अमेरिकाका डाक्टरद्वारा सुँगुरको मुटु मानव शरीरमा प्रत्यारोपण
- बुधबार, २८ पुष, २०७८
- 4 months ago
- अन्तर्राष्ट्रिय
- विचित्र विश्व

एजेन्सी । अमेरिकामा एक जना बिरामीको ज्यान बचाउने अन्तिम प्रयासमा अमेरिकी डाक्टरहरूले सुँगुरको मुटु प्रत्यारोपण गरेका छन्। यस्तो प्रयोग चिकित्सा जगतमा पहिलो पटक गरिएको हो ।
मेरिल्याण्डको एक अस्पतालद्वारा गरिएको प्रयोगात्मक शल्यक्रियाको तीन दिन पछि पनि बिरामीको स्वास्थ्य राम्रो छ। यो शल्यक्रियाको सफलताको बारेमा केहि भन्न धेरै चाँडो भए पनि, यो जीवन बचाउने प्रत्यारोपणमा जनावरका अंगहरूको प्रयोगमा दशकौं पुरानो अनुसन्धानको दिशामा एक कदम भएको मिडिया रिपोर्टका उल्लेख छ ।
युनिभर्सिटी अफ मेरील्याण्ड मेडिकल सेन्टरका डाक्टरहरूले प्रत्यारोपणले जनावरको मुटु, आनुवंशिक भिन्नतासँगै मानव शरीरमा तत्काल अस्वीकृतिको संकेत नगरी काम गर्न सक्ने देखाएको बताएका छन्। बिरामी डेभिड बेनेटका छोरा (५७) अनुसार उनलाई थाहा थियो कि यो प्रयोग सफल हुने कुनै ग्यारेन्टी थिएन, तर उनी मर्दै थिए, मानव हृदय प्रत्यारोपणको लागि अयोग्य र अर्को विकल्प थिएन।
अपरेशनको एक दिन अघि, बेनेटले भने,‘यो मेरो लागि गर या मरको अवस्था थियो’, बेनेटले युनिभर्सिटी अफ मेरील्याण्ड मेडिकल सेन्टरले उपलब्ध गराएको विज्ञप्तिमा भने,‘म बाँच्न चाहन्छु मलाई थाहा छ यो अँध्यारोमा तीर हान्नु जस्तै हो, तर मसँग यो अन्तिम विकल्प हो।’
उनको अझै पनि मुटु र फोक्सोमा मेसिनहरू प्रयोग गरिएको छ । अबका केही दिन उनको स्वास्थ्यको हिसाबले महत्वपूर्ण हुनेछन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
काठमाडौं अपडेटः बालेनको अग्रता कायमै, यस्तो छ पछिल्लो अपडेट
- 9 minutes ago

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुख पदको स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ४३ हजार ७५७ मत प्राप्त गरी अग्रस्थान कायम गरेका छन् । जारी मतगणना अनुसार नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले २
जजिराको विमान चरासँग ठोक्कियो, लुम्बिनीमै ‘होल्ड’
- 13 minutes ago

काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा अवतरण गरेको जजिरा एयरलायन्सको विमान चरासँग ठोक्किएपछि फर्कन सकेको छैन ।
पाँचखाल प्रमुख कांग्रेस र उपप्रमुखमा एमाले विजयी
- 26 minutes ago

बनेपा । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका महेश खरेल र उपप्रमुखमा नेकपा (एमाले)का सूर्यमाया दनुवार विजयी भएका छन् । आज बिहान सम्पन्न भएको मतगणना परिणामअनुसार कांग्
पर्यटन
इसेवाको ग्राहक संख्या ६० लाख पुग्यो

काठमाडौँ। नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाको मोबाईल एप्स् एण्ड्रोइड मोबाईलमा डाउनलोड गर्नेको संख्या ५२ लाख नाघेको छ। योसँगै नेपालको फाइनान्सियल सेवामा एण्ड्रोइडको ५० लाखको माइलस्टोन हाँसिल गर्ने पहिलो कम्पनी भएको छ।
जीवनशैली
आज देशभर भूमेस्थानमा पूजाआराधना गरी उँभौली पर्व मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजाआराधना गरी मनाइँदै छ ।
विचित्र विश्व
युक्रेनद्वारा युद्धविराम अस्वीकार

एजेन्सी । डोनबास क्षेत्रमा भीषण सङ्घर्ष जारी भए पनि युक्रेनले युद्धविरामलाई अस्वीकार गरेको छ । रूसले पूर्वी डोनबास क्षेत्रमा व्यापक आक्रमणलाई बनाइरहेका बेला युक्रेनले युद्धविराम वा मस्कोलाई सहुलियत दिन अस्वीकार गरेको हो ।