हिमालय एयरलाइन्सलाई आईएसओ प्रमाणपत्र

काठमाडौँ । हिमालय एयरलाइन्सले क्वालिटी म्यानेजमेन्ट सिस्टम (क्युएमएस) सँग सम्बन्धित आईएसओ ९००१–२०१५ प्रमाणपत्र पाएको छ। यो अन्तर्राष्ट्रिय मानकीकरण संगठन (आईएसओ) द्वारा विकास र प्रकाशित गरिएको एक विश्वव्यापी मान्यताप्राप्त गुणस्तरको स्तर हो। 

 

यसले एक प्रभावकारी गुणस्तर प्रणालीमार्फत् उत्पादन र सेवाहरुबाट ग्राहकका आवश्यकता पूरा गर्न सुनिश्चित गर्ने गर्दछ। आईएसओ ९००१–२०१५ अनुरुप बन्न एयरलाइन्सले व्यापक कम्पनी अडिटलाई अंगिकार गरिएको जनाएको छ। जसमा गुणस्तर व्यवस्थापन प्रणाली विकास, व्यवस्थापन प्रणाली कागजात समीक्षा, पूर्व अडिट, प्रारम्भिक मूल्यांकन र नन्–कन्फर्मेन्सको निकासी समावेश थियो। 

 

हिमालय एयरलाइन्सका अध्यक्ष विजय श्रेष्ठ भन्छन्, ‘यसले ग्राहकहरुलाई गुणस्तरीय सेवा उपलब्ध गराउने कम्पनीको प्रतिबद्धतालाई प्रमाणित गर्दछ। आईएसओ ९००१–२०१५ गुणस्तर व्यवस्थापन सिद्धान्तहरुमा आधारित छ जसमा ग्राहककेन्द्रित सेवा दिने, उच्चस्तरको संगठन व्यवस्थापन, एक प्रकृया अवधारणा र एक प्रकृयाको लगातार सुधार समावेश छ। यसले एयरलाइन्समा धेरै व्यावसायिक लाभहरु ल्याउनेछ ।’


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

आजबाट लामो दूरीमा पनि साझा बस चल्दै

  • 1 minute ago
आजबाट लामो दूरीमा पनि साझा बस चल्दै

काठमाडौं । साझा यातायातले आजदेखि लामो दूरीका बस सञ्चालन गर्ने भएको छ ।

झापाका संक्रमित बृद्धको मोरङमा उपचारको क्रममा निधन

  • 32 minutes ago
झापाका संक्रमित बृद्धको मोरङमा उपचारको क्रममा निधन

विराटनगर । झापाका कोरोना संक्रमितको मोरङस्थित विराट शिक्षण अस्पतालको आइसोलेसनमा उपचारको क्रममा निधन भएको छ ।

नारायणगढ–मुग्लिन र मुग्लिन–नौबिसे सडक एकतर्फी सञ्चालनमा

  • 40 minutes ago
नारायणगढ–मुग्लिन र मुग्लिन–नौबिसे सडक एकतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड र मुग्लिन–नौबिसे सडकखण्ड एकतर्फी मात्र सञ्चालनमा रहेको छ ।



पर्यटन

सिद्ध मकरीकोट पदमार्गमा ८ हजार २८२ खुट्किला निर्माण हुँदै

सिद्ध मकरीकोट पदमार्गमा ८ हजार २८२ खुट्किला निर्माण हुँदै

दार्चुला । सङ्घीय सरकार, सुदूरपश्चिम प्रदेश सरकार र अपी हिमाल गाउँपालिकाको लगानीमा अपी हिमाल गाउँपालिका–४ देखि वडा नं ५ जोड्न निर्माण हुँदै गरेको सिद्ध मकरीकोट पदमार्ग । हालसम्म एक हजार ४७४ मिटरमा तीन हजार ७०० खुट्किला निर्माण भइसकेको छ भने पदमार्ग सम्पन्न हुँदा आठ हजार २८२ खुट्किला निर्माण हुनेछन् ।

जीवनशैली

असल बुहारीमा हुनुपर्ने यी १० गुणहरु !

असल बुहारीमा हुनुपर्ने यी १० गुणहरु !

काठमाडौं । जब कोही महिला बिहे गरेर बेहुलाको घर जान्छन् तब उनको मनमा अनेक प्रश्नहरु पैदा हुन्छन्, की उनले बेहुलाको परिवारमा आफ्नो कर्तव्य राम्रो सँग निभाउन सफल हुन्छु या हुँदिन भनेर ।

विचित्र विश्व

कतिपयले ढिलो विवाह गर्नुको कारण यस्तो पनि !

कतिपयले ढिलो विवाह गर्नुको कारण यस्तो पनि !

एजेन्सी । अमेकिाको ओहियो स्टेट विश्वविद्यालयका अनुसन्धानकर्ताका अनुसार महिला जसको विवाह कम उमेरमा भएको छ तर विवाह टिकेको छैन वा डिभोर्स भएको छ भने उनीहरुको बच्चाहरु विवाह गर्न ढिला रुचाउने गर्छन् ।