रूखमाथि बनेको ‘घर’ !

रासस

तनँहु । कोरोना भाइरस न्यूनीकरणका लागि तनहुँमा गत वैशाख २२ गतेदेखि निषेधाज्ञा छ । चारपटक थप भएको निषेधाज्ञा यही जेठ ३१ गतेसम्म जारी छ । निषेधाज्ञाका कारण जिल्लाका पर्यटकीयस्थल यतिबेला सुनसान छ । भीडभाड रहने पर्यटकीयस्थलमा यतिबेला पर्यटक छैनन् । 

 

म्याग्दे गाउँपालिका–२ स्थित ज्यानटाङ सामुदायिक वनमा निर्माण गरिएको रूखमाथि बनेको घरले भने सर्वसाधारण आकर्षित गरेको छ । निषेधाज्ञाकै बीचमा पनि सर्वसाधारण यस स्थानमा पुगिरहेका छन् । दैनिक १५–२० सर्वसाधारण यस ठाउँमा पुगिरहेका छन् । 

 

रूखमाथि बनेको घर जिल्लाकै नयाँ पर्यटकीय गन्तव्य हो । डिभिजन वन कार्यालयको आर्थिक सहयोगमा सामुदायिक वनमा हरियाली उद्यानसहित रूखमाथि घर बनाइएको छ । गत फागुनदेखि निर्माण शुरु भएकामा घर निर्माण सकिए पनि उद्यानको काम भने पूरा नसकिएको सबडिभिजन वन कार्यालय म्याग्देका प्रमुख मनोज रानाभाटले जानकारी दिए । 

 

“जिल्लामै नयाँ भएकाले यस ठाउँ सर्वसाधारणको गन्तव्यका रुपमा विकास भइरहेको छ”, उनले भने । उद्यान निर्माणका लागि वन कार्यालयले रु १२ लाख ५० हजार आर्थिक सहयोग गरेको छ । त्यसमा सामुदायिक वनले २० प्रतिशत अर्थात् रु दुई लाख ५० हजार लागत सहभागिता बेहोरेको छ । कूल १५ लाखको लागतमा उद्यान निर्माणको काम गरिएको हो । 

 

पृथ्वीराजमार्गबाट दुई सय मिटरको दूरीमा रहेको उक्त ठाउँलाई पर्यटकीयस्थल बनाउने उद्देश्यबमोजिम उद्यानका साथै रूखमा घर बनाइएको हो । “उक्त ठाउँलाई पर्यटककको आकर्षणको केन्द्र बनाउन उक्त योजना अगाडि सारेका हौँ”, उनले भने, “रूखमा नै घर तनहुँ जिल्लामै पहिलो भएकाले यसले सर्वसाधारणको ध्यान खिच्नेछ ।”

 

रूखलाई भित्र पारेर काठको घर निर्माण गरिएको छ । “दुई स्टेप बस्न मिल्ने गरी घर निर्माण गरिएको छ, पाँच÷सातजना चढेर त्यहाँबाट दृश्यावलोकन गर्न मिल्नेछ”, उनले भने । उक्त ठाउँलाई वनभोजस्थलका रुपमा विकास गर्ने योजना छ । राजमार्गबाट नजीकै भएकाले पनि यस ठाउँले चर्चा पाउने विश्वास गरिएको छ । 

 

डिभिजन वन कार्यालयमार्फत गत आर्थिक वर्षमा जिल्लाका तीन ठाउँमा उद्यान निर्माण गरिएको थियो । भिमाद नगरपालिका–१ किहुँस्थित शिवशक्ति सामुदायिक वन, शुक्लागण्डकी नगरपालिकास्थित च्वयनधाम र व्यास नगरपालिका–१४ स्थित छाब्दी वाराहमा पर्यापर्यटन उद्यानका लागि वन कार्यालयले आर्थिक सहयोग गरेको थियो । 

 

चालु आर्थिक वर्षमा जिल्लामा छवटा उद्यान निर्माण हुँदैछ । हरितपार्क कार्यक्रमअन्तर्गत भिमाद नगरपालिका–८ पीपलडाँडामा रु १२ लाख ५० हजारको लागतमा उद्यान निर्माण गरिनेछ । सामुदायिक वनमा पर्यावरण विकास सहयोग कार्यक्रमअन्तर्गत शुक्लागण्डकी नगरपालिका–१२ स्थित दलिमडाँडा सामुदायिक वन, म्याग्दे गाउँपालिका–१ स्थित वाराही सामुदायिक वनमा उद्यान निर्माण हुनेछ । यसका लागि वन कार्यालयले रु पाँच÷पाँच लाख बजेट विनियोजन गरेको छ । 

 


Reliable Life Insurance

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

सूर्य चिह्नबाट चुनाव जितेकोले एमालेमै फर्किएँः विमला वली

  • 3 minutes ago
सूर्य चिह्नबाट चुनाव जितेकोले एमालेमै फर्किएँः विमला वली

बुटवल । लुम्बिनी प्रदेशसभा सांसद विमलाकुमारी खत्री वली नेकपा एमालेमा नै फर्किएकी छिन् । सोमबार एक विज्ञप्ति जारी गर्दै उनले आफूले सूर्य चिह्नबाट चुनाव जितेकोले एमालेमै फर्किएको बताएकी छिन् ।

नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले माफी मागे

  • 11 minutes ago
नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले माफी मागे

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले गएको महिना एक मिडियासँगको अन्तरवार्ताको विषयलाई लिएर माफी मागेका छन् ।

एनआरएनए फ्रान्सको अध्यक्षमा गीता निर्वाचित

  • 19 minutes ago
एनआरएनए फ्रान्सको अध्यक्षमा गीता निर्वाचित

लण्डन । गैर नेपाली संघ (एनआरएनए) फ्रान्सको अध्यक्षमा गीत खनाल निर्वाचित भएकी छन् । खनाल खसेको ४ सय ५८ मध्ये २४८ मत पाएर विजयी भएकी हुन् । उनका प्रतिष्पर्धी मीनबहादुर श्रेष्ठले २१० मत पाए । अनला



पर्यटन

नेपालकाे ‘भाइरल रोड’

नेपालकाे ‘भाइरल रोड’

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ मा निमार्णाधीन चार लेनको पक्की पुलसँगै निर्माण भएको पहुँचमार्ग । सडक निर्माण भएसँगै टिकटक, भिडियो र फोटो खिच्न आउनेको यहाँ भीड हुने गर्छ । पछिल्लो समय उक्त सडक ‘भाइरल रोड’ का नामले परिचित छ । तस्बिरः शेरबहादुर सिंह/रासस

जीवनशैली

दाँत दुख्दा घरमै गर्न सकिन्छ यस्तो उपचार

दाँत दुख्दा घरमै गर्न सकिन्छ यस्तो उपचार

एजेन्सी । दाँतको दुखाइबाट छुटकरा पाउन हामीले यहाँ केही घरेलु उपायहरूबारे जानकारी प्रस्तुत गरेका छौं ।