कट्रिनालाई समुन्द्रमा पोज दिँदै गर्दा सार्कले टोक्यो

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

एजेन्सी । कट्रिना समुन्द्रमा सार्कसँग तस्बिर खिचाउँन लाग्दा सार्कले टोक्दा घाइते भएकी छिन् । स्ट्यानियल के नामको एरियामा कट्रिनाले नर्स शार्कको बथानसँग मानिसहरुले अन्तर्क्रिया गरिरहेको देखेपछि तस्बिर खिचाउँन गएकी हुन् । 

 

उनी एक अमेरिकी मोडल हुन् । कट्रिना जारुत्सकी आफ्ना प्रेमी र उनको परिवारसँग एक महिना अघि अमेरिकाको बाहामसमा रहेको एक्सुमा टापू घुम्न गएकी थिइन् ।

 

 

 ‘मलाई पहिले नै सर्फिङ र स्कूबा डाइभिङको ज्ञान भएकाले नर्स शार्क निकै सुरक्षित हुन्छन् भन्ने थाहा थियो,’ उनले बीबीसीलाई भनिन् । ‘मैले मानिसहरुले उनीहरुसँग खिचेका अनेकौं तस्बिर इन्स्टाग्राममा देखेकी छु ।’

 

केही मिनेट पोज लिएपछि मलाई त्यहाँका एक स्थानीयले उत्तानो परेर पानीमा तैरन प्रोत्साहित गरे ।

 

 

‘त्यतिबेला मानिसहरुले फोटो खिचिरहेका थिए र म उत्तानो परेको केही सेकेन्डभित्रै, मलाई भित्र तानियो,’ उनले भनिन् ।

 

त्यतिबेला उनका प्रेमीका बुवाले कट्रिनाको फोटो खिचिरहेका थिए । दुर्घटनावश उक्त घटना श्रृङ्खलाबद्ध रुपमा क्यामरामा कैद भए ।

 

 

शार्कले उनलाई केही सेकेन्डसम्म पानीभित्र तान्यो । तर हातमा टोकिरहेको एउटा सार्कबाट उनले आफूलाई उम्काउन सफल भइन् ।

 

एउटा फोटोमा उनले आफ्नो घाउ समातेर हातलाई माथि उठाएको देख्न सकिन्छ । यसो गरेर उनले आफ्नो रगत पानीमा फैलनबाट रोकिरहेकी थिइन् ।

 

 

‘यदि कसलाई यस्तो घटना भए, उनीहरु निकै आत्तिने गर्छन् र चाँडोभन्दा चाँडो स्थितीबाट उम्कन चाहन्छन् । तर म भने निकै शान्त थिएँ,’ उनले भनिन् ।

 

‘मलाई लाग्छ कि यदि कसैले कराएको भए स्थिती भिन्न हुन्थ्यो,’ उनी थप्छिन् ।

 

कट्रिनाले शार्कले टोकेको घाउमा टाँका लगाएकी छिन् र घाउ निको पार्न एन्टिबायोटिक्स खाइरहेकी छिन् । तर पनि उनको घाउमा शार्कको दाँतको निशान देख्न सकिन्छ ।

 

घाउको निकै नराम्रो दाग बस्न सक्छ तर स्थिती भयानक नभएकाले आफू भाग्यमानी भएको उनी बताउँछिन् ।

 

बीबीसीबाट 

 

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

दुर्गा पक्षको सातौँ दिन देशभरका शक्तिपीठमा भक्तजनको लाम

  • 6 hours ago
दुर्गा पक्षको सातौँ दिन देशभरका शक्तिपीठमा भक्तजनको लाम

काठमाडौँ । वडादसैँको सातौँ दिन अर्थात् दुर्गा पक्षका अवसरमा देशभरका देवी मन्दिरमा भक्तजनको बिहानैदेखि भीड लागेको छ । वडादसैँका अवसरमा आजैदेखि एकादशीसम्म सार्वजनिक बिदा दिइएको छ । सरकारी कार्यालय, विद्

बुर्किना फासोको सैनिक हस्तक्षेपप्रति राष्ट्रसङ्घीय महासचिवको चासो

  • 6 hours ago
बुर्किना फासोको सैनिक हस्तक्षेपप्रति राष्ट्रसङ्घीय महासचिवको चासो

एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले बुर्किना फासोमा भएको सैनिक हस्तक्षेप र कूप्रति चासो व्यक्त गरेका छन् । उनले यहाँको सेनाले गरेको सैन्य ‘कू’ बाट नागरिक अधिकारहरु हनन् भएका र सर

बिन्धबासिनी मन्दिरमा भक्तजन घुइँचो

  • 7 hours ago
बिन्धबासिनी मन्दिरमा भक्तजन घुइँचो

पोखरा । पोखराको प्रसिद्ध धार्मिक शक्तिपीठ बिन्धबासिनी मन्दिरमा सप्तमीको दिन आइतबार भक्तजन घुइँचो । तस्बिरः जमुना वर्षा शर्मा/रासस



पर्यटन

तालबाराही मन्दिरमा भक्तजनको घुइँचो

तालबाराही मन्दिरमा भक्तजनको घुइँचो

कास्की । नवरात्रको समय पारेर शनिबार पोखराको फेवाताल बिचमा रहेको तालबाराही मन्दिर दर्शन गर्ने भक्तजनको घुइँचो । तस्बिरः जमुना वर्षा शर्मा, रासस

जीवनशैली

कसरी स्वादिलो भुटन बनाउने ?

कसरी स्वादिलो  भुटन बनाउने ?

एजेन्सी । नेपालमा चाड­पर्वमा मासु तथा विभिन्न थरिका परिकारहरु बन्दछन्। मासु साह्रै लोकप्रिय छ हामी सबै नेपालीहरुलाई। नेपालको सबैभन्दा बढी प्रयोगमा आउने खसीको मासु हो। सारा विश्वमै खसी र बाख्राको परिकारहरु लोकप्रिय छन्, कहीँ यसको दूध बढी उपयोगमा ल्याइन्छ, त कहीँ त्यसबाट बनेको चिज भने कहीँ यसको मासु।

विचित्र विश्व

'कांग्रेस नेताहरू चुनावपछि भाजपामा सामेल हुनेछन्'

'कांग्रेस नेताहरू चुनावपछि भाजपामा सामेल हुनेछन्'

एजेन्सी । गुजरातको आगामी विधानसभा चुनावमा आम आदमी पार्टी मैदानमा उत्रने तयारीमा छ । यसै क्रममा दिल्लीका मुख्यमन्त्री तथा पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवालले राज्यका विभिन्न भागमा लगातार भ्रमण गरिरहेका छन् ।