चुनाव जितेपछि इमरान खानले के भने ?

Norvic Hospital

एजेन्सी । पाकिस्तान तहरिक–ए–इन्साफ (पीटीआई) का अध्यक्ष इमरान खानले आफ्नो दल निर्वाचनमा विजयी भएको दाबी गरेका छन् । तर विपक्षीहरुले भने निर्वाचनमा ब्यापक धाँधली भएको आरोप लगाएका छन् । निर्वाचनको औपचारिक परिणाम घोषणा हुन भने बाँकी छ ।

 

पाकिस्तान क्रिकेट टिमका पूर्वकप्तान समेत रहेका खानले एउटा टेलिभिजन सम्बोधनमा भने, ‘हामी सफल भएका छौं र हामीलाई जनमत प्राप्त भएको छ ।’

 

निर्वाचनको नतिजा हेर्दा कुनै पनि दलले स्पष्ट बहुमत भने नल्याउने देखिएको छ । खानको पार्टी पीटीआईले सरकार बनाउनका लागि अन्य दलसँग गठबन्धन बनाउनुपर्नेछ ।

 

उनले सम्बोधनका क्रममा भारतसँगको सम्बन्ध सही रुपमा अघि बढ्नुपर्नेमा जोड दिए । भारत र पाकिस्तानबीच ब्यापारिक सम्बन्ध राम्रो हुनुपर्ने पनि बताए । यसअघिका राजनीतिज्ञले पनि भारतसँगको राम्रो सम्बन्ध चाहेको बताउने गरे पनि व्यवहारिक रुपमा त्यसो हुन सकेन ।

 

खानले कश्मिर मुद्दाको समाधान हुनुपर्नेमा जोड दिँदै भारत प्रशासित जम्मु कश्मिरमा भारतीय सेनाले विद्रोहीविरुद्ध जारी राखेको कारकाहीको कडा आलोचना गरे ।

 

उनले कश्मिरमा भारतीय सेनाले मानवअधिकारको उल्लंघन गरिरहेको बताए । भारत एक कदम अघि आए आफूहरु दुई कदम अघि आउने भन्दै उनले दुवै देश एसियाका लागि महत्वपूर्ण भएको बताए ।

 

उनले दुई देशबीचको समस्या वार्ताका माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिँदै सम्बन्ध विकास गर्नुपर्ने बताए । दुवै देशमा रहेको गरिबी अन्त्यका लागि पनि व्यापारिक सम्बन्ध आवश्यक रहेको उनको भनाई थियो ।

 

तर, कश्मिरको मुद्दामा भने गम्भीर हुनुपर्ने उनको भनाई थियो । कश्मिरमा आम जनतामाथि भइरहेको ज्यादती र मानवअधिकारको उल्लंघन भइरहनु ठीक नभएको उनले बताए ।

 

उनले भने, ‘कश्मिरी जनता धेरै हैरानी भोगिरहेका छन्, हामीले कश्मिर मुद्दा हल गर्न कोशिस गर्नुपर्छ । किनकी तपाईहरुलाई कश्मिरमा जे–जे भइरहेको छ, त्यो कश्मिरका तर्फबाट भइरहेको छ भन्ने लागेको छ, हामी सम्झन्छौं कि बलुचिस्तानमा जे–जे भइरहेको छ, त्यो भारतका कारण नै भइरहेको छ ।’

 

खानले भारतीय मिडियाको पनि चर्को आलोचना गरे । उनले आफूलाई बलिउडको खलनायकजस्तो देखाएको भन्दै आलोचना गरे । भारतीय मिडियाले पाकिस्तानमा इमरान खान आएमा गलत हुने छ भन्ने शब्द उल्लेख गरेको भन्दै त्यसको आलोचना गरेका हुन् ।

 

उनले कुनै पनि देशलाई शान्तिको आवश्यकता भएको भए, त्यो पाकिस्तानका लागि आवश्यक रहेको उल्लेख गरे । उनले चीनसँगको सम्बन्धलाई अघि बढाउँदै थप मजबुत बनाउने पनि जानकारी दिए । उनले चीनलेजस्तै पाकिस्तानमा पनि गरिबी हटाउन आफूले पूरै कोशिस गर्ने बताए ।

 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

‘श्रमका क्षेत्रमा भएका अनियमितताको सुधारको काम सुरु भइसकेको छ’

  • 6 hours ago
‘श्रमका क्षेत्रमा भएका अनियमितताको सुधारको काम सुरु भइसकेको छ’

तनहुँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले तनहुँमा विकास निर्माणको कामले छलाङ मारेको जिकिर गरेका छन् । नेकपा (एकीकृत समाजवादी) भानु नगर कमिटीले आज आयोजना गरेको कार्यकर्ता भेल

चीनले अफ्रिकालाई महामारी विरुद्ध जुँध्न मद्दत गर्ने

  • 6 hours ago
चीनले अफ्रिकालाई महामारी विरुद्ध जुँध्न मद्दत गर्ने

एजेन्सी । चीनले अफ्रिकालाई कोभिड-१९ महामारी विरुद्ध जुँध्न र विश्व बजारमा आफ्नो प्रतिस्पर्धात्मक क्षमता सुधार गर्न मद्दत गर्ने चाहेको रुसको स्पुतनिक समाचार एजेन्सीले जनाएको छ ।

ए डिभिजन लिगः च्यासल र एनआरटीले अंक बाँडे

  • 6 hours ago
ए डिभिजन लिगः च्यासल र एनआरटीले अंक बाँडे

काठमाडौं । च्यासल युथ क्लब र न्यु रोड टिम (एनआरटी) ले बराबरी खेल्दै अंक बाडेका छन् । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको सहिद स्मारक ए डिभिजन लिग फुटबलमा च्यासल युथ क्लब र एनआरटीले १–१ गोलको बराबरी



पर्यटन

आठौँ तनहुँ महोत्सव पुस २९ देखि

आठौँ तनहुँ महोत्सव पुस २९ देखि

दमौली । तनहुँ उद्योग वाणिज्य सङ्घको आयोजनामा आगामी पुस २९ गतेदेखि आठौँ तनहुँ महोत्सव हुने भएको छ । कोरोनाले दुई वर्षदेखि स्थगित भएको महोत्सव यस पटक हुन लागेको हो । व्यास नगरपालिका–३ स्थित विपी वनबाटिकामा माघ १० गतेसम्म महोत्सव सञ्चालन हुनेछ ।

जीवनशैली

तुलसीको बोटमा यी दिनहरुमा जल चढाउनु हुँदैनः वास्तुशास्त्र

तुलसीको बोटमा यी दिनहरुमा जल चढाउनु हुँदैनः वास्तुशास्त्र

एजेन्सी । आज वास्तुशास्त्रमा तुलसीको बोटसँग सम्बन्धित केही अन्य महत्त्वपूर्ण कुराहरू जान्नुहोस्। परापूर्वकालदेखि नै घरमा तुलसीको बोट रोपेर दिनहुँ जल चढाउने चलन छ । तर, कतिपय विशेष दिनहरु यस्ता हुन्छन् जब तुलसीमा जल चढाउनु हुँदैन । कुन दिन तुलसीमा जल चढाउनु हुँदैन भन्ने बारेमा हामी तपाईलाई बताउँछौँ ।

विचित्र विश्व

हिन्दी फिल्ममा हिरो हेलिकोप्टरमा बसेर दुलहीको घर गएको देखेपछि हेलिकोप्टर चार्टर्ड गरेर विवाह

हिन्दी फिल्ममा हिरो हेलिकोप्टरमा बसेर दुलहीको घर गएको देखेपछि हेलिकोप्टर चार्टर्ड गरेर विवाह

वीरगञ्ज । बाराको सिम्रौनगढ नगरपालिकाका जोगी साहले छोराको विवाहमा हेलिकोप्टर चार्टर्ड गरेर विवाह सम्पन्न गरेका छन् । जोगी बारा जिल्लाअन्तर्गत सिम्रौनगढ नगरपालिका र आर्दशकोतवाल गाउँपालिकाका ख्यातिप्राप्त खाद्यान्न (गोला) व्यापारी हुन् ।