परमाणु विस्फोटबाट मानिसलाई जोगाउने यस्ता घर !

Norvic Hospital

अमेरिकाको साउथ डकोटा शहरमा वाइवोस कम्पनीले एउटा यस्तै बंकरनुमा घरहरु निर्माण गरिरहेको छ । यसले प्राकृतिक आपत लगायत परमाणु विस्फोटबाट पनि मानिसलाई जोगाउने काम गर्छ । 

 

अमेरिकामा तयार भइरहेका बंकरनुमा घर यस्ता रहेका छन्

 

८० फिट लम्बाइ, २६ फिट चौडाइ

 

५ लाख टन क्षमताको बम बिस्फोट सहन सक्ने

 

१०–२० जना मानिसहरु एउटा घरमा रहन सक्छन्

 

१४ वर्ग किमि क्षेत्रफलमा बंकर बनेको छ । 

 

सधै अस्तित्वमा रहनेछ 

 

साउथ डकोटामा बनाइएको यो सोसाइटीमा स्कुल, कलेज, जिम, चर्च, गार्डेन, सुटिङ रेन्ज, थिएटर लगायत सबै सुविधाहरु हुनेछन् । हरेक बंकरमा एक वर्षका लागि अनाज र खाद्यबस्तुहरु राखिएको छ । यो पुरै सोसाइटीमा पाँच हजार मानिसहरु रहनेछन् । 

 

यी बंकरहरुलाई आलिसान घरको रुपमा डिजाइन गरिएको छ । यसमा होम थिएटर, स्नुकर, टेबल, झ्यालहरुको स्थानमा एलसीडी स्क्रिन लगाइएका छन् । 

 

विभिन्न प्रविधिको प्रयोग गरेर बनाइएका यस्तो घरको मुल्य २५ हजारदेखि २ लाख डलरसम्म पर्ने गर्छ । 

 

साउथ डकोटाको यो इलाका सन् १९४० मा अमेरिकी सेनाका लागि बनाइएको थियो । यस बंकरमा सेनाहरु हतियार र बम राख्ने काम गर्थे । सेनाले १९६७ मा यस बंकरको प्रयोग गर्न छोडिदिएको थियो । 

 

आगामि प्रोजेक्ट

जर्मनीको रोथनस्टीन गाउँमा बनेको बाइबोस युरोपा वन बंकरमा परमाणु बिस्फोट, रसायनिक उत्सर्जन, भुकम्प र सुनामी जस्ता आपतहरुबाट रक्षा दिन सक्नेछ । 

 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

राप्रपाको एकता महाधिवेशनः को को छन् अध्यक्ष, उपाध्यक्ष र महामन्त्रीका आकांक्षीहरु ?

  • 7 hours ago
राप्रपाको एकता महाधिवेशनः को को छन् अध्यक्ष, उपाध्यक्ष र महामन्त्रीका आकांक्षीहरु ?

काठमाडौँ । आज देखि सुरु भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनमा अध्यक्ष पदका लागि अध्यक्ष कमल थापा र सांसद राजेन्द्र लिङ्देनबीच प्रतिस्पर्धा हुनेछ ।

नेपालमा थप ३१६ जनामा कोरोना संक्रमण

  • 7 hours ago
नेपालमा थप ३१६ जनामा कोरोना संक्रमण

काठमाडौँ । नेपालमा थप ३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १२७२७ जनाको परीक्षण गर्दा ३१६ जनामा संक्रमण पुष्टि भएको छ ।

नेता रसाइलीद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

  • 7 hours ago
नेता रसाइलीद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद तथा युवा नेता प्रकाश रसाइली ‘स्नेही’ ले पार्टीको आसन्न १४औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।



पर्यटन

भरियासँग बोकिएर पाथीभरा मन्दिर दर्शन गर्न जाँदै तीर्थयात्री

भरियासँग बोकिएर पाथीभरा मन्दिर दर्शन गर्न जाँदै तीर्थयात्री

ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरसम्म हिँडेर जान नसकेपछि भरियालाई बोकेर पाथीभरा मन्दिरमा दर्शन तथा पूजापाठ गर्न जाँदै तीर्थयात्री ।

जीवनशैली

आज विश्व एड्स दिवसः ‘समुदायमा सचेतना बढाएर सङ्क्रमण घटाऔँ’

आज विश्व एड्स दिवसः ‘समुदायमा सचेतना बढाएर सङ्क्रमण घटाऔँ’

एजेन्सी । ‘असमानता हटाऔँ, एड्स अन्त्य गरौँ’ नाराका साथ आज ३४औँ विश्व एड्स दिवस मनाइँदै छ । हरेक वर्ष डिसेम्बर १ तारिखमा मनाइने विश्व एड्स दिवसलाई प्रभावकारी बनाउन समुदाय तहमा जनचेतना बढाउन आवश्यक भएकामा जोड दिइएको छ ।

विचित्र विश्व

दक्षिण कोरियामा देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

दक्षिण कोरियामा देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

एजेन्सी । दक्षिण कोरियामा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ । कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसीए)का अनुसार हालै नाइजेरियाबाट दक्षिण कोरिया आएका एक दम्पतीमा उक्त नयाँ भेरियन्ट ओमिक्रोन देखिएको हो ।