गाडी चलाउने ‘हम जाएगा’ कसरी घोडा चढ्न पुगे?
- नेपाली पत्र संवाददाता
- शुक्रबार, २ मंसिर, २०७९
- 2 months ago
- कला र मनोरञ्जन

खरसाङ (भारत)। दार्जीलिङबाट विश्वभरकै नेपाली समाजमा ‘हम जाएगा’ जोक्स अर्थात चुटकिलाका कारणले चर्चित बने। सबैलाई थाहा भएकै कुरा हो ‘हम जाएगा’ पेशाले एकजना गाडीका चालक थिए।
उनले चलाउने गाडी भनेको सन् १९७० को दशकमा जीप वा ल्याण्डरोभर हो। यसैबाट उनका नाममा हजारौं जोक्सहरु सृजना भयो। जीप र ल्याण्डरोभर चलाउने ‘हम जाएगा’ घोडामा चढेको भन्ने सुन्दा अर्को कुनै जोक्स पो हो कि भन्ने ठान्नु स्वाभाविक हो। गाडी चलाउने ‘हम जाएगा’ कसरी घोडा चढ्न पुगे त? भन्ने कुरा सबैलाई अनौठो लाग्न सक्छ। अब ‘हम जाएगा’ घोडा चढेको हेर्नु हो भने ‘हम जाएगा हुन्छ म पनि’ चलचित्र हेर्नुपर्छ र मात्र कारण थाहा लाग्छ। ‘हम जाएगा’ भनेपछि विश्वभरका नेपालीको हेराइ सोझै दार्जीलिङ’मा फर्किन्छ।
सन् १९७० को दशकमा दार्जीलिङको एउटा चर्चित व्यक्तित्वले पाएको नाम हो ‘हम जाएगा’। ‘हम जाएगा’को असल नाम हो दलबहादुर गुरुङ। जोक्स–चुटकिलाहरुका खानी भएका हुनाले उनको नाम नै जीवनभर ‘हम जाएगा’ रह्यो। उनको नाममा हजारौं जोक्सहरु बनियो, धेरैले आफ्नै जोक्स सृजना गर्दा पनि त्यसमा ‘हम जाएगा’को नाम समावेश गर्थे। उनकै जोक्सहरुको संकलन गरेर धेरैअघि ‘हम जाएगाको डायरी’ पनि प्रकाशित भएको थियो। ‘हम जाएगा’लाई नै मूल आधार बनाएर दार्जीलिङका प्रतिभाशाली युवा निर्देशक अदित्य रायाले चलचित्र ‘हम जाएगा हुन्छ म पनि’ चलचित्र बनाएका छन्। यसको कथा पनि निर्देशक आदित्य राया स्वयंले लेखेका हुन्। सन् २०१८ देखि यो चलचित्रको शुटिङ शुरु भएको थियो, तर सन् २०२०(२१ कोरोनाभाइरसको महामारी बाधा बनेपछि यस वर्ष यो चलचित्र पूरा भयो। अहिलेघरि यो चलचित्र दार्जीलिङमा सफलतापूर्वक चलिरहेको छ ियस चलचित्रलाई चरणवद्ध रुपमा बेग्ला बेग्लै ठाउँमा प्रदर्शन गरिने भएको छ।
आउँदो २५ नोभेम्बरदेखि यो चलचित्र खरसाङमा प्रदर्शन हुने भएको छ भने साथमा अन्य ठाउँका सिनेमा घरहरुमा प्रदर्शन हुनेछ। यस चलचित्रका निर्माता वैष्णवी प्रोडक्सनद्वारा खरसाङमा पत्रकार सम्मेलन आयोजना गर्यो। पत्रकार सम्मेलनमा निर्देशेक अदित्य रायाले बताएअनुसार यस चलचित्रले दार्जीलिङ पहाडी भेकको जनजीवन र संघर्षलाई हसाउँदै हसाउँदै उजागर गरेको छ भने कहिँ दुःखान्त रुपमा पनि प्रस्तुत गरिएको छ। यसको शुटिङ दार्जीलिङ पहाडी भेककै प्रसिद्ध पर्यटन स्थल सन्दकफू, फालुट, सामानदेनजस्ता प्राकृतिक सुन्दरता भरिएको मनोरम ठाउँहरुमा गरिएको आदित्य रायाले बताए। यस चलचित्रमा दार्जीलिङ पहाडी भेकका सुपरिचित दिग्गज कलाकार जीवन गुरुङ, देवराज शेर्पा, ललित गोले, सिक्किमका वरिष्ठ पत्रकार हेमन्त गिरी छन् भने अन्य नयाँ कलाकारहरुमा आदर्श थामी, अञ्जली सुब्बा, नेहा परियार रहेका छन्। यस चलचित्रमा निर्देशक अदित्य राया स्वयंले सङ्गीत दिएका छन् भने सुपरिचित गायकहरु पुष्पन प्रधान, पवन गोले, शेखर राई, माया प्रधान, रेमन्ती राई रहेका छन्। चलचित्रको छायांकन विनय शंकरले गरेका छन्। वैष्णवी प्रोडक्सनको यो दोस्रो चलचित्र हो। यस भन्दा अघिको चलचित्र ‘पुनर्जन्म कथाको शुरुवात’ पनि सफलतापूर्वक प्रदर्शन भइसकेको छ।
चलचित्रका मुख्य पात्र ‘हम जाएगा’को भूमिका जीवन गुरुङले निर्वाह गरेका छन्। सामानदेनमा घोडामा चढेको शुटिङ गर्दा लडेर हात उनको हात भाँचिएको थियो। गाडीको सुविधा नभएको सो ठाउँबाट उनलाई उपचारको लागि डोकोका बोकेर तीन घण्टा हिडेर रम्माममा ल्याउनु परेको थियो। आफूलाई ‘हम जाएगा’को भूमिका मन परेको र चलचित्र राम्रो बनिएको बताउँछन्। चलचित्रका अर्का सुपरिचित कलाकार देवराज शेर्पाको भनाइअनुसार भाषा, संस्कृतिको संरक्षणको लागि चलचित्रको भूमिका आवश्यक छ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
केपी ओलीको नाममा गोल्डकप फुटबल प्रतियोगिता हुने
- 2 minutes ago

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाममा गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ। एमालेको भातृ संगठन युवा संघ नेपालले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता फागुन ११ देखि १७ गतेसम्म का
न्यायाधीश भट्टराईको प्रश्नः नागरिकता प्राप्त गर्नु र त्यसलाई प्रयोग नगर्नुमा केही फरक छ र?
- 49 minutes ago

काठमाडौँ। सर्वोच्च अदालतको संवैधानिक इजलासको बहसमा न्यायाधीशको प्रश्नमा गृहमन्त्री रवि लामिछानेका वकिलले जवाफ फर्काउन असमर्थ भएका छन्। शुक्रबारको सुनुवाइमा न्यायधीश आनन्दमोहन भट्टराईको प्रश्नमा रविका
माडागास्करमा आँधीबाट १६ को मृत्यु, १९ बेपत्ता
- 59 minutes ago
अन्टानानारिभो। माडागास्करमा आँधीबाट कम्तीमा पनि १६ जनाको ज्यान गएको शुक्रबार बताइएको छ। त्यहाँ आँधीमा परेर कम्तीमा पनि १६ जनाको ज्यान गएको र अरु १९ जना हाराएका सो समाचारमा जनाइएको छ ।प्राप्त समाचार अन
पर्यटन
जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन

पोखरा। माघ १ गते पोखराको सेतीखोंचमा यति एयरलाइन्सको जहाज दुर्घटना भएपछि पोखराको पर्यटन क्षेत्र सुस्ताएको छ। अङ्गेजी नयाँ वर्षसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि चलायमान बनेको यहाँको पर्यटन व्यवसाय जहाज दुर्घटनापछि फेरी सुस्ताएको हो।
जीवनशैली
साउना, स्टिम र जाकुजी लिने बढ्दै, शरीरलाई आनन्द र तनावमुक्त राख्ने

आजभोलि मानिसहरु थकानबाट मुक्त हुनका लागि स्पा, साउना, स्टिम, जाकुजी जस्ता सेवाबाट आनन्द लिने गरेको पाइएको छ ।
विचित्र विश्व
रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।