‘नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ हुँदै
- शनिबार, २ पुष, २०७९
- 3 months ago
- कला र मनोरञ्जन

काठमाडौँ । सामाजिक न्याय र मानवअधिकारलाई प्रश्रय गर्ने उद्देश्यले ‘नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ को १० औँ संस्करण आयोजना हुने भएको छ ।
मानवअधिकार चलचित्र केन्द्रको आयोजनामा पुस ३ देखि ६ गतेसम्म काठमाडौँस्थित नेपाल पर्यटन बोर्डको हलमा महोत्सव सञ्चालन हुनेछ । ‘जलवायु परिवर्तन र पर्यावरण न्याय’ को नारासहित आयोजना गरिने महोत्सवको उद्घाटनमा शान्ता नेपाली निर्देशित वृत्तचित्र ‘क्लाइमिङ ट्याम्पेचर्स, टप अफ द वल्र्ड’ र समापन समारोहमा दीपक रौनियार निर्देशित ‘फोर नाइट्स’ देखाइनेछ ।
विश्वभरिबाट खुला आवेदनमार्फत सङ्कलन गरिएका कथानक चलचित्र, वृत्तचित्र, एनिमेसनलगायत नेपालसहित २५ देशका ६४ चलचित्र महोत्सवमा देखाइने छ । नेपालबाट निर्देशक अभिनाशविक्रम शाह, भारतबाट लेखक तथा निर्देशक अनिर्वाण भट्टचार्य, कोरियाबाट मावनअधिकार अभियन्ता तथा महोत्सव निर्देशक सुली दिलबर र इजरायलबाट लेखक तथा निर्देशक ओश्रा स्वार्ज रेम जुरीको रुपमा छन् ।
महोत्सवमा प्रर्दशन गरिने चार विधाका उत्कृष्ट चलचित्रलाई नगदसहित अवार्ड प्रदान गरिने छ । एक उत्कृष्ट नेपाली महिला निर्देशकलाई अवार्ड प्रदान गरिने छ । महोत्सवमा ‘लुकेरा बसेका कथालाई कसरी वृत्तचित्रमा प्रस्तुत गर्ने ?’ विषयमा भारतीय वृत्तचित्र निर्देशक अनिर्वाण भट्टचार्यको प्रवचन र ‘जलवायु परिवर्तन र न्यायसम्बन्धी’ विषयमा मानवअधिकारकर्मी, जलवायुसम्बधी विज्ञ, चलचित्रकर्मीसँग प्यानल छलफल हुनेछ । महोत्सवका निर्देशक पाण्डव खत्रीले चलचित्रकर्मी र मानवअधिकारको क्षेत्रमा क्रियाशील व्यक्तित्वका लागि महोत्सवले योगदान दिने विश्वास व्यक्त गरे ।
“विदेशी फिल्म कसरी निर्माण भइरहेका छन्, कथा कसरी छनोट गरिएको छ, कथा वाचन गर्ने शैली, पात्र चयन, पात्रको अभिनय, त्यसको खिचाइ कस्ता छन् भन्ने कुराबाट युवा पुस्ताका चलचित्र निर्देशकले अनुभव गर्न पाउनेछन् । यस्ता खालका महोत्सवबाट नेपाली कला, संस्कृतिको साथै नेपालको अन्तर्राष्ट्रिय छवि निर्माणमा समेत सहयोग पु¥याउने विश्वास लिएका छौँ”, निर्देशक खत्रीले भने ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
चर्चित फुटबलर ओजिलद्वारा सन्यास, भावुक हुँदै के भने ?
- 3 minutes ago

जर्मनीका पूर्व मिडफिल्डर मेसुट ओजिलले फुटबलबाट सन्यासको घोषणा गरेका छन् । आर्सनल, रियल मड्रिड र जर्मनीका पूर्व मिडफिल्डर ओजिल पछिल्लो समय टर्किस क्लब इस्तानबुल बसाकसेहिरमा आवद्ध थिए ।
मेघ गर्जनसहित वर्षाको सम्भावना
- 38 minutes ago

हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव कायम छ । यसका कारण देशका पहाडी भू–भागमा आंशिक बदली छ ।
होटलमा ६० करोड लगानी, तीन सयलाई रोजगारी
- 1 hour ago

आतिथ्य सेवा क्षेत्रमा लगानी गर्दै आएको होटल पौवा प्रालिले पर्यटकीय सहर पोखराको लेकसाइडमा होटलको ११औँ शाखा सञ्चालनमा ल्याएको छ ।
पर्यटन
प्यासिफिक एसिया ट्राभलको शिखर सम्मेलन पोखरामा हुँदै

कास्की । देशकै प्रमुख पर्यटकीय सहर पोखरामा पहिलोपटक प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)को वार्षिक शिखर सम्मेलन हुने भएको छ ।
जीवनशैली
काजु खानुका यस्ता छन् फाइदाहरु

बजारमा महँगो मूल्यमा बिक्री हुने काजुका फाइदा पनि बढी धेरै नै छन् । धेरै फाइदा भएकै कारण धेरै पैसा हालेर काजु किन्नु परेको हो ।
विचित्र विश्व
महाठग चन्द्रशेखरले भनेः गरिब कैदीलाई करोडौँ रकम प्रदान गर्ने चाहन्छु

एजेन्सी । आफैँ कैदमा रहेका एक बन्दीले कारागारमा रहेका कैदीबन्दी तथा उनीहरूका परिवारका लागि रु पाँच करोड ११ लाख प्रदान गर्ने चाहना व्यक्त गरेका छन् ।