डिजिटल सुरक्षाको चुनौतीलाई सामना गर्न हुवावेले तर्कपूर्ण कुरालाई सम्बोधन गर्ने

Global IME
Norvic Hospital

पेरिस । चिनियाँ टेलिकम कम्पनी हुवावेले डिजिटल सुरक्षाको चुनौतीलाई सामना गर्नका लागि तर्कसङ्गतरूपमा सहयोगको अपेक्षा विश्व समुदायबाट कम्पनीले गरेको बताएको छ ।

 

जर्मनीको पोस्टडममा शुक्रबार सम्पन्न नेटवर्क सुरक्षा सम्मेलनमा हुवावे कम्पनीका उप प्रबन्धक हु हौ खुनले डिजिटल सुरक्षाको चुनौतीलाई सामना गर्नका लागि आउने तर्कपूर्ण कुरालाई कम्पनीले सम्बोधन गरेर अघि बढ्ने बताए । 

 

उप प्रबन्धक हुले सम्मेलनमा सम्बोधन गर्दै उक्त विचार व्यक्त गरेका हुन् । उनले डिजिटल प्रबिधिको तीब्र विकासले धेरै नयाँ सुरक्षा चुनौतीहरू ल्याउँने र कूनै व्यक्ति, व्यवसाय वा मुलुकले यी चुनौतीहरू व्यक्तिगत रूपमा सामना गर्न नसक्ने भन्दै सम्बन्धित सबै पक्षले तथ्यहरूको आधारमा जोखिम मूल्यांकन गर्दै संयुक्त रुपमा सहयोग गर्न आह्वान गरेका हुन् । 

 

उनले हुवावे  कम्पनीले डिजिटल सुरक्षालाई व्यापारिक हितभन्दा माथि राखेको भन्दै यो हुवावेको सम्पूर्ण खुल्ला पारिस्थितिको प्रणालीमा लागू भएको उल्लेख गरे । 

 

अमेरिकी सरकारले हालै हुवावे प्रतिबन्ध लगाएको छ । सोबारे उनले हुवावेले अनौठो आरोप र धेरै अनुचित प्रतिबन्ध पाएको छ भन्दै यसले हुवावे हजारौँ आपूर्तिकर्ताहरू र उपभोक्ताहरूलाई नकारात्मक प्रभाव पारेको औँल्याए । यो द्रुत निर्णयले विश्वव्यापी आपूर्ति शृङ्खलालाई असर गरेको भन्दै बजार प्रतिस्पर्धामा बाधा पुगेको र अन्तर्राष्ट्रिय व्यापारिक मान्यताहरुको उल्लङ्घन भएको उनले बताए ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

मेघ गर्जनसहित वर्षाको सम्भावना

  • 30 minutes ago
मेघ गर्जनसहित वर्षाको सम्भावना

हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव कायम छ । यसका कारण देशका पहाडी भू–भागमा आंशिक बदली छ ।

होटलमा ६० करोड लगानी, तीन सयलाई रोजगारी

  • 1 hour ago
होटलमा ६० करोड लगानी, तीन सयलाई रोजगारी

आतिथ्य सेवा क्षेत्रमा लगानी गर्दै आएको होटल पौवा प्रालिले पर्यटकीय सहर पोखराको लेकसाइडमा होटलको ११औँ शाखा सञ्चालनमा ल्याएको छ ।

चरित्रमा बाँच्ने अभिनेत्री सुरक्षाका नयाँ चलचित्र

  • 2 hours ago
चरित्रमा बाँच्ने अभिनेत्री सुरक्षाका नयाँ चलचित्र

चरित्रमा बाँच्ने अभिनेत्रीमा सुरक्षा पन्तको नाम अगाडि आउँछ । उनले अभिनय गरेको चलचित्र र भूमिकालाई हेर्ने हो भने अभिनयप्रतिको समर्पण देखिन्छ ।



पर्यटन

प्यासिफिक एसिया ट्राभलको शिखर सम्मेलन पोखरामा हुँदै

प्यासिफिक एसिया ट्राभलको शिखर सम्मेलन पोखरामा हुँदै

कास्की । देशकै प्रमुख पर्यटकीय सहर पोखरामा पहिलोपटक प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)को वार्षिक शिखर सम्मेलन हुने भएको छ ।

जीवनशैली

काजु खानुका यस्ता छन् फाइदाहरु

काजु खानुका यस्ता छन् फाइदाहरु

बजारमा महँगो मूल्यमा बिक्री हुने काजुका फाइदा पनि बढी धेरै नै छन् । धेरै फाइदा भएकै कारण धेरै पैसा हालेर काजु किन्नु परेको हो ।