हिन्दी भाषालाई देशव्यापी रूपमा प्रयोग गर्ने प्रस्तावको विरोधमा एक भारतीयद्वारा आत्मदाह
- आइतबार, ११ मंसिर, २०७९
- 1 month ago
- अन्तर्राष्ट्रिय
- विचित्र विश्व

एजेन्सी । हिन्दी भाषालाई देशव्यापी रूपमा प्रयोग गर्ने नयाँ दिल्लीको प्रयासको विरोधमा दक्षिण भारतमा एक ८५ वर्षीय व्यक्तिले आत्मदाह गरेको प्रहरीले आइतबार जनाएको छ ।
दक्षिणी राज्य तमिलनाडुका कृषक एमभी थंगावेलले पेट्रोल र मट्टितेलमा डुबाएर आत्मदाह गरेका हुन् । उनले तमिल भाषाको प्लेकार्ड बोकेका थिए, जसमा लेखिएको थियो, “मोदी सरकारले हिन्दी थोपर्नु बन्द गर । हामीले हाम्रो साहित्यले भरिपूर्ण तमिलभन्दा हिन्दीलाई किन रोज्नु प¥यो ? यसले हाम्रा युवाहरूको भविष्यलाई असर गर्नेछ ।”
सयौं भाषा र बोलीहरू बोलिने भारतमा भाषा एक भावनात्मक मुद्दा हो, तर अङ्ग्रेजी मुख्य आधिकारिक माध्यमको रूपमा काम गर्दछ जबकि राज्य सरकारहरूले क्षेत्रीय भाषाहरू प्रयोग गर्छन् ।
सन् २०११ को पछिल्लो जनगणनाअनुसार आधाभन्दा कम भारतीय नागरिकले हिन्दी बोल्छन् ।
तर गत महिना भारतीय जनता पार्टीका नेता तथा गृहमन्त्री अमित शाहको नेतृत्वमा सांसदहरूको एक समूहले चिकित्सा र इन्जिनियरिङजस्ता प्राविधिक शिक्षासहित हिन्दीलाई राष्ट्रिय आधिकारिक भाषा बनाउन सुझाव दिएको थियो ।
हिन्दू राष्ट्रवादी प्रधानमन्त्री नरेन्द्र मोदीले अङ्ग्रेजी भाषाको प्रयोगको सट्टा भारतीय भाषाको प्रयोगमा जोड दिँदै आएका छन् ।
तर विपक्षीहरूले उनको सरकारले हिन्दी थोपर्न खोजेको आरोप लगाएको छ । यसै कारण दक्षिण भारतमा विशेष आक्रोश उत्पन्न भएको छ ।
थांगावेलले शनिबार तमिलनाडुको सत्तारुढ डीएमके पार्टीको सलेमस्थित एक कार्यालयबाहिर केन्द्र सरकारको प्रस्तावको विरोधमा प्रदर्शन गरेका थिए ।
मोदी सरकारको भाषा नीतिको आलोचना गर्ने पार्टीका नेता एमके स्टालिनले थंगावेलको परिवारप्रति समवेदना प्रकट गर्दै यस बिषयले अन्यलाई यस्ता चरम विरोध प्रदर्शनबाट जोगिन आग्रह गर्नुभएको छ ।
उनले केन्द्र सरकारले भाषा विभेदी नीति ल्याएको विरोध गर्दै भने, “यसका लागि हामीले अर्को जीवन गुमाउनु हुँदैन ।”
यसअघि सन् १९६० को दशकमा तत्कालीन सत्तारुढ काङ्ग्रेस पार्टीले हिन्दीभाषालाई आधिकारिक राष्ट्रिय भाषा बनाउन खोजेपछि दक्षिण भारतमा आक्रोश उत्पन्न भएको थियो ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
सामाजिक सञ्जालको नियमन हुनुपर्छः प्रमुख आयुक्त थपलिया
- 11 hours ago

काठमाडौँ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामाजिक सञ्जाललाई पनि नियमन तथा व्यवस्थापन गर्नुपर्ने बताएका छन्। सामाजिक सञ्जाल पनि आमसञ्चार माध्यमको रुपमा स्थापित हुन खोजिरहेको उल्लेख गर
स्वास्थ्य सचिव पोखरेलद्वारा सिएमसी क्यान्सर इन्स्टिच्यूट उद्घाटन
- 12 hours ago

चितवन। चितवन मेडिकल कलेजले स्थापना गरेको ‘सिएमसी क्यान्सर इन्स्टिच्यूट’को आज औपचारिक उद्घाटन गरिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेले एक कार्यक्रमकाबीच इन्स्टिच्यूट उद्घाटटन
पर्यटन
खलङ्गा बजारमा सेताम्मे हिउँ

खलङ्गा । लगातार दुई दिनसम्म परेको हिउँपश्चत् बिहीबार मौसम खुलेपछि देखिएको जुम्ला सदरमुकाम खलङ्गा बजारमा सेताम्मे हिउँ । तस्बिरः विजय रावत÷रासस
जीवनशैली
काजु खानुका यस्ता छन् ८ फाइदा

काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ । त्यही भएर काजु खाने गर्नाले अनुहार चम्किलो बन्छ । काजुलाई पानीमा भिजाएर पिस्ने र यसरी बन्ने लेपले अनुहारमा मसाज गर्नाले अनुहार अझ बढी चम्किलो हुन्छ ।
विचित्र विश्व
रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।