टोटनहम हिरो ‘ह्यारी केन’ !

एजेन्सी । पछिल्लो केही वर्षयता प्रिमियर लिग क्लब युरोपको प्रतिष्ठित क्लबमा गनिन थालेको छ । यस स्थानमा पुर्याउन प्रशिक्षक मोरिसिनो पोचितिनोको महत्वपुर्ण भुमिका रहेको छ । साउथह्यामटनको प्रशिक्षक रहेका उनलाई  सन् २०१४ मा  टोटनहमले अनुबन्ध गरेको थियो थियो । उनी आएपछि क्लबले सन्तुलित खेल प्रदर्शन गरिरहेको छ । 

 

यसैबीच टोटनहमका एकजना खेलाडीको चर्चा विश्वभर हुन थाल्यो । उनी हुन् ह्यारी केन । क्लबले सुधारिएको खेल प्रदर्शन गर्नुमा यी ‘गोल मेसिन’ खेलाडीको पनि उत्तिकै ठुलो भुमिका रहेको छ । 

 

उनले पहिलो लिग गोल सन् २०११ को जनवरीमा सिल्डफिल्ड युनाइटेडविरुद्ध गरेका थिए । उनले त्यस खेलमा गरेको प्रदर्शनले पनि उनी प्रिमियर लिगको लामो समयसम्म टिकिरहने घोडाको रुपमा परिचीत हुने वाला थिए । 

 

उनले एक मिडियासँगको अन्तर्वार्तामा भनेका थिए,‘मेरो पहिलो गोल फ्रिकिकमार्फत भएको थियो । बल बाउन्स ब्याक भएको थियो । मैले उक्त अवसरलाई गोलमा परिणत गरिदिए । म त्यो क्षण बिर्सिन सक्दिन ।’

 

उनी हाल इंग्ल्याण्डका प्रमुख खेलाडी हुन् । वायन रुनीको उमेर भइसकेको तथा जेम्मी भर्डी ओझेलमा परिसकेको अवस्था छ । टोटनहमका नम्बर १० खेलाडी उनी भविष्यमा इंग्ल्याण्डका नम्बर ९ खेलाडीको रुपमा देखिने निश्चित छ । 

 

पछिल्ला तीन सिजनमा उनी टोटनहमका सर्वाधिक गोलकर्ता रहेका छन् । उनी भन्छन्,‘जब मेरो शरिरमा बल पर्छ तब मेरो दिमाग सुन्य हुन्छ । तपाई आश्चर्यमा पर्नुहोला मेरो दिमागमा के चलिरहेको छ भनेर । तर, मेरो दिमाग सुन्य हुन्छ । किन यस्तो हुन्छ मलाई थाहा छैन...’

 

सर्वाधिक गोल गर्ने खेलाडीहरुसँग प्राय जबाफ नै हुँदैन । उनीहरुको गोल संख्या नै जबाफ मान्नुपर्छ । 

 

उनी भन्छन्,‘म जर्मन डेफोइको खेलहरु हेर्ने गर्थे । उनले गरेका स्टाइलहरु नक्कल गर्ने प्रयास पनि गर्थे । उनी एक टचमा बल लिन्थे र सुट गरिहाल्थे । उनी छिटो खेल्नमा माहिर थिए ।’

 

उनी थप्दै भन्छन्,‘जब तपाईले गोल गर्ने अवसर गुमाउनु हुन्छ तब तपाई त्यो क्षणले सकसक लाग्छ ।’

 

 

ह्यारी केन कडा मिहिनेतमा विश्वास मान्ने व्यक्ति हुन् । उनी आफु यस उचाइमा पुग्नुमा प्रशिक्षक मउरिसनो पोचितिनोको ठुलो हात रहेको बताउँछन् । 

 

उनका एकजना मित्र भन्छन्,‘ह्यारी केनलाई धेरै सिकाउन पर्दैन । उ एकदमै शान्त खेलाडी हो । खेल खेल्दा पनि उसको फिनिसिङले यस कुराको प्रमाणित गर्छ ।’

 

अलान डनले भन्छन्,‘मैले भनेको थिए,‘ह्यारी तिमी त्यो बल नजिक जाउ म तिमीलाई लडाइ दिन्छु... उसले मलाई हेर्दा पनि हेरेन । उसले कुनै पनि प्रतिक्रिया दिएन ।’

 

उनी फुटबललाई लिएर एकदमै महत्वकाक्षी रहेका छन् । उनी सबै कप तथा उपाधिहरु जित्न चाहन्छन् । तर, उनले यी सपनाहरु दबाएर राखेका छन् । तै पनि उनी शान्त देखिन्छन् । तर, जब मैदानमा उनी उत्रिन्छन् तब उनको खेलले नै सबै कुरा देखाउँछ । 

 

पछिल्लो सिजन प्रिमियर लिगमा टोटनह्यामले सानदार खेल प्रदर्शन गरिरहेको छ । सन् २०१५ र २०१६ को सिजनमा प्रिमियर लिग उपाधिका लागि टोटनहमले लेइसेस्टर सिटी र चेल्सीलाई कडा चुनौती दिएको थियो । यस सिजन च्यम्पियन्स लिगमा रियल मड्रिडलाई पराजित गरेपछि टोटनहम युरोपियन उपाधिका लागि दाबेदार मान्न थालिएको छ । ह्यारी केनमात्र नभइ यस क्लबका अन्य खेलाडीहरुको चर्चा पनि उत्तिकै रहेको छ । 

 

उनीबारे केही रोचक तथ्यहरु यस्ता रहेका छन् ।   

 

ह्यारी केनका भाइ प्याट केन ह्यारी केन जस्तै देखिन्छन् । ह्यारी केनका फ्यानहरु प्राय झुक्किने गर्छन् । 

 

उनलाई प्राय पार्टीहरुमा वा कार्यक्रमहरुमा फ्रि ट्रिट दिने काम हुन्छ । यसको कारण ह्यारी केन नै हुन् । 

 

ह्यारी केन प्रिमियर लिगका यस्ता पाँच  खेलाडी भित्र पर्छन् जसले प्लेयर अफ दि मन्थ लगातार जितेका छन् । 

 

रब्बी फोलर (१९९५–९६), डेनिस बर्गकाम (१९९७), क्रिस्टियानो रोनाल्डो (२००६), जेम्मी भर्डी (२०१५) र ह्यारी केन रहेका छन् । 

 

उनले आर्सनलबाट फुटबल करिअर सुरु गरेका हुन् । धेरै लाग्न सक्छ उनी टोटनहम क्लबका फ्यान हुन् तर, उनी कुनै समय आर्सनको फ्यान रहेका थिए । 

 

सन् २००१ मा  उनले आर्सनलको युथ एकेडमीमा भर्ना भएका थिए । त्यसपछि उनी वार्टफोर्ड एकेडमीमा आवद्ध भएका थिए । 

 

उनले इंग्ल्याण्डका लागि विभिन्न तहमा रहेर फुटबल खेलेका छन् । अण्डर–१७, अण्डर–१९, अण्डर–२०, अण्डर–२१ र हाल सिनिएर लेभलमा फुटबल खेलिरहेका छन् । 

 

ग्यारी लिंकर पछि प्रिमियर लिगमा टोटनहमका लागि २५ गोल गर्ने पहिलो खेलाडी हुन् । 

 

ग्यारेथ बेलले भने २० गोल गरेका थिए । उनी आफ्नो बाल्यकाल साथी केटी गुडल्याण्डसँग सम्बन्धमा रहेका छन् । सन् २०१५ को फ्रेबअरीमा उनले केटीसँगको सम्बन्धबारे बोलेका थिए । 

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

राती सुत्दा कहिल्यैँ भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन !

  • 6 hours ago
राती सुत्दा कहिल्यैँ भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन !

एजेन्सी । किन राती सुत्दा कहिल्लै भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन रु ज्योतिषशास्त्र र वास्तुशास्त्रसंग जोडिएका कैयौँ यस्ता साना कुराहरुबारे जानकारी राख्नु आवश्यक हुन्छ ।

पुक्क पेट लागेको छ ? यसरी सजिलै घटाउनुहोस्

  • 6 hours ago
पुक्क पेट लागेको छ ? यसरी सजिलै घटाउनुहोस्

एजेन्सी । यदि तपाईलाई पेटको कुनै रोग छैन भने बिहान उठ्नेबित्तिकै मनतातो पानीमा कागतीको रस राखेर पिउँदा पेटको बोसो घट्छ । यसले मेटाबोलिजम दुरुस्त रहन्छ र तौल कम गर्न पनि मद्दत मिल्छ ।

कुन अंग फरफराउँदा के हुन्छ ?

  • 6 hours ago
कुन अंग फरफराउँदा के हुन्छ ?

एजेन्सी । ज्योतिष शास्त्र अनुसार शरीका विभिन्न अंग फरफराउँदा राम्रो र नराम्रो योग उत्पन्न हुन्छ । त्यसका कारण तपाईको जीवनमा कुनै काम बन्ने र कुनै काम विग्रने वा लाभ हानी हुने हुन्छ ।



पर्यटन

पोखराको प्याराग्लाडिङको विकल्प खोज्दै गण्डकी प्रदेश सरकार, बलेवामा सम्भावना

पोखराको प्याराग्लाडिङको विकल्प खोज्दै गण्डकी प्रदेश सरकार, बलेवामा सम्भावना

पोखरा । पोखराको प्याराग्लाडिङको विकल्प खोज्दै गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय बागलुङको बलेवा आएको छ । मन्त्रालयको पर्यटन महाशाखाले बलेवामा प्याराग्लाइडिङ गर्न आवश्यक पूर्वाधारका विषयमा छलफल थालेको हो । गत वर्ष बलेवा महोत्सवको समयमा गरिएको परीक्षण सफल भएकाले प्याराग्लाइडिङका लागि पोखराको विकल्पमा बलेवालाई राखिएको छ ।

जीवनशैली

पुक्क पेट लागेको छ ? यसरी सजिलै घटाउनुहोस्

पुक्क पेट लागेको छ ? यसरी सजिलै घटाउनुहोस्

एजेन्सी । यदि तपाईलाई पेटको कुनै रोग छैन भने बिहान उठ्नेबित्तिकै मनतातो पानीमा कागतीको रस राखेर पिउँदा पेटको बोसो घट्छ । यसले मेटाबोलिजम दुरुस्त रहन्छ र तौल कम गर्न पनि मद्दत मिल्छ ।

विचित्र विश्व

राती सुत्दा कहिल्यैँ भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन !

राती सुत्दा कहिल्यैँ भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन !

एजेन्सी । किन राती सुत्दा कहिल्लै भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन रु ज्योतिषशास्त्र र वास्तुशास्त्रसंग जोडिएका कैयौँ यस्ता साना कुराहरुबारे जानकारी राख्नु आवश्यक हुन्छ ।