बेलायतमा चिनियाँ प्रविधि कम्पनी हुवावेद्वारा प्रचार तिब्र

  • बिहीबार, २९ जेष्ठ, २०७७
  • 4 months ago
  • युके

लण्डन ।  बेलायत सरकारले चिनियाँ प्रविधि कम्पनी हुवावेका उपकरण प्रयोग गर्ने बारेमा सकारात्मक संकेत देखाएलगत्तै हुवावेले कम्पनीका सामग्रीको विज्ञापनलाई तिब्र बनाएको छ । 

 

अमेरिकी ट्रम्प प्रशासनले हुवावेमाथि चौतर्फी घेराबन्दी गरेका कारण पश्चिमी मुलुकमा हुवावेका सामग्री बिक्रीमा कठिनाई उत्पन्न भइरहेको समयमा बेलायतको पछिल्लो संकेतले हुवावे उत्साहित भएको छ । 

 

हुवावे चीनको विशाल प्रविधि कम्पनी हो । यसले तिब्र गतिको फाइब–जी दूरसंचार नेटवर्क विकास गर्नुका साथै सस्तो मूल्यमा मोबाइल सेट समेतका विद्युतीय सामग्री उत्पादन र बिक्री गर्दै आएको छ । 

 

हुवावेको फाइब–जी प्रविधि मार्फत चीनले देशका महत्वपूर्ण सूचनामा पहुँच कायम गर्ने र त्यसको चोरी गर्ने सम्भावना रहेको अमेरिकी आरोप छ । तर हुवावेले अमेरिकी आरोपको निरन्तर खण्डन गरिरहेको छ । हुवावेका कारण चीन र अमेरिकाबीच विवाद समेत भइरहेको छ । 

 

यसैबीच क्यानाडाका दुई ठूला दूरसंचार प्रदायक कम्पनीले हुवावेका दूरसंचार उपकरण खरिद नगर्ने घोषणा गरेका छन् । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

कृषि क्षेत्रको पुनरुत्थानको लागि विश्व बैंकले ९ अर्ब ४४ करोड ऋण सहयोग गर्ने

  • 4 minutes ago
कृषि क्षेत्रको पुनरुत्थानको लागि विश्व बैंकले ९ अर्ब ४४ करोड ऋण सहयोग गर्ने

काठमाडौँ । ग्रामीण उद्यम तथा आर्थिक विकासका साथै महामारीपछिको नेपालको कृषि क्षेत्रको पुनरुत्थानमा सघाउन विश्व बैंकले रु नौ अर्ब ४४ करोड ऋण उपलब्ध गराउने भएको छ । कोभिड–१९ पछिको नेपालको कृषि क्षेत्रको

विष्फोटक पदार्थसहित विप्लव समूहका दुई नेता पक्राउ

  • 9 minutes ago
विष्फोटक पदार्थसहित विप्लव समूहका दुई नेता पक्राउ

विराटनगर । विष्फोटक पदार्थसहित नेत्रविक्रम चन्द विप्लव समूह नेकपाका नेता पक्राउ परेका छन् । विशेष सुराकीका आधारमा मोरङको मिक्लाजुंग गाँउपालिकामा स्थानीयसंग चन्दा असुल गर्दै गर्दा दुई जनालाई प्रहरीले

कांग्रेस केन्द्रीय समिति बैठकको मिति तय

  • 1 hour ago
कांग्रेस केन्द्रीय समिति बैठकको मिति तय

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्ने भएको छ । कात्तिक २१ गते पार्टी कार्यालय सानेपामा बैठक बोलाइएको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।



पर्यटन

मानहुँकोट

मानहुँकोट

दमौली । पोखराका रमेश पौडेल दशैं बिदाको अवसर पारेर तनहुँको व्यास नगरपालिका–५ मानहुँकोट आइपुगे ।

जीवनशैली

दिनहुँ किसमिस खानुहोस्, हुनेछन् यस्ता फाइदाहरु

दिनहुँ किसमिस खानुहोस्, हुनेछन् यस्ता फाइदाहरु

एजेन्सी । धेरै मानिसलाई किसमिस मन पर्छ । यो मिठो मात्र हुँदैन स्वास्थ्यको लागि अति नै प्रभावकारी हुन्छ । शरीरका महत्वपूर्ण अङ्गहरूलाई स्वस्थ र तन्दुरुस्त राख्न रातभरि किसमिस भिजाएर बिहान सेवन गर्न चिकित्सकहरू सल्लाह दिन्छन् ।