हुवावे विरुद्ध अस्ट्रेलिया, अमेरिकाको नयाँ प्रस्ताव
- शुक्रबार, १२ असोज, २०७५
- 4 years ago
- अष्ट्रेलिया
- अन्तर्राष्ट्रिय

सिड्नी । संयुक्तराज्य अमेरिका र प्रशान्त महासागरीय देशहरुको गठबन्धनले पपुवा न्यू गिनी (पिएनजी)मा सञ्चार सञ्जाल निर्माण गर्नबाट चिनीया बहुराष्ट्रिय कम्पनी हुवावेलाई रोक्ने तयारी भइरहेको अस्ट्रेलियास्थित अमेरिकी कुटनीतिज्ञले बताएका छन् । प्रशान्त क्षेत्रमा बढ्दो चिनीया प्रभावलाई नियन्त्रण गर्न यस्तो कदम चाल्नु परेको उनको भनाइ छ ।
पिएनजीको इन्टरनेट पूर्वाधार निर्माणमा चिनीया कम्पनी हुवावे मुख्य प्रतिस्पर्धी हो, तर अमेरिका, अस्ट्रेलिया र जापानबीच उक्त पूर्वाधार आफैं निर्माण गर्नेगरी छलफल शुरु भएको छ ।
“हामीले हुवावेको विकल्पमा पिएनजीलाई आकर्षक प्रस्ताव दिएका छौं,” अस्ट्रेलियाका लागि अमेरिकी कार्यबाहक राजदूत जेम्स कारुसोले भने, “तर अन्तिम निर्णय गर्ने अधिकार पिएनजी सरकारको हातमा छ ।”
गत अगस्टमा मात्र मुलुकको सुरक्षासँग जोडिएको संवेदनशील सञ्चार क्षेत्रमा विदेशी कम्पनीलाई जिम्मेवारी दिन नहुने कारण देखाउँदै अस्ट्रेलियामा हुवावेलाई फाइभ–जी मोबाइल नेटवर्क बिछ्याउन रोकिएको थियो ।
अस्ट्रेलियाले यसै वर्ष सोलोमोन आइल्यान्डमा समुद्रमुनि इन्टरनेट केबल बिछ्याउने एक परियोजनाबाट हुवावेलाई अलग्याउन भूमिका खेलेको थियो । यो परियोजनाका लागि आवश्यक रकम जुटाउन अस्ट्रेलिया स्वयंले सहयोग गरेको थियो । यो केबल सञ्जालले पिएनजीलाई पनि जोड्ने छ ।
हुवावेले सुरक्षा खतरा रहेको तथा चिनीया सरकारी गुप्तचर निकायसँग सम्पर्क रहेको भन्ने आरोपहरुको लगातार खण्डन गरिआएको छ ।
बेइजिङले प्रशान्त महासागरका राना द्वीपीय राष्ट्रहरुमा पूर्वाधार निर्माणका लागि न्यून ब्याजदरमा अर्बौं डलर ऋण प्रवाह गरिरहेको छ । यी राष्ट्रहरु चीन समेत एसियाका धेरै मुलुकका लागि समुद्रसम्मको पहुँचका लागि महत्वपूर्ण रहिआएका छन् ।
अस्ट्रेलियाले बेइजिङको उक्त कदमको जवाफमा प्रशान्त महासागरीय मुलुकहरुलाई दिइने सहायता रकम बढाउनुका साथै क्षेत्रीय सुरक्षा सम्झौतालाई सुदृढ गरिरहेको छ ।
कारुसोले अमेरिका र यसका साझेदार मुलुकहरुसँग व्यवसायका लागि प्रशान्त क्षेत्रीय मुलुकहरुलाई सहज वातावरण निर्माण गर्नु पनि आवश्यक रहेको बताए । “यसको मुख्य कुरा नै विकल्प दिनु हो, चीनसँग व्यवसाय नै गर्न हुँदैन भनेर रोक्न सकिन्न ।”
उनले भने, “चीनले आफ्नो प्रस्ताव टेबलमा राखिसक्यो, अब हामी कसरी प्रतिस्पर्धी हुने भन्ने अर्को कुरा हो ।”
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
इन्डोनेसियाका राष्ट्रपतिद्वारा डडेलो नियन्त्रणका लागि तयार रहन आग्रह
- 11 minutes ago

एजेन्सी । इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले बुधबार प्रहरी र सेनाका अधिकारीहरूलाई एल निनो सुक्खा मौसम नजिकिँदै गरेकाले सम्भावित डेडेलोको प्रोकलाई रोक्न तयार रहन आग्रह गरेका छन् ।
चुनौतीलाई सम्भावनामा बदल्ने गरी सरकार अगाडि बढेको छ: मन्त्री भण्डारी
- 21 minutes ago

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आजका राष्ट्रिय अभिभारा तथा राष्ट्रिय चुनौतीलाई सम्भावनामा बदल्ने गरी सरकार अगाडि बढेको बताएका छन् ।
एकीकृत सरकारी कर्मचारी सङ्गठनको अधिवेशन हुने
- 35 minutes ago

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) निकट एकीकृत सरकारी कर्मचारी सङ्गठनको आगामी फागुन २६ र २७ गते काठमाडौँमा प्रथम राष्ट्रिय अधिवेशन हुने भएको छ ।
पर्यटन
किस्पाङ गुम्बा

नुवाकोट । नुवाकोटको किस्पाङ गाँउपालिका–३ मा अवस्थित प्रसिद्ध किस्पाङ गुम्बा । भारतको कर्नाटकस्थित स्यार गादेन बुद्धिष्ट कल्चरल एसोसिएशन गुम्बासँगको समन्वयमा किस्पाङ गुम्बाले लामा अध्ययनको प्रारम्भिकदेखि पिएचडी तहसम्मको अध्ययनको प्रबन्ध मिलाएको छ । तस्बिरः रामहरि न्यौपाने÷रासस
जीवनशैली
घरमा रातो रंगका वस्तुहरू यस दिशामा राख्नुहोस्

एजेन्सी । यदि हामीले आफ्नो जीवनमा वास्तुशास्त्रका नियमहरू लागू गर्यौं भने हामीलाई सफल हुनबाट कसैले रोक्न सक्दैन।
विचित्र विश्व
उपराष्ट्रपतिको श्रीमानलाई अमेरिकी प्रथम महिलाले चुम्बन गरेपछि...

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनकी पत्नी जिल बाइडेनले उपराष्ट्रपति कमला ह्यारिसनका खसमको ओठमा चुम्बन गरेर संसारलाई आश्चर्यचकित बनाएकी छन् ।