कतारको दोहामा ‘हिमालयन अन्तर्राष्ट्रिय नेपाली म्युजिक’ ३७ विधामा अवार्ड वितरण गरिने

Global IME
Mega Bank
Norvic Hospital

काठमाडौं । हिमालयन नेपाली ईभेन्ट्स प्रा.लि.ले ‘हिमायलयन अन्तर्राष्ट्रिय नेपाली म्युजिक अवार्ड–२०१९’ को आयोजना गर्ने भएको छ । काठमाडौंमा आयोजित एक पत्रकार सम्मेलन गर्दै उक्त प्रा।लि।ले यसबारे जानकारी दिएको हो । आगामी माघ १८ गते (फ्रेबअरी १ तारिख) कतारको दोहामा ३७ विधामा अवार्ड वितरण गर्ने जानकारी आयोजकले दिएको छ ।

 

उक्त अवार्डका संयोजक डि.एन घिसिङले असली सर्जक र सिर्जनाको उचित मुल्याङकन गर्ने बताएका छन् । हिमालयन नेपाली ईभेन्ट्स प्रा।ली।का उपाध्यक्षसमेत रहेका घिसिङले भने, ‘हाम्रो संस्थाले २०१८ मा मलेसियामा यस्तै अन्तर्राष्ट्रिय अवार्डको कार्यक्रम सम्पन्न गरिसकेको छ, हामीले यो अवार्ड सफलताका साथ सम्पन्न गर्छौं, हामीसँग यो अनुभव र अभ्यास छ, विदेशमा गरिने कार्यक्रमहरु निक्कै महँगो हुन्छन् । तर, त्यसप्रति पनि हामी सक्षम छौं ।’

त्यस्तै कार्यक्रममा उक्त अवार्डका मुख्य निर्णायक मिलन मोक्तानले गीत संगीतको बजार ब्यापक बन्दै गएको बताए ।

 

घिसिङले अघि थपे,‘नेपाली कलाकारहरुको जीवन बिचराको स्थितिमा छ, खासमा रोउल्टी उठाउने हो भने सबैले गीत सुनेबापत पैसा तिर्ने हो भने कुनैपनि कलाकारहरुले बरालिनुपर्ने दिन रहँदैनजस्तो लाग्छ, लगानी नउठेपनि कलाकारहरुले यस क्षेत्रमा लगानी गरिरहेका छन्, यसको ज्वलन्त उदाहरणको रुपमा हिमालयन नेपाल ईभेन्ट्सले कतारमा गर्दैछ ।’ घिसिङ सांगीतिक संघ नेपालका अध्यक्षसमेत रहेका छन् ।

 

हिमालयन नेपाली ईभेन्ट्स प्रा.लि.का निर्देशक सविन घिसिङले आगामी माघ १८ गते कतारमा सम्पन्न हुने अवार्डमा कलाकारलाई ३७ विधामा सम्मान गरिने जानकारी दिएका छन् । उनले भने,‘हामी अवार्डको तयारीमै छौं, अबको बाँकी समयमा टप पाँच नोमिनेसन गर्नुछ, यही पुस १४ गते शनिबार राजधानीको लाजिम्पाटस्थित् किङ्स प्यालेस रोधी क्लब एण्ड पप भेन्युमा सम्पन्न हुँदैछ, टप पाँच मध्येबाट उत्कृष्ट एकलाई छनोट गरि कतारमा अवार्ड प्रदान गरिनेछ ।’

 

‘सृजनाको मुल्याङकन स्रष्टाको सम्मान, नेपाली संगीतको प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुलका नारा एवम् मिडिया टप, नेपालको सहकार्यमा सम्पन्न हुने अवार्डमा उत्कृष्ट राष्ट्रिय गीत, उत्कृष्ट आधुनिक गीत, उत्कृष्ट लोक तथा दोहोरी गीत,उत्कृष्ट तामाङ सेलो, उत्कृष्ट तामाङ म्हेन्दोमाया गीत, उत्कृष्ट लोक पप, उत्कृष्ट गायक÷गायिका, उत्कृष्ट मोडललगायतका ३७ विधामा अवार्ड वितरण गर्न लागिएको आयोजकले जानकारी दिएको छ ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

नेकपा माओवादी केन्द्रले नेताहरूको वरीयता तोकियो (सुचीसहित)

  • 12 minutes ago
नेकपा माओवादी केन्द्रले नेताहरूको वरीयता तोकियो (सुचीसहित)

काठमाडौँ । नेकपा माओवादी केन्द्रले पदाधिकारी र स्थायी समिति सदस्यहरुको वरीयता निर्धारण गरेको छ ।

अमेरिकाको दाबी रुसद्वारा अस्वीकार

  • 32 minutes ago
अमेरिकाको दाबी रुसद्वारा अस्वीकार

एजेन्सी । रुसले नयाँ रणनीतिक हतियार न्यूनीकरण सन्धि (नयाँ स्टार्ट) को पालना नगरेको भन्दै संयुक्त राज्य अमेरिकाले गरेको दाबीलाई मस्कोले दृणतापूर्वक अस्वीकार गरेको छ ।

त्रिशूली जलविद्युत् केन्द्रको आधुनिकीकरण गरिदै

  • 35 minutes ago
त्रिशूली जलविद्युत् केन्द्रको आधुनिकीकरण गरिदै

काठमाडौ । नेपाल विद्युत् प्राधिकरणले नुवाकोटको बिदुर नगरपालिका–९ त्रिशूली बजारस्थित त्रिशूली जलविद्युत् केन्द्रको जीर्णोद्धार तथा आधुनिकीकरण सुरुआत गरेको छ ।



पर्यटन

किस्पाङ गुम्बा

किस्पाङ गुम्बा

नुवाकोट । नुवाकोटको किस्पाङ गाँउपालिका–३ मा अवस्थित प्रसिद्ध किस्पाङ गुम्बा । भारतको कर्नाटकस्थित स्यार गादेन बुद्धिष्ट कल्चरल एसोसिएशन गुम्बासँगको समन्वयमा किस्पाङ गुम्बाले लामा अध्ययनको प्रारम्भिकदेखि पिएचडी तहसम्मको अध्ययनको प्रबन्ध मिलाएको छ । तस्बिरः रामहरि न्यौपाने÷रासस

जीवनशैली

घरमा रातो रंगका वस्तुहरू यस दिशामा राख्नुहोस्

घरमा रातो रंगका वस्तुहरू यस दिशामा राख्नुहोस्

एजेन्सी । यदि हामीले आफ्नो जीवनमा वास्तुशास्त्रका नियमहरू लागू गर्यौं भने हामीलाई सफल हुनबाट कसैले रोक्न सक्दैन।