Techie IT
२०८१ वैशाख ६, बिहीबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिकांग्रेसको सस्थापन इतरको टोलीले सभापति देउवालाई भेटे

कांग्रेसको सस्थापन इतरको टोलीले सभापति देउवालाई भेटे


काठमाडौँ। नेपाली कांग्रेसको सस्थापन इतरका नेता शेखर कोइराला नेतृत्वको एक टोलीले सभापति शेरवहादुर देउवालाई भेटेका छन्। भेटमा इतर पक्षले सरकारको कामकारवाही देखि पार्टी सभापतिको कार्यशैलीसम्मका विषयमा असन्तुष्टि जनाएका छन्।

सस्थापन इतरका नेता शेखर कोइराला, उपसभापति धनराज गुरुङ र सहमहामन्त्री जीवन परियारले आज बिहान सभापति देउवासँग भेट गरेका हुन्। देउवा निवास धुम्बराहीमा भएको भेटमा उनीहरुले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको कामदेखि देउवाको पार्टी सञ्चालन शैलीमै असन्तुष्टि पोखेका हुन्।

सस्थापनइतरका कोइराला पक्षका नेताहरुको मंगलबार काठमाडौँमा बैठक बसेको थियो। सोही बैठकको निश्कर्ष सुनाउन र कार्यशैली सुधार गर्न देउवालाई उनीहरुले भेटमा आग्रह गरेका हुन्।

कोइराला पक्ष प्रधानमन्त्री प्रचण्डले सरकारको नेतृत्वमा बसेर अराजकता मञ्चाउन थालेको निश्कर्षमा छ। प्रचण्ड नेतृत्वको सरकार कांग्रेसले टिकाएको र कांग्रेसलाई कमजोर बनाउने गरि प्रचण्ड अहिले अराजक शैलीमा हिड्न खोजेको यो समुहका नेताहरुको ठम्याई छ। उनीहरुले प्रचण्ड सरकारको विकल्प खोजेर कांग्रेसकै नेतृत्वमा सरकार बनाउनुपर्ने लविङ पनि भित्री रुपमा गरिरहेका छन्।

तर, देउवासँगको आजको भेटमा प्रचण्ड सरकारको काममा असन्तुष्टि जनाएपनि विकल्पका बारेमा भने कोइरालालगायतका नेताहरुले केही नबताएको कांग्रेस स्रोतको भनाई छ। कांग्रेसको केन्द्य्रीय समिति बैठक भोलि देखि सुरु हुँदैछ। केन्द्रीय समिति बैठक अगाडी कोइराला पक्षले काठमाडौँमा आफु निकट नेताहरुसँग छलफल गरेर आज सभापति देउवासँग भेट गरेको हो।

देउवासँगको भेटमा कोइराला लगायतका सस्थापनइतरका नेताहरुले कोशी प्रदेश सरकार, संघीय सरकारको प्रभावकारिता, सभापतिका निर्णय प्रक्रिया, संसदीय समितिको सभापति चयन, भ्रातृ संस्थाका पदाधिकारी तथा सदस्य चयनमा भएको मनोमानी लगायतका विषयमा केन्द्रीत रहेर आफुहरुको धारणा राखेका हुन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘फर्की फर्की’को ट्रेलर सार्वजनिक

काठमाडौँ । नेपाली कथानक चलचित्र ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक भएको छ । आज सार्वजनिक गरिएको ट्रेलर अनमोल केसीमा केन्द्रित छ

निवर्तमान श्रममन्त्री भण्डारीका विवादास्पद निर्णय खारेज

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पूर्वप्रस्थान अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि २०७६ को पहिलो शंसोधन खारेज गरेको छ।

मोरङमा अर्को सूचना जारी नभएसम्म भेला, सम्मेलन, र्‍यालीलगायतमा रोक

मोरङ । जिल्ला प्रशासन कार्यालय मोरङले अर्को सूचना जारी नभएसम्मको लागि जिल्लामा सभा, सम्मेलन, र्‍याली, भेला, प्रदर्शन गर्न रोक लगाएको

शेयर बजार साढे १९ अङ्कले घट्यो

काठमाडौँ । शेयर बजार आज पनि दोहोरो अङ्कले घटेको छ । पछिल्ला पाँच वटा कारोबार दिनदेखि शेयर बजार ओरालो लागिरहेको

सुदूरपश्चिमको मुख्यमन्त्रीमा दीर्घ सोडारीको दाबी पेस

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका दीर्घ सोडारीले दाबी पेस गरेका छन् । एकीकृत समाजवादी सुदूरपश्चिम संसदीय दलका नेता

मुक्तिनाथ विकास बैंक र फाइनान्स फ्रेन्डबीच समझदारी

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेड र र फाइनान्स फ्रेन्डबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा बैंकका सहायक नायाव प्रमुख

Techie IT