एघार सय दलितका घर अलपत्र

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital
  • आइतबार, ८ बैशाख, २०७६
  • 3 years ago
  • नेपाल

जाजरकोट । जनता आवास कार्यक्रमबाट निर्माण हुन लागेका डोल्पाका एक हजार एक सय घर अलपत्र परेका छन् । त्रिपुरासुन्दरी नगरपलिका–१ त्रिपुराकोट रल्लीस्थित राजा रानी क्षेत्रमा निर्माण हुन लागेका जनता आवासका बस्ती पूर्ण रुपमा निर्माण नभई अलपत्र परेका छन् ।

 

पहिलो किस्ता रकम दिएर पाँचवर्षे योजना बनाइ जनता आवास कार्यक्रम सञ्चालन गरिएको थियो । तर पहिलो किस्ताको रकम दिएर, दोस्रो किस्ता नदिँदा यहाँ निर्माण भएका आधा घर भत्किन थालेका हुन् । निम्नवर्गका आयस्रोत कम भएका दलित समुदायको लागि बासस्थानको व्यवस्था गर्नको लागि सरकारले जनता आवासको कार्यक्रम सञ्चालन गरेको थियो ।

 

नेपाल भरिनै लागू गरेको सो कार्यक्रमलाई निरन्तर रुपमा तीव्रता दिन सकेको देखिदैन् । 

 

डोल्पा जिल्लाका जम्मा एक हजार १०० जनता आवासअन्तर्गतका दलित समुदायका  घर आधा बनेकाले धेरैले पहिलो पेश्की पाइसकेका छन् भने कसैले पहिलो पेश्की पनि नपाएको गुनासो गरेका छन् । विगत दुई वर्षदेखि आवश्यक बजेट नपाउँदा घर अलपत्र परेको त्रिपुरासुन्दरी नगरपालिका–२ रुमका टङ्क सुनारले गुनासो गरे । 

 

पहिलो पेश्कीमा जम्मा रु ५० हजार उपलब्ध गराइएको थियो । सो रकम दिएको दुई वर्ष बितेपनि अन्य रकम नदिँदा दलित समुदायका घर जग हालेर अलपत्र भएका हुन् । कसैलाई पहिलो किस्ता पनि नदिएर रोकेको बताइएको छ । कुनै पनि आर्थिक स्रोत नभएकाले जगदेखि ढोकासम्मको निर्माण भए पनि आफ्नै लगानीले चुलीसम्मैको घर निर्माण गर्न सक्ने अवस्था नरहेको दलित समुदायको गुनासो रहेको छ ।

 

सरकारले किस्ता किस्ता गरी रकम उपलब्ध गराइ घर निर्माण गर्ने आस दिएको तर अहिलेसम्म कुनै वास्ता नगरेको बताइएको छ । विगत केही महीना अघिदेखि जनता आवास कार्यलयमा कुनै पनि कर्मचारी छैनन् ।

 

घरमा छाक टार्नै मुस्किल परेको बेलामा घर पूरै निर्माण गर्न कठिन परेको उनीहरुको गुनासो रहेको छ । यो कार्यक्रम लागू गरेको डोल्पामा दुई वर्ष पुगि सक्दा पनि सरकारले यसको निर्माण कार्यमा ध्यान दिएको छैन । 

 

सङ्घीय एकाइ  कार्यालयका कर्मचारी गोपाल सार्कीले पहिला सहरी विकासअन्तर्गत रहेको यो कार्यक्रम समायोजन भएपछि भौतिक मन्त्रालयले जिम्मा लिएको बताए । सार्कीका अनुसार डोल्पाका नौ वटा गाविसमा यो कार्यक्रम लागू भएको छ लाँहा, सर्मी, नर्कु, कालिका त्रिपुराकोट, पाहाडा दुनै, जुफाल, रुम रल्लीमा काम भइरहेको बताए । 

 

आर्थिक अवस्था न्यून भएका दलित बस्तीमा दलित आवास निर्माण गर्ने राज्यले जिम्मा लिएपछि दलित समुदायका स्थानीय बासीमा खुसी छाएको थियो ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

  • 9 hours ago
आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

घरायसी बिवादका कारण पिताम्बरले लोहोरा प्रहार गर्दा मनकलाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ठाडा र जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरीले उनलाई पक्र

युरोपको समृद्धि नेपाल भित्र्याउन आग्रह

  • 9 hours ago
युरोपको समृद्धि नेपाल भित्र्याउन आग्रह

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले युरोपमा रहेका गैरआवासीय नेपालीहरूलाई युरोपको समृद्धि, ज्ञान र प्रविधि नेपाल भित्र्याउन आग्रह गरेका छन् ।

चाडबाडमा दुर्घटना रोक्न ‘टाइम कार्ड’ लागू गरिने

  • 9 hours ago
चाडबाडमा दुर्घटना रोक्न ‘टाइम कार्ड’ लागू गरिने

सवारी दुर्घटना रोकथाम तथा यातायातको सहज व्यवस्थापनका लागि आवश्यक निर्देशनसमेत दिने गरी बनेको समितिको आजको बैठकले गन्तव्यस्थलमा छिटो पुग्ने बहानामा तीव्रगतिमा सवारी चलाउने प्रवृत्तिलाई निरुत्साहन गर्न



पर्यटन

माछापुच्छ्रे हिमाल

माछापुच्छ्रे हिमाल

कास्की । पोखराको न्यूरोडबाट शनिबार मौसम खुलेपछि देखिएको माछापुच्छ्रे हिमाल । तस्बिरः राधिका कँडेल÷रासस

जीवनशैली

यस्ता व्यक्तिले भुलेर पनि मुगको दाल खान हुँदैन

यस्ता व्यक्तिले भुलेर पनि मुगको दाल खान हुँदैन

एजेन्सी । दाल खानु स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । शरीरका लागि फाइदाजनक मानिने प्रोटिन सहित हरेक प्रकारको दालमा यस्ता धेरै पोषक तत्व पाइन्छ । ती मध्ये एक हो मुगको दाल। यसमा फाइबर, प्रोटिन, भिटामिन, कपर, फोलेट, भिटामिन सी, पोटासियम जस्ता धेरै पोषक तत्व पाइन्छ जसले रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ।

विचित्र विश्व

पुटिनको निर्देशनपछि खैलाबैला, ६४७० जना रूसी नागरिक फिनल्यान्ड पुगे

पुटिनको निर्देशनपछि खैलाबैला, ६४७० जना रूसी नागरिक फिनल्यान्ड पुगे

एजेन्सी । मस्कोले युक्रेन युद्धका लागि आंशिक सैनिक परिचालनको घोषणा गरेदेखि फिनल्याण्ड प्रवेश गर्ने रूसी नागरिकको सङ्ख्यामा दोब्बर वृद्धि भएको सीमा निकायका प्रवक्ताले शुक्रबार एएफपीलाई बताए ।