अस्पतालमा हवाई आक्रमण, सात जनाको मृत्यु

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

संयुक्त राष्ट्रसंघ । यमनको उत्तरपश्चिमी इलाकामा मङ्गलबार भएको एक हवाई आक्रमणमा परी कम्तीमा सात जनाको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएको सेभ द चिन्ड्रेनले बताएको छ । 

 

किताफस्थित एक ग्रामीण अस्पतालको प्रवेशद्वारनजिकै स्थानीय समय अनुसार मङ्गलबार बिहान ९ः३० बजे सो क्षेप्यास्त्र आक्रमण भएको हो । 

 

यस आक्रमणमा परी चार बालबालिका र दुई वयस्क र अन्य एक परिचय खुल्न नसकेका व्यक्तिको मृत्यु भएको बताइएको छ । अस्पताल खुलेको करिब आधा घण्टा पछि सो हवाई आक्रमण भएको जनाइएको छ । 

 

उक्त समयमा कैयौं बिरामी र कर्मचारी अस्पताल पसिरमा आइपुगेका थिए । मारिएकाहरुका एक स्वास्थ्य कार्यकर्ता, उनका दुई बालबालिका र एक जना अस्पतालका सुरक्षा गार्ड रहेका छन् । 

 

गत वर्ष यमनमा हरेक महिना सरदर ३७ जना बालबालिका विदेशी हवाई बम आक्रमणमा मारिएका थिए । 

 

अस्पताल जस्तो जनघनत्व बढी भएको इलाकामा आक्रमण गरी निर्दोष बालबालिका र स्वास्थ्यकर्मीको ज्यान लिनु यो एक अविवेकी र अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भएको सेफ द चिन्डेनको भनाई छ । इरानको समर्थन रहेको हुथी विद्रोहीले कब्जामा लिएको राजधानी साना सन् २०१४ मा फिर्ता लिएपछि यमनको द्वन्द्व शुरु भएको थियो । हुथी विद्रोहीले अदेल रब्बो मन्सुर हादीको सरकारलाई ढालेको थियो । 

 

साउदी अरबियाआवद्ध संयुक्त सेनाले हादीको सरकारलाई अन्तर्राष्ट्रिय रुपमा नै मान्यता दिएपछि हुथी विद्रोहीहरुले सन् २०१५ बाट सरकार विरुद्ध लड्दै आएका छन् । 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

नेपाल भ्रमण दशक मनाउने सरकारको निर्णय

  • 2 minutes ago
नेपाल भ्रमण दशक मनाउने सरकारको निर्णय

कोभिड–१९ पछि पर्यटन उत्थान कार्यक्रम सार्वजनिक गरेको मन्त्रालयले यसअघि नै भ्रमण दशक मनाउने उद्घोष गरिसकेको थियो । सोही योजना मुताविक सरकारले भ्रमण दशक मनाउने निर्णय गरेको हो ।

सरकार र प्रा डा केसीबीच १० बुँदे सहमति, अनशन अन्त्य

  • 5 minutes ago
सरकार र प्रा डा केसीबीच १० बुँदे सहमति, अनशन अन्त्य

सरकार र स्वास्थ्य क्षेत्रको सुधारको माग गर्दै आन्दोलरत प्रा डा गोविन्द केसीबीच १० बुँदे सहमति भएको छ । शनिबार साँझ सरकारद्वारा गठित वार्ता टोलीका संयोजक एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

  • 10 hours ago
आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

घरायसी बिवादका कारण पिताम्बरले लोहोरा प्रहार गर्दा मनकलाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ठाडा र जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरीले उनलाई पक्र



पर्यटन

माछापुच्छ्रे हिमाल

माछापुच्छ्रे हिमाल

कास्की । पोखराको न्यूरोडबाट शनिबार मौसम खुलेपछि देखिएको माछापुच्छ्रे हिमाल । तस्बिरः राधिका कँडेल÷रासस

जीवनशैली

यस्ता व्यक्तिले भुलेर पनि मुगको दाल खान हुँदैन

यस्ता व्यक्तिले भुलेर पनि मुगको दाल खान हुँदैन

एजेन्सी । दाल खानु स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । शरीरका लागि फाइदाजनक मानिने प्रोटिन सहित हरेक प्रकारको दालमा यस्ता धेरै पोषक तत्व पाइन्छ । ती मध्ये एक हो मुगको दाल। यसमा फाइबर, प्रोटिन, भिटामिन, कपर, फोलेट, भिटामिन सी, पोटासियम जस्ता धेरै पोषक तत्व पाइन्छ जसले रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ।

विचित्र विश्व

पुटिनको निर्देशनपछि खैलाबैला, ६४७० जना रूसी नागरिक फिनल्यान्ड पुगे

पुटिनको निर्देशनपछि खैलाबैला, ६४७० जना रूसी नागरिक फिनल्यान्ड पुगे

एजेन्सी । मस्कोले युक्रेन युद्धका लागि आंशिक सैनिक परिचालनको घोषणा गरेदेखि फिनल्याण्ड प्रवेश गर्ने रूसी नागरिकको सङ्ख्यामा दोब्बर वृद्धि भएको सीमा निकायका प्रवक्ताले शुक्रबार एएफपीलाई बताए ।