आइकाओ महासभामा पर्यटनमन्त्रीले भनेः नेपाली आकाश सुरक्षित छ

Global IME
Mega Bank
Norvic Hospital

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङगठन (आइकाओ)को ४१औँ त्रैवार्षिक महासभामा सम्बोधन गर्दै नेपाली आकाश सुरक्षित रहेको बताएका छन् ।

      

क्यानडाको मड्रियल सहरमा जारी महासभामा बुधबार सम्बोधन गर्दै मन्त्री श्रेष्ठले आइकाओले प्रतिपादन गरेका मापदण्ड र सुझावअनुरुप हवाई सुरक्षामा नेपालले उल्लेखनीय प्रगति गरेको बताएको पर्यटनमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

  

पर्यटनमन्त्री श्रेष्ठले आइकाओको प्रतिवेदनमा हवाई सुरक्षा मापदण्ड परिपालनमा नेपालको अङ्क विश्वव्यापी मापदण्डभन्दा बढी रहेकाले नेपाली आकाश सुरक्षित रहेको उल्लेख गरे । उनले उड्डयन क्षेत्रलाई सुरक्षित, भरपर्दो र स्तरीय बनाउने सरकारको प्रतिबद्धता रहेको बताए ।

  

नेपालको भू–धरातललाई दृष्टिगत गर्दा हवाई यातायातको विकल्प नभएको मन्त्री श्रेष्ठले उल्लेख गर्दै हवाई सेवालाई सुरक्षित, नियमित, स्तरीय र प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेको बताए ।

 

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भइसकेको तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अन्तिम चरणमा रहेको उल्लखे गर्दै उनले हवाई सम्पर्क विस्तार, विमानस्थल स्तरोन्नति तथा नयाँ विमानस्थल निर्माणलाई सरकारले प्राथमिकतामा राखेको बताए ।

 

यसअघि मन्त्री श्रेष्ठले आइकाओ मुख्यालयमा महासचिव जुआन कार्लोस सालजार र आइकाओ काउन्सिल अध्यक्ष साल्भाटोर साचिटानोसँग भेट गरी नेपालले हवाई सुरक्षा अभिवृद्धिमा उल्लेख्य सुधार गरेकाले इयुले नेपाललाई उडान सुरक्षासूचीमा राखिरहने औचित्य नरहेको बताएका थिए । 

 

आइकाओ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पर्यटनमन्त्री श्रेष्ठ यही असोज ९ गते क्यानडा गएका हुन् । महासभामा एक सय ९३ देशका मन्त्री तथा उच्चपदस्थ अधिकारी सहभागी छन् ।  

      

आगामी अक्टोबर ७ सम्म चल्ने महासभामा पर्यावरण संरक्षण, उड्डयन सुरक्षा र सहजीकरण, उड्डयन क्षमता र दक्षता अभिवृद्धिका साथै हवाई यातायात र आर्थिक विकासलगायत उड्डयन नीति, रणनीति तथा यस क्षेत्रमा रहेका समस्या समाधानबारे छलफल हुनेछ । आइकाओको महासभामा सदस्य राष्ट्रको निर्वाचनका लागि मतदान हुनेछ । महाशाभामा एभिएशन क्षेत्रको सुधार, सुरक्षा रणनीतिलगायत विषयमा छलफल हुने प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए। नेपाली प्रतिनिधिमण्डल अक्टोबर ५ मा नेपाल फकिर्ने कार्यक्रम छ ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

प्रचण्ड परिवारसहित सुकुटे पुगे

  • 2 hours ago
प्रचण्ड परिवारसहित सुकुटे पुगे

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफ्नो परिवारसहित सुकेटे पुगेका छन्। प्रचण्ड रिफ्रेस हुन परिवारसहित सिन्धुपाल्चोकको सुकेटे पुगेका हुन्। बुधबार दिउँसो सुकुटे पुगे

आफू पार्टी संसदीय दलको चुनावमा केन्द्रित रहेको गगन थापाको भनाई

  • 3 hours ago
आफू पार्टी संसदीय दलको चुनावमा केन्द्रित रहेको गगन थापाको भनाई

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू पार्टी संसदीय दलको चुनावमा केन्द्रित रहेको बताएका छन्। बुधबार महिला सुरक्षा दबाब समूह नेपालले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै क

समानुपातिकतर्फ एकीकृत समाजवादीले ल्यायो २.९ प्रतिशत मत

  • 3 hours ago
समानुपातिकतर्फ एकीकृत समाजवादीले ल्यायो २.९ प्रतिशत मत

काठमाडौँ। प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा एमालेले २७ लाख २० हजार ६९२ मत ल्याएको छ। निर्वाचन आयोगको अनुसार १ लाख ७१ हजार ३६३ मत गणना गर्दा एमालेले २७.३ प्रतिशत मत ल्याएको हो। समानुपातिकको दो



पर्यटन

पर्वतमा जिपलाइनबाट साइकलयात्रा

पर्वतमा जिपलाइनबाट साइकलयात्रा

विश्व साइकलयात्री अजित बरालले पर्वतमा सञ्चालित जिपलाइनमा पहिलोपटक साइकल कुदाएका छन् । कुश्मास्थित जिपलाइनमा उहाँले मङ्गलबार साइकल कुदाएका हुन् । जिपलाइनमा साइकल कुदाउने काम पहिलो भएको बराल बताउँछन् । “अहिलेसम्म जिपलाइनमा साइकलबाट कसैले पनि यात्रा गरेको छैन”, उनले भने । साइकल हावामा कुदाएको जस्तो अनुभव भएको बरालले बताए ।

जीवनशैली

किन केही मानिसहरू कालो लुगा लगाउन रुचाउँछन् ? शास्त्र र मनोविज्ञान के भन्छ जान्नुहोस्

किन केही मानिसहरू कालो लुगा लगाउन रुचाउँछन् ? शास्त्र र मनोविज्ञान के भन्छ जान्नुहोस्

एजेन्सी । हाम्रो जीवनमा रंङहरुको फरक फरक महत्व हुन्छ । हरेक रङले केही विचार, विचार र ऊर्जा ल्याउँछ। कालो रंगको कुरा पनि त्यस्तै हो । वास्तवमा तपाईले देख्नु भएको होला कि केहि मानिसहरु लगातार कालो कपडा लगाउन रुचाउँछन्।

विचित्र विश्व

पेन्टागनको प्रतिवेदनः चीनले बढाउँदै छ आणविक हतियार, २०३५ सम्ममा १५ सय आणविक बम बनाउने

पेन्टागनको प्रतिवेदनः चीनले बढाउँदै छ आणविक हतियार, २०३५ सम्ममा १५ सय आणविक बम बनाउने

एजेन्सी । पेन्टागनले हालै आफ्नो प्रतिवेदन जारी गर्दै आणविक हतियारबारे चिन्ता व्यक्त गरेको छ । पेन्टागनले आफ्नो प्रतिवेदनमा चीनसँग अहिले ४ सय आणविक बम रहेको र सन् २०३५ सम्ममा कम्तीमा १५ सय आणविक बम बनाउने दाबी गरेको छ ।