सैनिक हेलिकोप्टर दुर्घटनाग्रस्त, २५ जनाको मृत्यु
- बिहीबार, १५ कार्तिक, २०७५
- 4 years ago
- अन्तर्राष्ट्रिय

हेरात, अफगानिस्तान । अफगानिस्तानको पश्चिमी प्रान्त फराहमा बुधबार अफगान सेनाको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ ।
उक्त दुर्घटनामा हेलिकोप्टरमा सवार सबै २५ जनाको मृत्यु भएको अफगान अधिकारीहरुले बताएका छन् । इरानसँगको सीमा जोेडिएको फराह प्रान्तका गभर्नरका प्रवक्ता नासिर मेहरीले अनार डारा जिल्लामा खराब मौसमका कारण हेलिकप्टर दुर्घटनाग्रस्त भएको जानकारी दिए ।
हेलिकप्टरमा चालक दलका दुई सदस्य र अन्य २३ व्यक्ति सवार रहेको पनि मेहरीले बताए ।
सो हेलिकोप्टर आफ्ना लडाकूले खसालेको तालिबानले दाबी गरेको छ ।
प्रवक्ता मेहरीले हेलिकप्टर दुर्घटनामा पश्चिमी अफगानिस्तानका उपसैनिक कमान्डर र फराह प्रान्तीय परिषदका प्रमुखको मृत्यु भएको बताए । प्रान्तीय परिषदका सदस्य दादुल्लाह क्वानेहले हेराततर्फ उडिरहेको हेलिकप्टर खराब मौसमका कारण पहाडमा ठोक्किएको बताए ।
तालिबानको बाक्लो उपस्थितिका कारण उच्च सरकारी तथा सैनिक अधिकृतहरुले सामान्यतया यात्राका लागि हेलिकप्टरको प्रयोग गर्दछन् ।
युद्धग्रस्त अफगानिस्तानको भौगोलिक विकटताका कारण बेलाबखत हेलिकप्टरहरु दुर्घटनामा पर्ने गरेका छन् ।
गत सेप्टेम्बरमा सैनिक सामग्री बोकेको अफगानी सैनिक हेलिकप्टर फराहमा आपतकालीन अवतरण गर्नेक्रममा दुर्घटनाग्रस्त भएको थियो । उक्त दुर्घटनामा हेलिकप्टरमा सवार कम्तीमा चार जनाको मृत्यु भएको थियो ।
सेप्टेम्बर महिनाकै शुरुमा उत्तरी बाल्ख प्रान्तमा हेलिकप्टर दुर्घटना हुँदा दुई जना उक्रेनी नागरिक सहित कम्तीमा १२ जनाको मृत्यु भएको थियो ।
पश्चिमी देशहरुले गृहयुद्धबाट क्षतिग्रस्त अफगानिस्तानको हवाई फौजलाई पुनर्जीवित तुल्याउन सहयोग गरिरहेको बताइएको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
न्यायाधीश भट्टराईको प्रश्नः नागरिकता प्राप्त गर्नु र त्यसलाई प्रयोग नगर्नुमा केही फरक छ र?
- 40 minutes ago

काठमाडौँ। सर्वोच्च अदालतको संवैधानिक इजलासको बहसमा न्यायाधीशको प्रश्नमा गृहमन्त्री रवि लामिछानेका वकिलले जवाफ फर्काउन असमर्थ भएका छन्। शुक्रबारको सुनुवाइमा न्यायधीश आनन्दमोहन भट्टराईको प्रश्नमा रविका
माडागास्करमा आँधीबाट १६ को मृत्यु, १९ बेपत्ता
- 51 minutes ago
अन्टानानारिभो। माडागास्करमा आँधीबाट कम्तीमा पनि १६ जनाको ज्यान गएको शुक्रबार बताइएको छ। त्यहाँ आँधीमा परेर कम्तीमा पनि १६ जनाको ज्यान गएको र अरु १९ जना हाराएका सो समाचारमा जनाइएको छ ।प्राप्त समाचार अन
इराकमा चौध जनालाई मृत्युदण्ड
- 59 minutes ago

बगदाद। इराकी अदालतले यहाँका कम्तीमा पनि १४ जना आतङ्ककारीलाई मृत्युदण्डको सजायँ सुनाएको छ। ती व्यक्ति नागरिकको आमहत्यामा संलग्न रहेको पाइएको थियो। नागरिक हत्यामा संलग्न पाइएको भन्दै यहाँको एक अदालतले त
पर्यटन
जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन

पोखरा। माघ १ गते पोखराको सेतीखोंचमा यति एयरलाइन्सको जहाज दुर्घटना भएपछि पोखराको पर्यटन क्षेत्र सुस्ताएको छ। अङ्गेजी नयाँ वर्षसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि चलायमान बनेको यहाँको पर्यटन व्यवसाय जहाज दुर्घटनापछि फेरी सुस्ताएको हो।
जीवनशैली
साउना, स्टिम र जाकुजी लिने बढ्दै, शरीरलाई आनन्द र तनावमुक्त राख्ने

आजभोलि मानिसहरु थकानबाट मुक्त हुनका लागि स्पा, साउना, स्टिम, जाकुजी जस्ता सेवाबाट आनन्द लिने गरेको पाइएको छ ।
विचित्र विश्व
रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।