विश्वमै सबैभन्दा उत्कृष्ट स्वास्थ्य सेवा दिने देशहरु, यस्ता छन् सुविधाहरु
- आइतबार, १९ माघ, २०७६
- 3 years ago
- अन्तर्राष्ट्रिय

काठमाडौँ । नेपाली जनताहरु गुणस्तरीय स्वास्थ्य सेवा पाउन अझै सकिरहेका छैनन् । दुरदराजमा रहेका नेपालीहरुले अझै सिटामोलसम्म पनि पाउन सकिरहेका छैनन् । स्वास्थ्य क्षेत्रमा चरम राजनीति आम नेपाली जनताले सर्वसुलभ स्वास्थ्य सेवा पाउन नसकिरहेको अवस्थामा विदेशमा गएर उपचार गर्ने देशका उच्च तह कारण देशको स्वास्थ्य क्षेत्रलाई नराम्रो प्रभाव पारेको देखिन्छ ।
हामीले आज विश्वमै उत्कृष्ट स्वास्थ्य सेवा दिने देशहरुको सुची बनाएका छौ ।
‘द लेगाटम इन्सिट्युट’, लण्डनमा रहेको यो अनुसन्धान इन्सिट्युटले आफ्नो १० औ वार्षिक ग्लोबल प्रोस्पेरिटी इन्डेक्स, एउटा ठुलो सर्वे सार्वजनिक गरेको थियो । उक्त सर्वेलाई आधार मानेर विश्वकै उत्कृष्ट स्वास्थ सेवा दिने देशहरुको सुची सार्वजनिक गरिएको थियो ।
उक्त संस्थाले १०४ वटा भेरिएबलहरुलाई आधार मानेर अध्ययन गरेको थियो । त्यसमध्ये नौ वटा सह–इन्डेक्सहरु रहेका थिए ।
यो अध्ययनमा सुची तयार पर्दा प्रमुख तत्व ‘कुन देशका नागरिक कति स्वस्थ छन्’ रहेको थियो ।
स्वास्थ्यलाई प्रमुख तीन तत्वका आधारमा मापन गरिएको थियो । जसमा देशको आधारभुत मानसिक र शारिरीक स्वास्थ्य, स्वास्थ्य संरचना र रोकथामa र उपचारका लागि उपलब्ध सामाग्रीहरु रहेका थिए ।
यस अध्ययनको अन्त्य सम्म आइपुग्दा केही अचम्म लाग्दा निष्कर्षहरु निस्किए । विश्वमै स्वास्थ्य सेवाका लागि प्रख्यात मानिएको देश ब्रिटेनले उक्त सुचीमा स्थान बनाउन सकेन ।
हेरौ विश्वकै उत्कृष्ट स्वास्थ सेवा भएका देशहरुको सुची
१३. क्यानडाः सन् १९८४ मा क्यानडाले हेल्थ सम्बन्धि कानुन पास गर्यो जसमा सुलभ र फ्रिममा स्वास्थ्य सेवा उपलब्ध गराउने कुरालाई प्रमुखताका साथ राखिएको थियो । जसलाई मेडिकेयरको नामले पनि बुझिन्छ ।
क्यानडाको स्वास्थ्य सेवा राम्रो नभएतापनि पछिल्लो समय भने यसले निकै सुधार गरेको मानिन्छ ।
१२. कतार–विश्वकै उत्कृष्ट स्वास्थ्य सेवा दिने देशमा कतार पनि आउँछ । उसले पछिल्ला वर्षहरुमा ‘युनिभर्सल हेल्थकेयर सिस्टम’ पुरै देशभर लागु गरेको छ ।
११. फ्रान्स–विश्वकै सबैभन्दा गुणस्तरीय स्वास्थ्य सेवा फ्रान्सका जनताले उपभोग गर्दै आइरहेको विभिन्न तथ्याङ्कले देखाउँदै आइरहेको छ । यो देशका नागरिकहरुको औसत आयु ८२ वर्ष रहेको छ ।
१०. नर्वे–नर्वे स्काण्डिभियन देश भएपनि यो देशले गुणस्तरीय स्वास्थ्य सेवा दिदै आइरहेको छ । ‘ग्लोबल क्वालिटी अफ लाइफ’ को सचुीमा यो देश निकै राम्रो स्थानमा रहेको छ । यसको कारण पनि नागरिकले पाएको उत्कृष्ट स्वास्थ्य सेवा नै हो । यो देशका १६ वर्ष मुनिका बालबालिकाहरुलाई पुर्ण निशुल्क स्वास्थ सेवाको व्यवस्था रहेको छ ।
विश्वमै यो देशले स्वास्थ सेवामा प्रतिव्यक्ति सबैभन्दा धेरै खर्च गर्दै आइरहेको छ ।
९. बेल्ज्यिम–यो देशका नागरिकको औसत आयु ८१.१ वर्ष रहेको छ । यो देशमा युनिभर्सल हेल्थकेयर रहेको छ । तर, नागरिकलाई स्वास्थ्य विमा पनि अनिवार्य गर्न लगाइएको छ ।
८. जर्मनी–बियर र ससेजका पारखी जर्मनहरु विश्वकै स्वस्थ मानिसहरुमा पर्छन् । यो देशका नागरिकको औसत आयु ८१ वर्ष रहेको छ ।
७. इजरायल–मिडल इस्टर्न स्टेटमध्ये सबैभन्दा उच्च सुचीमा रहेको देश हो इजरायल । यो देशका नागरिकको औसत आयु ८२.५ वर्ष रहेको छ । यो औसत आयु हुने देशहरुको सुचीमा आठौ स्थानमा पर्छ ।
६. हङकङ– सानो सिटी–स्ेटट हङकङमा ११ वटा प्राइभेट र ४२ वटा पब्लिक हस्पिटलहरु रहेका छन् जसले ७.२ मिलियन नागरिकहरुलाई सेवा दिदै आइरहेका छन् । सन् २०१२ को तथ्याङ्क अनुसार हङकङका महिलाहरुको औसत आय विश्वै सबैभन्दा धेरै थियो ।
५. स्वीडेन–गुणस्तर जीवन र स्वास्थ्य सेवामा स्वीडेनले सबैभन्दा धेरै अंक पाउन सफल रहेकोछ । यो देशका नागरिकको औसत आयु ८०.७ वर्ष रहेको छ । विश्वकै सबैभन्दा धेरै औसत आयु हुने देशको सचुीको चौथो स्थानमा स्वीडेन रहेको छ ।
४. नेदरल्याण्ड–सन् २०१५ मा नेदरल्याण्डले वार्षिक युरो हेल्थ कन्जुमर इन्डेक्समा पहिलो स्थान हासिल गरेको थियो । यस देशले हेल्थ केयर सिस्टमा १००० मा ९१६अंक प्राप्त गरेको थियो ।
३. स्वीजरल्याण्ड–धनी, सुन्दर, विश्वसनिय स्वास्थ सेवाका लागि परिचीत छ स्वीजरल्इाण्ड । यसले प्रदान गर्ने सबै खाले स्वास्थ्य सेवा विश्वस्तरीय रहेको छ । साथै सबै नागरिकलाई स्वास्थ्य विमा गर्न अनिवार्य नियम बनाएको छ ।
२. सिंगापुर– अर्को सानो देश जसले प्रोसपेरिटी इन्डेक्सको हेल्थ सब–इन्डेक्सको उच्च स्थानमा रहेको छ । यो देशका नागरिकको औसत आयु ८३.१ वर्ष रहेको छ ।
१. लक्जेमबर्ग– पहिलो स्थानमा रहेको छ लक्जेमवर्ग । बेल्ज्यिम, फ्रान्स, जर्मनी जस्ता देशहरुबीच रहेको यो धनी देश लेगाटम इन्सिट्युट हेल्थको सब–इन्डेक्सको पहिलो स्थानमा रहेको छ । यो देशका नागरिकको औसत आयु ८२ वर्ष रहेको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
वास्तु टिप्सः यस दिशामा बसेर पूजा गर्नु शुभ मानिन्छ
- 2 minutes ago

एजेन्सी । पूजा गर्ने सही दिशाबारे थाहा पाउनु भएको छ ? वास्तुशास्त्र अनुसार पूजा गर्दा आफ्नो मुख पूर्व वा उत्तर दिशामा राख्नुपर्छ । यीमध्ये पूर्व दिशातर्फ फर्केर पूजा गर्नु उत्तम हुन्छ । किनभने पूर्व
'महिलालाई राजनीतिक नेतृत्वमा सहभागी गराई नीति निर्माण तहमा पनि समान प्रतिनिधित्व आवश्यक छ'
- 17 minutes ago

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक रहेको बताएका छन् । लैङ्गिक समानताको विषयलाई नेपालले अभ्यास गर्दै गइरहेको उनले उल्लेख गरे ।
धनुषामा दुईवटा ट्रक एकापसमा ठोक्किँदा तीनजनाको मृत्यु
- 47 minutes ago

धनुषा । धनुषाको मिथिला नगरपालिका–३ हरिहरपुरमा आज बिहान दुईवटा ट्रक एकापसमा ठोक्किएर दुर्घटना हुँदा तीनजनाको घटनस्थलमै मृत्यु भएको छ ।
पर्यटन
रानीपोखरी बिहान ६ देखि बेलुका ८ बसेसम्मका लागि खुला

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले बिहान ६ देखि ८ बजेसम्मका लागि ऐतिहासिक रानीपोखरी सबैका लागि खुला गरेको छ। पुनःनिर्माणपछि रानीपोखरी पहिलोपटक सर्वसाधारणका लागि बिनाशुल्क खुला गरिएको हो। नगर प्रहरीले सरसफाइ गरेपछि एक साताअघिबाट सर्वसाधारणका लागि उक्त ऐतिहासिक पोखरी खुला गरिएको हो।
जीवनशैली
वास्तु टिप्सः यस दिशामा बसेर पूजा गर्नु शुभ मानिन्छ

एजेन्सी । पूजा गर्ने सही दिशाबारे थाहा पाउनु भएको छ ? वास्तुशास्त्र अनुसार पूजा गर्दा आफ्नो मुख पूर्व वा उत्तर दिशामा राख्नुपर्छ । यीमध्ये पूर्व दिशातर्फ फर्केर पूजा गर्नु उत्तम हुन्छ । किनभने पूर्व दिशा शक्ति र बहादुरीको प्रतीक हो।
विचित्र विश्व
यदी पुटिन अमेरिका गए भने पक्राउ पर्लान् त, अमेरिकी विदेशमन्त्रीले दिए यस्तो जबाफ

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध जारी वारेन्टमा अमेरिकाले पहिलो पटक मौन तोडेको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले यसबारे आफ्नो प्रतिक्रिया दिँदै युरोपेली देशहरू अन्तर्राष्ट्रिय फौजदारी अदालतमा पक्ष रहेको बताएका छन् ।