अस्पतालको लापरबाहीले कसैले अकालमा ज्यान गुमाउन नपरोस्

Norvic Hospital

बिरामी भएर कसैलाई पनि अस्पताल जान मन लाग्दैन् । अन्य मुलुकमा बिरामी नभए पनि महिनै पिच्छे हेल्थ चेकअपको लागि जालान् तर, नेपालमा त्यस्तो अवस्था प्रायः छैन । कारण कोही गरिबीको चपेटामा छन् भने कसैलाई ब्यस्तताले सताएको छ । अर्को मृख्य कारणचाँही सरकारी अस्पतालको सेवासुविधाको प्रभाव र निजी अस्पतालको मँहगो शुल्क । जुन कल्पना बाहिरकै विषय भयो ।

 

निजी वा सरकारी अस्पताल दुवैको कुरा गर्ने हो भने कुनैले पनि भरपर्दो सेवा सुविधा दिन सकेको छैन् । सबै जिल्लामा अस्पताल त छन् तर नाम मात्रको लागि । कुनैमा डाक्टरनर्स नै छैन्न भने कुनै अस्पतालमा आवश्यक पर्ने मेडिकल औजारको अभाव । 

देशैभर सञ्चालन भएको अस्पतालहरु सरकारले बनाएको मापदण्डमध्ये कुनै पनि पालना भएको छैन् । बिरामीलाई ग्राह्रो भइसकेको हुन्छ अस्पतालमा कार्यरत डाक्टरनर्सहरुको अत्तोपत्तो हुदैन् । रिामीलाई ग्राह्रो भएर ऊ मुत्यृको मुखमा पुगिसकेको हुन्छ । 

 

मुत्यृको मुखमा पुगेको बिरामीलाई नँया जीवन कसरी दिने भन्ने पहिलो जिम्मेवारी डाक्टरको नर्सको हुन्छ । बिरामीको आफन्तले त बिरामीलाई अस्पतालसम्म मात्र पुप्याइदिने हो । डाक्टर र नर्सको लापरबाहीले उपचारको क्रममा कतिले ज्यान गुमाएका पनि छन् ।

 

अपरेसन गर्दा डाक्टरनर्सले औजारहरु बिरामी पेटभित्रै सिलाइदिएको घटनाहरु पनि प्रशस्तै छन् । निको नहुने रोगलाई पनि निको हुन्छ भनेर पैसा असुल्ने काम पनि अस्पतालहरुले नगरेका भने होइनन् । करोडपतिबाट रोडपति बनाउने काम अस्पतालले पनि गरेको छन् । 

आर्थिक कमजोर हुने मान्छेहरुले निजी अस्पतालको चाहिने भन्दा चर्को शुल्क तिर्न सक्दैनन् । निजी अस्पतालले बिरामीहरुलाई बन्धकसमेत बनाएर राख्छन् । खोइ त अस्पताललाई कानूनको दायरामा ल्याएको ? अस्पतालले बिरामीलाई उपचार गर्दा बिल बढी उठाउने र बिरामीलाई ठग्ने । 

 

निजी अस्पतालका डाक्टरनर्सले बिरामीको आफन्तलाई आवश्यकता भन्दा बढी औषधी किन्न लगाउने गरेको छन् । त्यो औषधी प्रयोगमा आयो कि आएन् कसैलाई थाहा हुदैन् । बाँकी र बढी भएका औषधीहरु अस्पताल कै कर्मचारीहरुले बिक्रीवितरण गर्छन् । यसमा मेडिकलको पनि मिलोमतो छ । मेडिकलहरुले पनि अस्पतालको कर्मचारीहरुसंग प्रिस्किप्सन बिनाको औषधीहरु खरिद गर्छन् ।

 

सरकारी अस्पतालमा काम गर्ने डाक्टरनर्सहरु बिरामीलाई ग्राह्रो भएको देख्दादेख्दै पनि फेसबृक चलाएर बस्छन् । बिरामीलाई गर्ने व्यवहार हेप्यो भने त्यस्तै छ । अस्पतालमा काम गर्ने सबै कर्मचारी त्यही बिरामीले तिरेको पैसाबाट तलब खाने हो । जसले तलब खुवाउछ उसलाई नै अस्पतालका कर्मचारीहरु घुर्की लगाउछन् ।

 

कति जिल्लामा उपचार नपाएर, उपचार गर्ने पैसा नभएर रोग पालेर बस्ने यत्तिकै छन् । सरकारी कर्मचारीलाई सरकारले उपचार गर्दाखेरि लागेको खर्चमा ५० प्रतिशत छुट दिएको छ । जो मान्छे गरिब छ उसलाई छुट दिनृपर्ने होइन् र ? यो त उल्टो निर्णय भएन र ?  

सिभिल, प्रहरी अस्पतालहरुले आर्थिक कमजोर भएकालाई त्यत्तिकै उपचार गर्दैन् । त्यतिकै उपचार त परको कुरा भयो एक रुपैयाँ पनि छुट दिदैन् । सरकारले गरेको यो निर्णय नै गलत छ । निजी क्लिनिक, अस्पतालहरु सेवाभन्दा पनि कमाउधन्दाको लागि खोलेको हो । 

 

राजनीतिक दलको लगानीमा निजी अस्पतालहरु सञ्चालनमा आएका छन् । सरकारी अस्पतालमा जागिर खाने डाक्टरनर्सहरु जनताले तिरेको करबाट तलब खान्छन् तर, कामचाहि आफ्नो निजी क्लिनिकमा गएर गर्छन् । सरकारी अस्पतालमा राम्ररी उपचार गर्ने हो भने जनताले सुलभ रुपमा सेवासुविधा पाउथे । सरकारी अस्पताल जहिले पनि बेड छैन् भन्दै बिरामीलाई निजी अस्पतालमा गएर महँगो शुल्क तिरेर उपचार गर्न बाध्य बनाउछ । 

डाक्टरनर्सको लापरबाही बिरामी मर्छ । आफु राम्रो काम गर्दैनन्, जिम्मेवारी वहन गर्न सक्दैनन्, मान्छे मार्छन् अनि डाक्टरनर्सलाई कसैले केही भन्यो भने कैद । डाक्टरनर्सले कसैको ज्यान लियो भने पनि केही नहुने । उसको संरक्षणमा सरकार खडा छ ।

 

कसैको लापरबाहीमा कसैको ज्यान जान्छ भने कैद के कसले भोग्नृपर्ने हो ? कसैको लापरबाहीमा कसैको अकालमा ज्यान गएको छ सजाय त डाक्टरनर्सले भोग्नुपर्ने हो कि मर्नेको आफन्तले भोग्नुपर्ने हो । यस्तो पनि कानून हुन्छ । अस्पतालमा कार्यरत कर्मचारीहरुले जे पनि गर्न पाउछन् । सरकारले डाक्टरनर्सलाई बिरामी उपचार गर्न लाइसेन्स दिएको हो कि बिरामी मार्न लाइसेन्स दिएको हो ? 

 

स्वास्थ्य क्षेत्रमा राजनितिक चलाएको छन् । राजनितिक पार्टीको झोला बोकेर आन्दोलन गरेको छन् । बिरामी मर्ने लागेको हृन्छन् रोडमा प्याम्लेट बोकेर हिडेको छन् । डाक्टरनर्सलाई कानृनले आन्दोलन गर्ने इजाजत दिएको छ । स्वास्थ्य व्यापार गर्ने क्षेत्र होइन् सेवा दिने ठाँउ हो । त्यति नै व्यापार गरेर पैसा कमाउन मन छ भने खसी काट्न गए भइहाल्यो । 

बिरामीको ज्यानसँग किन खेलबाड गर्न । सिधा रुपमा भन्नुपर्ने हो भने डाक्टरनर्सहरु बिरामीको उपचार गर्ने नाममा उनीहरुको सम्पत्ति लुट्न बसेको हुन् । डाक्टरनर्सको लापरबाहीले बिरामीको ज्यान जान्छ भने डाक्टरनर्सको लाइसेन्स खारेज गर्नुपर्छ । तिनीहरुलाई कैद र जरिवाना तिराउनुपर्छ । 

 

केपी ओलीको मन्त्रीपरिषद्को बैठकले डाक्टरनर्सलाई हातपात गप्यो भने ५.१० वर्ष कैद वा १.३ लाख जरिवाना गर्ने निर्णय जुन राष्ट्रपतिले सदर गर्यो । केपी ओलीको सरकारले डाक्टरनर्सको बचाउँमा निर्णय गरेको छ । यो निर्णयले डाक्टरनर्सलाई मान्छे मार्न झन् सजिलो भएको छ ।

 

डाक्टरनर्सको नाममा माफिया र दलालीहरु बसेको छन् । उपचार गर्नको लागि कोही जिम्मेवार व्यक्ति अस्पतालमै बस्नैपर्ने रे  । तर बाटोमा मागेर खानेहरुको कोही नै हृदैनन् । उनीहरुले उपचार नै नपाउने ? कोही दुर्घटना हुदाँ, कसैको अपरेसनको लागि शरीरमा पर्याप्त नहुँदा रगतको अत्यन्त आवश्यक पर्छ । अस्पतालमा रगत समेत पाइदैन् । जसरी हुन्छ रगत खोजेर ल्याउनुस् भनेर डाक्टरनर्सले भन्छन् । 

 

बिरामीको आफन्त उसैपनि तनावमा हृन्छन् । कँहा गएर रगत लिएर आउने थाहा हृदैन् । भनेको बेला रगत नपाँउदा पनि कसैको ज्यान जान सक्छ भन्ने बारेमा अस्पतालले सोच्दैन । विभिन्न संघसंस्थाले महिनैपिच्छे जसो रगत संकलन गरिरहेको हुन्छ । 

 

अरुको ज्यान बचाउनको लागि कति दाताहरु म्हिनैपिच्छे पनि रगत दान गर्न तयार हृन्छन् । धर्म भनेको यसलाई भन्छन् । मानवताको अर्थ यही नै हो । हाम्रो शरीरमा पर्याप्त रगत छ भने त्यो अरुलाई दान गर्दा राज्यलाई पनि निकै सहयोग पुग्छ । 

 

रगत क्यान्सरबाट ग्रसित भएर मर्ने दिन निरहेको व्यक्तिहरुको संख्या नेपालमा यत्तिकै छन् । रगत किन्न नसकेर त्यस्ता मान्छेहरुले ज्यान गृमाइरहेको छन् । रगत बेच्ने वस्तु होइन् । तैपनि बिक्रीवितरण भइरहेको छ । आर्थिक स्थिति कमजोर भएकाहरु रगत नपाएर पनि मर्नुपर्ने स्थिति आएको छ । सरकारले पनि अनृगमन गरेको छ । 

 

रगत दान गर्नेले गरिरहेको छ । कसैले बेचेर पैसा कमाइरहेको छन् । जनता रगत नपाएर मरिरहेको छ । सरकार अझैपनि किन मौन छ ? आवश्यकता परेकोले सित्तैमा रगत पाउने हो भने उसले आफ्नो ज्यान फोगट्टे गुमाउनुपदैनथ्यो कि । 

 

भनेको बेलामा रगत पाउन सकेन भने ज्यान जान सक्छ । यता बिरामीलाई गाह्रो भइसकेको हुन्छ । उता रगत पाइरहेको हृदैन् । बिरामी मात्र होइन् सुत्केरी हुदाँ पनि रगत नपाएर अकालमा ज्यान गुमाएको हामीले देखेको छौ । 

 

यत्रो दाताले रगत दान गरिरहेको हृन्छ । कति रगत कँहा गयो भन्ने डाटा सरकारले राख्दैन् । रगत अपुग भएको छ भने त्यस समस्यालाई कसरी समाधान गर्ने बारे सरकार सोच्दैन् । सरकारले कति रगत संकलन भयो कँहा–कँहा त्यो रगतको प्रयोग भयो भनेर डाटा राख्न जरुरी देखिन्छ ।


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

राप्रपाको एकता महाधिवेशनः को को छन् अध्यक्ष, उपाध्यक्ष र महामन्त्रीका आकांक्षीहरु ?

  • 6 hours ago
राप्रपाको एकता महाधिवेशनः को को छन् अध्यक्ष, उपाध्यक्ष र महामन्त्रीका आकांक्षीहरु ?

काठमाडौँ । आज देखि सुरु भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनमा अध्यक्ष पदका लागि अध्यक्ष कमल थापा र सांसद राजेन्द्र लिङ्देनबीच प्रतिस्पर्धा हुनेछ ।

नेपालमा थप ३१६ जनामा कोरोना संक्रमण

  • 6 hours ago
नेपालमा थप ३१६ जनामा कोरोना संक्रमण

काठमाडौँ । नेपालमा थप ३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १२७२७ जनाको परीक्षण गर्दा ३१६ जनामा संक्रमण पुष्टि भएको छ ।

नेता रसाइलीद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

  • 7 hours ago
नेता रसाइलीद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद तथा युवा नेता प्रकाश रसाइली ‘स्नेही’ ले पार्टीको आसन्न १४औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।



पर्यटन

भरियासँग बोकिएर पाथीभरा मन्दिर दर्शन गर्न जाँदै तीर्थयात्री

भरियासँग बोकिएर पाथीभरा मन्दिर दर्शन गर्न जाँदै तीर्थयात्री

ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरसम्म हिँडेर जान नसकेपछि भरियालाई बोकेर पाथीभरा मन्दिरमा दर्शन तथा पूजापाठ गर्न जाँदै तीर्थयात्री ।

जीवनशैली

आज विश्व एड्स दिवसः ‘समुदायमा सचेतना बढाएर सङ्क्रमण घटाऔँ’

आज विश्व एड्स दिवसः ‘समुदायमा सचेतना बढाएर सङ्क्रमण घटाऔँ’

एजेन्सी । ‘असमानता हटाऔँ, एड्स अन्त्य गरौँ’ नाराका साथ आज ३४औँ विश्व एड्स दिवस मनाइँदै छ । हरेक वर्ष डिसेम्बर १ तारिखमा मनाइने विश्व एड्स दिवसलाई प्रभावकारी बनाउन समुदाय तहमा जनचेतना बढाउन आवश्यक भएकामा जोड दिइएको छ ।

विचित्र विश्व

दक्षिण कोरियामा देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

दक्षिण कोरियामा देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

एजेन्सी । दक्षिण कोरियामा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ । कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसीए)का अनुसार हालै नाइजेरियाबाट दक्षिण कोरिया आएका एक दम्पतीमा उक्त नयाँ भेरियन्ट ओमिक्रोन देखिएको हो ।