कुन पहिला आयोः कुखुरो कि अण्डा ?

एजेन्सी । कुखुरी पहिला आयो कि अण्डा रु यो प्रश्न मानिसहरुबिच जहिले पनि विवादमा रहेको थियो । तर, यसको ठोस उत्तर भने कोहीसँग पनि रहेको थिएन । तर, अब वैज्ञानिकहरुले दाबी गर्दै भनेका छन्,‘संसारमा कुखुरी नै पहिला आएको थियो ।’

 

ब्रिटेनका वैज्ञानिकहरुले यसबारे प्रमाण भेट्टाइएको बताएका छन् । बेलायतमा रहेको शेफील्ड तथा वारविक विश्वविद्यालयका शोधकर्ताले अण्डाको परिक्षण पछि उक्त निष्कर्षमा पुगेको बताएका छन् ।वैज्ञानिकका अनुसार अण्डामा रहने छिल्कामा एउटा महत्वपुर्ण प्रोटिन हुने गर्छ । त्यो मात्र कुखुरीको अण्डासयबाट मात्र उत्पादन हुने गर्छ ।

 

त्यसैका कारण पनि अण्डाभन्दा पहिला कुखुरी आएको उनीहरुको दावी रहेको छ ।

 

वैज्ञानिकले यसबारे पहिला नै जानकारी थियो कि ओसी–१७ नामक प्रोटीनले अण्डाको खोल बनाउन प्रमुख भुमिका खेल्छ ।

नयाँ प्रबिधिको प्रयोग गर्दै ओसी–१७ कसरी बन्छ भनेर उनीहरुले अध्ययन गरेका थिए । जब क्यालसियम कार्बोनेटसँग ओसी–१७ मिल्छ तब अण्डाको खोल बन्ने गर्छ । यसपछि प्रश्न उठ्यो कि कसरी कुखुरी कसरी जन्मियो । वैज्ञानिकहरुले भनेका छन्,‘अण्डा दिने पंछी र केही अन्य प्रजातिको समागले कुखुराको जन्म भएको हो ।’

 

 यस नतिजामा धेरै ठुलो सफलता मिलेको शफीफिल्डका प्रोफेसर जोन हर्डिङले बताएका छन् । उनले अण्डाको खोल कसरी निर्माण हुन्छ भने अध्ययनका कारण पनि सफलता मिलेको तर, यो निकै चुनौतीपुर्ण रहेको उनले बताएका छन् ।


Reliable Life Insurance

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

आज काठमाडौँ उपत्यकामा कति थपिए कोरोना संक्रमित ?

  • 17 minutes ago
आज काठमाडौँ उपत्यकामा कति थपिए कोरोना संक्रमित ?

काठमाडौँ । काठमाडौँ जिल्लामा थप ५५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार भक्तपुरमा ९९ जनामा र ललितपुरमा ११५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बालुवाटारमा सत्तारुढ गठबन्धनका शीर्ष नेता छलफल गर्दै

  • 20 minutes ago
बालुवाटारमा सत्तारुढ गठबन्धनका शीर्ष नेता छलफल गर्दै

काठमाडौँ । सत्तारुढ गठनबन्धनका शीर्ष नेता छलफलमा जुटेका छन् । मन्त्रालय भागबण्डा तथा मन्त्रिपरिषद् विस्तारको विषयमा छलफल गर्नको लागि तीन दलका नेताहरु जुटेका हुन् ।

नेपालमा काेराेना संक्रमण, यस्ताे छ पछिल्लाे अपडेट

  • 31 minutes ago
नेपालमा काेराेना संक्रमण, यस्ताे छ पछिल्लाे अपडेट

काठमाडौँ । नेपालमा थप ३१२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १३८११ नमुना परीक्षण गर्दा ३१२५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।



पर्यटन

नेपालकाे ‘भाइरल रोड’

नेपालकाे ‘भाइरल रोड’

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ मा निमार्णाधीन चार लेनको पक्की पुलसँगै निर्माण भएको पहुँचमार्ग । सडक निर्माण भएसँगै टिकटक, भिडियो र फोटो खिच्न आउनेको यहाँ भीड हुने गर्छ । पछिल्लो समय उक्त सडक ‘भाइरल रोड’ का नामले परिचित छ । तस्बिरः शेरबहादुर सिंह/रासस

जीवनशैली

दाँत दुख्दा घरमै गर्न सकिन्छ यस्तो उपचार

दाँत दुख्दा घरमै गर्न सकिन्छ यस्तो उपचार

एजेन्सी । दाँतको दुखाइबाट छुटकरा पाउन हामीले यहाँ केही घरेलु उपायहरूबारे जानकारी प्रस्तुत गरेका छौं ।