामा सामेल हुनेछन्'

एजेन्सी । गुजरातको आगामी विधानसभा चुनावमा आम आदमी पार्टी मैदानमा उत्रने तयारीमा छ । यसै क्रममा दिल्लीका मुख्यमन्त्री तथा पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवालले राज्यका विभिन्न भागमा लगातार भ्रमण गरिरहेका छन् ।