यी कमेडियनको घरमा एक जोर चप्पल मात्र थियो...

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

एजेन्सी । बलिउडका चर्चित कमेडियन हुन् सुदेश लेहरी । उनले जीवनमा धेरै उतारचढाव देखे । समय त्यस्तो पनि थियो जब उनी एक दिनको एक रुपैयाँ तलबका लागि काम गर्थे ।

 

परिवारको आर्थिक अवस्था यति दयनिय थियो कि उनी पेटभरी खाना खान समेत पाउँदैन्थे । उनको घरमा एक जोरमात्र चप्पल रहेको थियो । जो बाहिर जान्थ्यो उसले त्यो चप्पल लगाउने गर्थे ।

 

यदी चप्पल लगाउने व्यक्ति नआए खाली खुट्टा नै घर बाहिर जानुपर्ने बाध्यता थियो । चप्पल लगाउन कुर्नुपर्ने बाध्यता थियो भने समयम काममा जानु पर्ने अर्को ठुलो आपत रहेको थियो ।

 

उनका पिता गहना बनाउने काम गर्थे । उनले पनि यो काम सिकेका थिए । तर, उनको रुची भने अरु नै थिए । उनलाई गाउन कमेडी गर्न अति नै मन पथ्र्यो । उनी आफ्नो टोलमा भएका कार्यक्रममा सहभागी हुन्थे । चालिस पचास रुपैयाँमा दिन काट्ने गर्दथे । एक दिन उनको घरमा खानका लागि केही पनि थिएन ।

 

सोही दिन उनका छिमेकीले उनलाई कमेडी गर्न आफ्नो घरमा बोलाए । उक्त कार्यक्रम उनले काजु बदाम देखे । उनी मुठ्ठीभर काजु बदाम लिए । अन्ततः घरमा लगेर परिवारलाई खान दिए । अवस्था यति धेरै दर्दनाक थियो कि उनलाई सम्मानको कुनै कमी थिएन । तर, खानाका लागि अन्नको गेडासम्म थिएन ।

 

उनलाई सम्मान गर्न आउने व्यक्तिलाई आफुले बेचेको ट्रफी स्वयम आफैलाई दिन उनले आग्रह गरे । उक्त ट्रफीबापत उनले ४०० रुपैयाँ पाएका थिए । सोही समयमा उनको छोरा बिरामी हुन पुगे । उपचार गराउन उनीसँग पैसा नै थिएन ।

 

अन्ततः उनले आफ्नो पुरानो घडी बेच्न बाध्य भए र छोराको उपचार गरे । दिनहरु कठिनभन्दा पनि कठिन हुँदै गएका थिए । कालो रात झन् कालो हुँदै थिए उनका लागि । तर, जति नै कालो रात भए पनि बिहानीलाई रोक्न कसैले सक्दैन ।

 

विस्तारै उनका काला दिनहरु सुनौला दिनमा पनि परिणत भए । विस्तारै उनलाई इभेन्टकर्ताहरुले बोलाउन थाले । उक्त सोबाट पनि उनलाई राम्रै कमाई हुन थालेको थियो ।

 

५० रुपैयाँ पाउँदै आइरहेका उनले एक हजार पाउन थालेका थिए । उनको अल्फा गाडी नामक सो आयो जसले उनलाई केही हदसम्म सफलता दिलयो । स्टाण्डअफ कमेडीले विस्तारै चर्चा पाइरहँदा उनको भाग्यले पनि साथ दिन पुग्यो ।

 

उनी उक्त कार्यक्रममा तेस्रो हुन पुगे । त्यसपछि उनले धेरै कमेडी सोहरु गर्न थाले । अन्तत उनले सलमान खानसँग पनि काम गर्ने मौका पाए । आज उनी विगतका दिनहरु सम्झिएर कहिलेकाही भावुक समेत हुने गरेको बताएका थिए । 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

सिट बाँडफाँट केही दिनभित्र टुंगिन्छः प्रचण्ड

  • 2 hours ago
सिट बाँडफाँट केही दिनभित्र टुंगिन्छः प्रचण्ड

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिट बाँडफाँट केही दिनभित्र टुंगिने बताएका छन्। गोरखा संग्रहालयभित्र आज पार्टीले गरेको कार्यक्रममा बोल्दै प्रचण्डले सत्ता गठबन्धनले बन

पाकिस्तानले विलासी वस्तुको आयातमा प्रतिबन्ध हटाइयो

  • 2 hours ago
पाकिस्तानले विलासी वस्तुको आयातमा प्रतिबन्ध हटाइयो

एजेन्सी। पाकिस्तानी अर्थमन्त्री मिफ्ताह इस्माइलले बिहीबार गैर–आवश्यक र विलासिताका सामानहरूको आयातमा प्रतिबन्ध हटाउने घोषणा गरेका छन्। मे महिनामा लगाइएको प्रतिबन्धको उद्देश्य वैदेशिक मुद्रा जोगा

कांग्रेस नेता प्रदीप गिरिको स्वास्थ्य अवस्था गम्भीर

  • 3 hours ago
कांग्रेस नेता प्रदीप गिरिको स्वास्थ्य अवस्था गम्भीर

काठमाडौँ। नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरिको स्वास्थ्य अवस्था गम्भीर बनेको छ। साउन दोस्रो साता ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका गिरिको स्वास्थ्यमा सुधार नआएपछि उनको उपचार भेन्टिल



पर्यटन

चिटिक्क घार गाउँ

चिटिक्क घार गाउँ

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ नम्बर वडामा पर्ने घार गाउँको बस्ती । परम्परागत ढुङ्गा र हरियो रङ्गको जस्तापाताले छाएका घरले गाउँलाई चिटिक्क देखाएकोे छ ।

जीवनशैली

घरमा यी संकेत देख्नुभयो भने बुझ्नुहोस् खराब समय चाँडै सुरु हुँदैछ !

घरमा यी संकेत देख्नुभयो भने बुझ्नुहोस् खराब समय चाँडै सुरु हुँदैछ !

एजेन्सी । आचार्य चाणक्यले आफ्नो नीतिशास्त्रमा धेरै कुरा भनेका छन् । उनको हरेक कुराले हामी सबैलाई जीवनमा लक्ष्य हासिल गर्न प्रेरित गर्छ। चाणक्यले आफ्नो नीतिशास्त्रमा भनेका छन् कि खराब समय आउनु भन्दा पहिले नै यसका संकेत देखिन्छन् । घरमा वा वरपर घटेका केही घटनाहरूमा ध्यान दियौं भने खराब समय आउने संकेत मिल्छ।

विचित्र विश्व

पुटिन र जेलेन्स्कीबीच बालीमा भेटघाट हुनसक्ने

पुटिन र जेलेन्स्कीबीच बालीमा भेटघाट हुनसक्ने

एजेन्सी । ब्लूमबर्ग न्युजसँगको अन्तर्वार्तामा इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुवै यस वर्ष बालीमा हुने जी–२० शिखर सम्मेलनमा सहभागी हुने योजनामा ​​रहेको बताएका छन्।