आफुलाई मुखमा थुकेको भन्दै जब शनि देवलले अनिल कपुरको कठालो समातेका थिए...

एजेन्सी । बलिउडका चर्चित अभिनेता हुन् सन्नी देवल र अनिल कपुर । पछिल्लो ३५ वर्षदेखि यी दुई कलाकारबीच बोलीचाली बन्द रहेको छ । आखिर ३५ वर्ष अगाडि के भएको थियो ? 

 

सो घटनाका कारण यी दुई अभिनेताले एकअर्कालाई देख्न पनि सकेनन् । सन् १९८३ मा आएको फिल्म थियो राम अवतार यस फिल्ममा अनिल कपुर सन्नी देवल मुख्य भुमिकामा रहेका थिए ।

 

यो फिल्ममा एउटा सिन रहेको थियो जहाँ सन्नी देवलले अनिल कपुरको गला समात्नु थियो । सन्नी देवलले अलि बढी नै बल गरेर उनको घाँटी थिचेपछि अनिल रिसाएका थिए । सिन सकिएपछि यी दुईबीच झगडा नै भएको थियो । दोस्रो फिल्ममा यी अभिनेताहरुसँगै काम गर्न चाहन्थेनन् । 

 

तर, दुवै अभिनेताको निर्देशकसँग राम्रो सम्बन्ध भएका कारण उनीहरुले नाइ भन्न सकेनन् । अन्नत फिल्म इन्तकाममा यी दुईले काम गरे । यस फिल्ममा सन्नी देवलको अगाडि अनिलले चर्को स्वरमा डाइलग बोल्नु थियो । उक्त सिनमा अनिलको मुखबाट केही थुकहरु सन्नी देवलको मुखमा पर्न गयो । 

 

त्यति भएपछि सन्नी देवलले पनि आफुलाई रोक्न सकेनन् र आफुमाथि जानाजान थुकेको आरोप उनले लगाए र अनिल कपुरको कठालो नै समाते । फिल्म युनिटले बल्ल बल्ल उनीहरुलाई सम्झाए । 

 

पछि यी दुईको चर्चा निकै चल्यो । उक्त फिल्म ढिला रिलिज भयो । सन्नी देवलभन्दा अनिल कपुरको तस्बिर फिल्म पोस्टरमा माथि राखेपछि झन् बबाल हुन पुग्यो । 

 

सन्नी देवलका पिता धर्मेन्द्रले पनि उक्त पोस्टरबार जानकरी लिए । बोनी कपुर अनिलका दाई यस्तो निर्णय गरेको थाहा पाएपछि देवल परिवारले कपुर परिवारसँग सबैसम्बन्ध तोडेको थियो । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

नेसन्स लिगः इटाली भर्सेस स्पेन, बेल्जियम भर्सेस फ्रान्स

  • 1 minute ago
नेसन्स लिगः इटाली भर्सेस स्पेन, बेल्जियम भर्सेस फ्रान्स

एजेन्सी । युरोपियन नेसन्स लिग फुटबल प्रतियोगिताको सेमिफाइनल 'ड्र' सार्वजनिक भएको छ । युरोपियन फुटबलको सर्वोच्च निकाय यूएफाले हिजो अन्तिम चरणको ‘ड्र’ सार्वजनिक गरेको थियो ।

घरसँगै साह परिवारको सपना खरानी

  • 12 minutes ago
घरसँगै साह परिवारको सपना खरानी

सप्तरी । छोराछोरीको अध्ययनका लागि जोहो गरेको नगदसहित सम्पूर्ण सामान आगलागीमा जलेर खरानी भएपछि सप्तरीको राजगढ गाउँपालिका–४ बेल्ही चपेनाका एक परिवार ठूलो बिजोगमा परेको छ ।

गाडी रोकेको हो, जलाउन खोजेको होइन : नेविसङ्घ झापा

  • 16 minutes ago
गाडी रोकेको हो, जलाउन खोजेको होइन : नेविसङ्घ झापा

दमक । नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) झापाका सभापति राजेन्द्र उप्रेतीले केन्द्रको निर्देशनानुसार सरकारी गाडीहरुलाई चलाउन नदिने क्रममा बिहीबार मेचीनगरका उपप्रमुख मीना उप्रेती चढेको गाडी कार्यकर्ताहरुल



जीवनशैली

जन्डिस के हो र यो कसरी सुरु हुन्छ ?

जन्डिस के हो र यो कसरी सुरु हुन्छ ?

काठमाडौँ । आँखाको सेतो भाग, हत्केला, अनुहार वा सम्पूर्ण शरीरमा पंहेलो रंग देखिएको अवस्थालाई जन्डिस भनिन्छ । जन्डिस आँफैमा रोग होइन ।

विचित्र विश्व

कोरोना भ्याक्सिनभन्दा पहिला फाइजर कम्पनीले बनाएको थियो भियग्रा

कोरोना भ्याक्सिनभन्दा पहिला फाइजर कम्पनीले बनाएको थियो भियग्रा

एजेन्सी । फाइजर र बायोएन्टेक नामको कम्पनीले कोरोना खोपको स्वीकृति प्राप्त गरेको छ। यस कम्पनीले घोषणा गरेको थियो कि उनले प्रयोगशालामा यस्तो कोरोना खोप बनाउन सफल भएको छ, जुन भाइरसविरूद्ध ९४.५ प्रतिशत प्रभावकारी छ।