भारतको एकमात्र पुल, जसको अहिलेसम्म उद्घाटन भएको छैन !

एजेन्सी । विश्वमा यस्ता कैयौं पुलहरु रहेका छन् जसको आफ्नै पहिचान रहेको छ । छिमेकी देश भारतमा पनि एक पुल रहेको छ जुन रहस्यमयी छ । जुन भारतमा मात्र नरही विश्वभर प्रसिद्ध रहेको छ ।

 

 

तर अचम्मको कुरा त्यस विश्व प्रसिद्ध पुलको अहिलेसम्म उद्घाटन भएको छैन । यो पुल रहेको छ कोलकाताको ‘हावडा ब्रिज’ । यो पुल कोलकाताको पहिचान रहेको छ । यो पुल बनेको ७६ वर्ष भईसकेको छ । द्वितीय विश्व युद्धको क्रममा डिसेम्बर १९४२ मा जापानबाट प्रहार भएको एक बम यो पुल नजिकै विष्फोट भएको थियो । तर यो पुल भने जस्ताको तस्तै खडा रह्यो ।

 

 

बीबीसीको रिपोर्ट अनुसार उन्नाइसौं शताब्दीको अन्तमा बेलायत सरकारले कोलकाता र हावडाको बीचमा बग्ने हुगली नदीमा तैरिरहने पुन निर्माण गर्ने योजना बनाएको थियो । किनभने त्यस समय हुगली नदीमा कैयौं पानी जहाज, आवतजावत गर्थे । पिलर भएको पुलले जहाज ओहोर–दोहोरमा समस्या पर्ने भएपछि सन् १८७१ मा ‘हावडा ब्रिज एक्ट’ पास गरियो । सन् १९३६ मा यस पुलको निर्माण सुरु गरियो । र सन् १९४२ मा यो पुल सम्पन्न भयो । त्यसपछि फेब्रुअरी ३ सन् १९४३ मा यो पुल सर्वसाधारणको लागि खुला गरियो ।

 

 

त्यस समय विश्वमै सबैभन्दा लामो पुलमध्ये तेस्रो नम्बरमा यो पुल पर्दथ्र्यो । सन् १९टछ मा भारतीय प्रसिद्ध साहित्यकार रबीन्द्र नाथको नाममा यसको नाम रवीन्द्र सेतु राखियो । बीबीसीको रिपोर्ट अनुसार यस ब्रिजको निर्माणमा २६ हजार ५ सय टन स्टिलको प्रयोग गरिएको छ । जसमध्ये २३ हजार ५ सय टन स्टिलको सप्लाई ‘टाटा स्टिल’ले गरेको थियो ।

 

 

यस पुलको विशेषता के रहेको छ भने, यो पुल दुई किनारमा रहेको २८० फिट अग्लो दुई पिल्लरमा अडिएको छ । ती दुई पिल्लर बाहेक नदीमा कुनै पिल्लर छैन जसले पुललाई अड्याउन मद्दत गर्छ ।

 

 

यसका साथै स्टिललाई जोड्नका लागि ‘नटबोल्ट’को सट्टामा धातुको काँटी प्रयोग गरिएको छ । सन् २०११ मा एक रिपोर्ट आएको थियो की सुर्ती तथा तम्बाकु सेवन गरेर थुक्नाले पुलकोे मोटाइमा कमी आएको छ । त्यसपछि यस पुलको संरक्षणमा ध्यान दिँदै स्टिललाई फाइबरको ग्लासले छोपिएको थियो । त्यसका लागि २० लाख भारु खर्च भएको थियो ।  

 


थप समाचार

शुक्रबार र शनिबार सानेपा क्षेत्रमा विद्युत् कटौती हुने

  • 2 hours ago
शुक्रबार र शनिबार सानेपा क्षेत्रमा विद्युत् कटौती हुने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले शुक्रबार र शनिबार राजधानी काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणका सूचना अधिकारी लीलाकुमारी अर्यालका अनुसार पुल्चोक वितरण केन्द

श्रीमानको के–के कुरा श्रीमतीलाई मन पर्दैन ?

  • 2 hours ago
श्रीमानको के–के कुरा श्रीमतीलाई मन पर्दैन ?

पुरूषहरूले गर्ने केही व्यवहारले महिलालाई रिस उठ्ने र परिवारमा तनावको स्थिति आउने गर्छ । पति पत्नीबीच असझदारी हुँदा सम्बन्धमा ठुलो असर समेत पर्ने गर्छ । पुरुषहरुका केही यस्ता बानीहरु रहेका हुन्छन् जसल

भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये ६७.६२ प्रतिशत सङ्क्रमणमुक्त

  • 2 hours ago
भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये ६७.६२ प्रतिशत सङ्क्रमणमुक्त

एजेन्सी । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये ६७.६२ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।



प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

श्रीमानको के–के कुरा श्रीमतीलाई मन पर्दैन ?

श्रीमानको के–के कुरा श्रीमतीलाई मन पर्दैन ?

पुरूषहरूले गर्ने केही व्यवहारले महिलालाई रिस उठ्ने र परिवारमा तनावको स्थिति आउने गर्छ । पति पत्नीबीच असझदारी हुँदा सम्बन्धमा ठुलो असर समेत पर्ने गर्छ । पुरुषहरुका केही यस्ता बानीहरु रहेका हुन्छन् जसले श्रीमतीलाई रिस उठाउन गर्छ । ती बानीहरु यस्ता रहेका छन् ।