राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सकद्वारा छिनिएको हत्केला जोड्न सफल

प्रतिकात्मक तस्बिर

काठमाडौँ । राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सकले छिनिएको हत्केला जोड्न सफल भएका छन् । सेन्टरका प्रा डा पियूष दाहालको नेतृत्वमा १० चिकित्सक सर्लाही जिल्ला पर्सा गाउँपालिकाका वडा नंं २ का १८ वर्षीय रवि सिंहको पूरै छिनिएको दाहिने हत्केलाको शल्यक्रिया गरी जोड्न सफल हुनुभएको हो । 

 

सेन्टरका निमित्त प्रमुख मेडिकल सुपरिण्डेन्डेट डा सन्तोष पौडेलले चिकित्सकले १० घण्टा लगाएर ती बिरामीको छिनिएको दाहिने हत्केला शल्यक्रियामार्फत जोड्न सफल भएको बताउनुभयो । सेन्टरले बिरामीका औँलाले पूर्ण रुपमा काम गर्न थालेपछि मात्र शल्यक्रियाबारे जानकारी गराएको उहाँले जानकार दिए । दक्षिणकालीको एक कारखानामा काम गरिरहेका बेला सिंहको हत्केला छिनिएको थियो । 

 

“हात छिनिएको एक घण्टामा ती बिरामी हाम्रो अस्पतालमा आए”, उनले भने, “ त्यसपछि हाम्रो शल्यक्रिया गर्ने समूहले उक्त हात जोड्ने काम गरेको हो ।  १० घण्टाको अथक प्रयासपछि हात जोड्न सफल भयौँ ।” ती व्यक्तिको दक्षिणकालीको कारखानामा काम गर्ने सिलसिलामा फ्लेक्स पाइप मेसिनबाट गत असार २९ गते साँझ ५ बजे दाहिने हत्केला पूरै छिनेर दुई टुक्रा भएको थियो । चिकित्सकको समूहले अस्पतालमा बिरामी आएपछि साँझ ७ बजेदेखि अर्को दिन बिहान ५ बजेसम्म शल्यक्रिया गरी हात जोड्न सफल भएको थियो । 

 

 सेन्टरका निमित्त प्रमुख मेडिकल सुपरिण्डेन्डेट डा पौडेलका अनुसार यसअघि औँला जोड्ने गरिएकामा हत्केला भने पहिलो पटक जोडिएको हो ।  ती बिरामीको हत्केला जोड्नका लागि १८ चलाउने नशा, पाँच नशा, तीन आर्टरी र चार हड्डी जोड्नुपरेको थियो ।

 

शल्यक्रियामा प्रा डा दाहालसहित डा कृष्ण मानन्धर (प्लाष्टिक सर्जन) डा अपार लामिछाने (प्लाष्टिक सर्जन), डा कमलराज पाठक (प्लाष्टिक सर्जन रेजिडेन्ट) तथा एनेस्थेसियाका डा रुपेश यादव, डा छिरिङ शेर्पा र नर्सिङ टिमका पिङ्की लागेजु र अनुपमा फुयाँल रहेका थिए । ती व्यक्तिले गत साउन २२ गते डिस्चार्ज भई स्वास्थ्यलाभ गर्दै अहिले फिजियोथेरापीमा फिजियो गराइरहेको जनाइएको छ । 

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

झापाका संक्रमित बृद्धको मोरङमा उपचारको क्रममा निधन

  • 2 minutes ago
झापाका संक्रमित बृद्धको मोरङमा उपचारको क्रममा निधन

विराटनगर । झापाका कोरोना संक्रमितको मोरङस्थित विराट शिक्षण अस्पतालको आइसोलेसनमा उपचारको क्रममा निधन भएको छ ।

नारायणगढ–मुग्लिन र मुग्लिन–नौबिसे सडक एकतर्फी सञ्चालनमा

  • 10 minutes ago
नारायणगढ–मुग्लिन र मुग्लिन–नौबिसे सडक एकतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड र मुग्लिन–नौबिसे सडकखण्ड एकतर्फी मात्र सञ्चालनमा रहेको छ ।

पहिरोका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

  • 30 minutes ago
पहिरोका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

पर्वत । मङ्गलबार साँझदेखि लगातार परेको वर्षाका कारण पहिरो जाँदा मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ सडकखण्ड अवरुद्ध बनेको छ ।



पर्यटन

सिद्ध मकरीकोट पदमार्गमा ८ हजार २८२ खुट्किला निर्माण हुँदै

सिद्ध मकरीकोट पदमार्गमा ८ हजार २८२ खुट्किला निर्माण हुँदै

दार्चुला । सङ्घीय सरकार, सुदूरपश्चिम प्रदेश सरकार र अपी हिमाल गाउँपालिकाको लगानीमा अपी हिमाल गाउँपालिका–४ देखि वडा नं ५ जोड्न निर्माण हुँदै गरेको सिद्ध मकरीकोट पदमार्ग । हालसम्म एक हजार ४७४ मिटरमा तीन हजार ७०० खुट्किला निर्माण भइसकेको छ भने पदमार्ग सम्पन्न हुँदा आठ हजार २८२ खुट्किला निर्माण हुनेछन् ।

जीवनशैली

असल बुहारीमा हुनुपर्ने यी १० गुणहरु !

असल बुहारीमा हुनुपर्ने यी १० गुणहरु !

काठमाडौं । जब कोही महिला बिहे गरेर बेहुलाको घर जान्छन् तब उनको मनमा अनेक प्रश्नहरु पैदा हुन्छन्, की उनले बेहुलाको परिवारमा आफ्नो कर्तव्य राम्रो सँग निभाउन सफल हुन्छु या हुँदिन भनेर ।

विचित्र विश्व

कतिपयले ढिलो विवाह गर्नुको कारण यस्तो पनि !

कतिपयले ढिलो विवाह गर्नुको कारण यस्तो पनि !

एजेन्सी । अमेकिाको ओहियो स्टेट विश्वविद्यालयका अनुसन्धानकर्ताका अनुसार महिला जसको विवाह कम उमेरमा भएको छ तर विवाह टिकेको छैन वा डिभोर्स भएको छ भने उनीहरुको बच्चाहरु विवाह गर्न ढिला रुचाउने गर्छन् ।