हाम्रो पात्रोले सुरु गर्यो ईलर्निङ्ग प्याल्टफर्म

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital
  • बिहीबार, १६ आषाढ, २०७९
  • 1 month ago
  • नेपाल

काठमाडौँ । आम मानिसको दैनिक जीवनको महत्त्वपूर्ण हिस्सा बन्न सफल नेपालको लोकप्रिय एप हाम्रो पात्रोले नयाँ फिचरको रूपमा “हाम्रो लर्निङ सेन्टर” ल्याएको छ । एउटै एपमार्फत विभिन्न सेवाहरू दिँदै आएको हाम्रो पात्रोले डिरयवाक सिफल स्कुलसँगको सहकार्यमा यो सुविधा विटा भर्सनको रूपमा ल्याएको हो ।

 

स्रोत र साधनको अभावमा अधिकांश विद्यार्थिहरू गुणस्तरीय शिक्षाबाट वञ्चित हुनु परेको छ। समयमा पाठ्य पुस्तकहरू उपलब्ध नहुने र उचित मार्गदर्शन गर्ने शिक्षकहरूको अभावको कारणले धेरै विद्यार्थीहरूले शिक्षामा समस्या भोग्नु परिरहेको छ। प्रायः विद्यालयमा दक्ष शिक्षकको कमि आम विद्यार्थीहरूले महसुस गर्ने गरेका छन् । यो दुर्गम र गाउँहरूको मात्र नभएर पूरै नेपालको साझा कथा हो । अब यो विद्यार्थी र गुणस्तरीय शिक्षा बिचको दुरि हाम्रो लर्निङ सेन्टरले कम गर्ने भएको छ । प्रविधिले यो समस्यामा पुलको भुमिका खेल्ने भएको छ। हाम्रो पात्रो इंक। का फाउन्डररसिइओ शंकर उप्रेतीले यो लर्निङ सेन्टरले नेपालको शिक्षामा सकारात्मक परिवर्तन गर्दै आममानिसको पहुँचमा पुर्‍र्याउन महत्त्वपूर्ण  भूमिका खेल्ने बताए। साथै उप्रेतीले यस लर्निङ सेन्टरलाई समय अनुकूल परिमार्जन गर्दै लैजाने र सबै विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रविधिका माध्यमबाट उपलब्ध गराउन कदम चाल्दै जाने बताएका छन् ।

 

असार १५ मा एक समारोहका बिचमा हाम्रो पात्रोका सिइओ शंकर उप्रेती र डियरवाक सिफल स्कुलका अध्यक्ष हितेश कार्कीको बिचमा सहकार्यको लागि एक समझदारी पत्रमा हस्ताक्षर भएको हो। उक्त कार्यक्रममा हितेश कार्कीले भने,‘हाम्रो पात्रोसँगको सहकार्यमा फ्लिप्ड क्लासहरू अझ फराकिलो विद्यार्थी समुदायसमक्ष पुर्‍याउन पाउँदा उत्साहित छु। हाम्रा कक्षाहरू धेरै विद्यार्थीहरूमाझ लोकप्रिय रहेकाछन् र हाम्रो पात्रोमा शैक्षिक सामग्रीहरू उपलब्ध हुँदा अझ धेरै विद्यार्थीहरू लाभान्वित हुने आश लिएको छु र हाम्रो पात्रो उक्त कार्यको लागि सर्वोत्तम माध्यम हुनेछ।’ 

 

यस लर्निङ सेन्टरका माध्यमबाट विभिन्न शैक्षिक संस्थाहरूले सजिलै आफ्ना शैक्षिक सामाग्रीहरू उपलब्ध गराउन सक्छन् । हाललाई डियरवाक सिफल स्कुलका लेक्चरहरू सबै विद्यार्थीहरूले निःशुल्क अध्ययन गर्न सक्छन् । कक्षा चार देखि एघार कक्षा सम्मका विभिन्न विषयका शैक्षिक भिडियोहरू उपल्बध रहेका छन् । बाँकी आवश्यक लेक्चरहरू, सम्बन्धित विषयका प्रश्न, क्विज पनि आगामी दिनमा थपिँदै जानेछन्। हाम्रो लर्निङ सेन्टर सम्पूर्ण विद्यार्थिहरूका लागि बहुउपयोगी हुनेछ।  

 

हाम्रो पात्रो एपले प्रवासी नेपालीहरूलाई मातृभूमिसँग र आफ्नै देशभित्र फरक फरक स्थानमा बस्ने नेपालीहरूलाई आफ्नो परिवारसँग र सम्पूर्ण नेपालीलाई एकआपसमा नेपाली संस्कृति र परम्पाराको माध्यमबाट सन् २०१० देखि जोड्दै आएको छ, साथै समाचार, रेडियो, ज्योतिष, रेमिट्यान्स, इकमर्स, डिजिटल स्वास्थ्य सेवा जस्ता सेवाहरू समयअनुकूल रूपमा थप्दै आएको छ।

 

सन् २०१६ मा स्थापना भएको डियरवाक सिफल स्कुल विद्यार्थीहरूलाई भाषा, गणीत र विज्ञान विषयमा सुदृढ शैक्षिक ज्ञान संगाल्दै वैश्विक नागरिकको रूपमा अघि बढ्न सहायता पुर्‍याउन प्रतिवद्ध छ। डियरवाक सिफल स्कुल हरेक विद्यार्थीको प्रतिभाको विकास गर्दै उनीहरूका क्षमता पहिचान गर्न सघाउने कुरामा दृढ छ । 

 

प्रयोगकर्ताले हाम्रोपात्रोको यो सेवा प्रयोग गर्न एन्ड्रोइडका लागि यहाँ क्लिक गरी गुगल प्ले स्टोरमा गएर तथा आइओएस एप स्टोरमा यहाँ गएर हाम्रोपात्रोको एप डाउनलोड अथवा अपडेट गर्नुपर्नेछ ।

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

केन्या भ्रमणका लागि नेपाली क्रिकेट टोली घोषणा, ज्ञानेन्द्र मल्लको कमब्याक

  • 52 minutes ago
केन्या भ्रमणका लागि नेपाली क्रिकेट टोली घोषणा, ज्ञानेन्द्र मल्लको कमब्याक

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई समेट्दै केन्या भ्रमणको लागि १६ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ ।

सीएनआई रोजगार तथा सीप मेला कात्तिक १७ गतेदेखि हुने

  • 2 hours ago
सीएनआई रोजगार तथा सीप मेला कात्तिक १७ गतेदेखि हुने

काठमाडौँ। नेपाल उद्योग परिसंघ (सीएनआई)रोजगार तथा सीप मेला २०७९ कात्तिक १७ गतेदेखि गर्ने भएको छ। मंगलबार सीएनआईले पत्रकार सम्मेलन गर्दै उक्त मेला गर्न लागेको जानकारी दिएको हो। उक्त कार्यक्रम काठमाडौँस्

देउवालाई भेट्न भट्टराई र यादव बालुवाटारमा

  • 2 hours ago
देउवालाई भेट्न भट्टराई र यादव बालुवाटारमा

काठमाडौँ। नेपाल समाजवादी पार्टीका अध्यक्षद्वय बाबुराम भट्टराई र महिन्द्र यादवले प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन्। भट्टराई र यादवले मंगलबार देउवासँग बा



पर्यटन

‘जहाँ महादेव विराजमान रहन्छन्’

‘जहाँ महादेव विराजमान रहन्छन्’

जलेश्वर । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरस्थित बाबा जलेश्वरनाथमा साउन महिनाभरि महादेव विराजमान रहन्छन् भन्ने विश्वासका साथ तीर्थयात्रीको भीडभाड हुने गर्दछ ।

जीवनशैली

दशावतार बालन अवलोकन गर्न रामपुर जाऔँ

दशावतार बालन अवलोकन गर्न रामपुर जाऔँ

“हो हो हो...शङ्खासुर दैत्यले वेद चोरी लग्यो, ब्रह्मा निदाए तहाँ । यी गीतका लय र शब्द सुनेपछि साथीभाइसँग नाच्ने र अभिनय गरेको अहिले ताजै छ तर उमेर ढल्क्यो, बालन नाच्न छाडेको पनि पाँच वर्ष भयो, नाच्न नसके पनि हेर्न भने विभिन्न ठाउँमा पुगेकै हुन्छु ।”

विचित्र विश्व

रुसका ८० हजार सैनिक हताहत भएको अनुमान, गोला–बारुद सकिँदै, त्यसो भए के युक्रेनसँगको युद्धमा हार्दैछन् पुटिन ?

रुसका ८० हजार सैनिक हताहत भएको अनुमान, गोला–बारुद सकिँदै, त्यसो भए के युक्रेनसँगको युद्धमा हार्दैछन् पुटिन ?

एजेन्सी । युक्रेन र रुसबीच जारी युद्धमा ८० हजारभन्दा बढी रुसी सैनिक मारिएको वा घाइते भएको बताइएको छ । एपीको रिपोर्ट अनुसार पेन्टागनमा रहेका अमेरिकी अधिकारीहरूले सोमबार अनुमान गरेका छन् कि फेब्रुअरीमा सुरु भएको युद्धमा युक्रेनमा हालसम्म ८० हजार रुसी मारिएका वा घाइते भएका छन्।