तीस प्रतिशत घर भूकम्प प्रतिरोधात्मक

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital
  • शुक्रबार, ७ मंसिर, २०७५
  • 3 years ago
  • नेपाल

दाङ । तुलसीपुर उपमहानगरपालिकाले भवन निर्माण आचारसंहितालाई कार्यान्वयनमा कडाइ गर्ने जनाएको छ । 

 

अहिले भवन निर्माण आचारसंहिता कार्यान्वयन नगर्ने घरधनीलाई उपमहानगरपालिकाले बिजुली बत्तीको र खानेपानीको सिफारिस नदिनेदेखि घर नक्सापास समेत रोक्का गरिदिने गरेको उपमहानगरपालिकाका इञ्जिनियर पवनकुमार योगीले बताए । 

 

साविकको नगरपालिका हुँदा नै उपमहानगरपालिकाका धेरै घर नक्सापास नै नभई आफूखुशी निर्माण भएका थिए । विनाशकारी भूकम्प आउनुअघि नै साविकको नगरपालिकाले २०७१ साउन १ गतेदेखि भवन निर्माण आचारसंहिता निर्देशिका जारी गरी कार्यान्वयन गरेको थियो । 

 

तर अहिलेसम्म उपमहानगरपालिकाभित्र रहेका पक्की घरमध्ये झण्डै ३० प्रतिशत घर मात्र भूकम्प प्रतिरोधात्मक रहेको इञ्जिनीयर योगीले जानकारी दिए । “तुलसीपुरमा पुरानो संरचना धेरै छन, पछि निर्माण गरिएका भवनमा निर्माण सामग्री राम्रो प्रयोग भएपनि घर बनाउने तरिका नजानेका कारण भवन भूकम्प प्रतिरोधात्मक छैनन्”, उनले भने । 

 

हाल उपमहानगरपालिकाभित्र ३१ हजार घरधुरी रहेका छन् । ती मध्ये कम्तीमा छ हजार घर पक्की र अन्य कच्ची रहेको नगरपालिकाका सुचना अधिकारी झरेन्द्र खरेलले जानकारी दिनुभयो । छ हजार घरमा कम्तीमा पनि ३० प्रतिशत घरमात्र भुकम्पप्रतिरोधात्मक रहेको उपमहानगरपालिकाले जनाएको छ । 

 

“पछिल्ला समयमा निर्माण हुने घरहरुले आचारसंहिता पालना गरेका छन् तर केही वर्ष पहिलेका घर र हाल उपमहानगरपालिका भइसकेपछि थपिएका साविकका गाविसमा निर्माण भएका केही पक्की घरले नक्सा पास नगरी निर्माण गरेका छन्”, खरेलले भने । 

 

उपमहानरपालिकाका प्रमुख प्रशासकीय अधिकृत आनन्द सारुले उपमहानगरपालिकाले भवन निर्माण आचारसंहिता कार्यान्वयनलाई अक्षरशः पालना गर्न आम नागरिकलाई अनुरोध गरिएको बताए । उनले आफूखुशी मापदण्ड नपु¥याई घर निर्माण गर्दा भूकम्पीय जोखिम बढ्नसक्ने, जीउज्यानको सुरक्षामा खतरा बढ्ने र आर्थिक लगानी पनि त्यसै खेर जाने गरेको भन्दै सबै खतराबाट आम नागरिकलाई बचाउने उद्देश्यले भवन निर्माण आचारसंहितालाई कडाइ गर्ने योजना ल्याइएको जानकारी दिए । 

 

उनले अब केही दिनभित्रै उपमहानगरपालिका भित्रका घरको अभिलेखीकरण गर्ने तयारी भएको बताए । त्यसबाट एउटा निश्चित् तथ्याङ्क आउने र ती घरलाई के कसरी सुरक्षित गराउने भन्ने बारेमा उपयाय खोजिने उनको भनाइ छ । 

 

आचारसंहिता कडाइका साथ लागू गर्न उपमहानगरनगरपालिकाले बर्सेनि यहाँका विभिन्न दलका प्रतिनिधि, उद्योगी व्यवसायी, नगरवासीसँग छलफलसमेत गरिरहेको छ । 

 

त्यसैगरी उपमहानगरपालिकाले यस क्षेत्रका निर्माणकर्मी तथा डकर्मी व्यवसायीलाई पनि पटकपटक भूकम्प प्रतिरोधात्मक भवन निर्माणका लागि तालीम दिँदै आएको छ । 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

त्रिभुवन विमानस्थल वरपर चङ्गा उडाउन नपाउने

  • 5 hours ago
त्रिभुवन विमानस्थल वरपर चङ्गा उडाउन नपाउने

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपर चङ्गा उडाउनेलाई कारबाही हुने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले एक सूचना प्रकाशित गरी विमानस्थल वरपर चङ्गा उडाउँदा हवाई उडानमा खतरा हुने

डेंगु संक्रमणबाट एकैदिन ४ जनाको मृत्यु

  • 5 hours ago
डेंगु संक्रमणबाट एकैदिन ४ जनाको मृत्यु

काठमाडौँ। नेपालमा डेंगु संक्रमणबाट एकै दिन ४ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार डेंगु संक्रमणबाट ४ जनाको मृत्यु भएको हो। यो सँगै साउन यता डेंगुबाट मृत्यु हु

चीनको रेस्टुरेन्टमा आगलागी सत्रको मृत्यु

  • 5 hours ago
चीनको रेस्टुरेन्टमा आगलागी सत्रको मृत्यु

बेइजिङ। उत्तरपूर्वी चीनको एक रेस्टुरेन्टमा बुधबार आगलागी हुँदा १७ जनाको मृत्यु हुनुका साथै तीन जना घाइते भएको स्थानीय अधिकारीले बताएका छन्। स्थानीय सरकारले वेइबो सामाजिक सञ्जाल प्लेटफर्ममा पोष



पर्यटन

ऐतिहासिक एवं पर्यटकीय हर्सिङडाँडा

ऐतिहासिक एवं पर्यटकीय हर्सिङडाँडा

लमजुङ। लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ अवस्थित पर्यटकीय एवं ऐतिहासिक हर्सिङडाँडा। यस डाँडामा राष्ट्रिय विभूति भक्ति थापाले बालापनमा गाईवस्तु चराएको जानकारको भनाइ छ।

जीवनशैली

नवरात्रको तेस्रो दिन चन्द्रघण्टाको पूजाराधना गरिँदै

नवरात्रको तेस्रो दिन चन्द्रघण्टाको पूजाराधना गरिँदै

नवरात्रको तेस्रो दिन दसैँ घर वा पूजाकोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवदुर्गा मध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ ।