'राष्ट्रको सम्पत्ति लुट्नेलाई छोड्ने छैन'
- शनिबार, २ भदौ, २०७५
- 4 years ago
- अन्तर्राष्ट्रिय

काठमाडौँ । पाकिस्तानको नयाँ प्रधानमन्त्रीका रुपमा इमरान खानले शनिबार सपथ ग्रहण गर्नु भएको छ । मुलुकको सवै भन्दा ठूलो पार्टी पाकिस्तान तेहरिक ए इन्साफ (पीटीआई)बाट प्रधानमन्त्रीको उम्मेदवार भई विजयी हुनु भएका खान पाकिस्तानको २२ औँ प्रधानमन्त्री बनेका छन् ।
प्रधानमन्त्री बन्नका लागि आवश्यक पर्ने १७२ मत मध्ये प्रतिनिधि सभामा शुक्रबार भएको निर्वाचनमा खानले १७६ मत पाएपछि उहाँलाई शनिबार सपथ ग्रहण गराइएको हो ।
खानका प्रतिश्पर्धी तथा पाकिस्तान मुस्लिम लिगबाट प्रधानमन्त्रीको उम्मेदवार बनेका शाहबाज शरिफले भने ९६ मत मात्रै प्राप्त गरेका थिए । सपथग्रहण समारोहमा उच्च पदस्थ व्यक्ति, विदेशी पाहुनाहरुसँगै उनकी श्रीमती बुशरा मेनका पनि सहभागी हुनुभएको समाचारमा जनाइएको छ । खानले आफ्नो मन्त्रिपरिषद् १५ देखि २० सदस्यीय मात्र बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
गत जुलाई २५ तारिखमा पाकिस्तानमा भएको आमनिर्वाचनबाट पूर्वक्रिकेटर खानको पार्टी तेहरिक–ए–इन्साफ (पिटीआइ) ले ११४ स्थानमा जित हासिल गरेर सवै भन्दा ठूलो पार्टी भएको छ ।
सरकार गठनका लागि आफुले मात्रै बहुमत प्राप्त नगरेकाले उनले गठबन्धन सरकार बनाउनु पर्ने भएको छ ।
विपक्षीहरुले अस्विकारेकाले विवादका बीच निर्वाचन आयोगले सार्वजनिक गरेको नतिजाअनुसार, प्रमुख तीन दल तेहरिक–ए–इन्साफले ११४, पूर्वप्रधानमन्त्री नवाज शरिफको पार्टी पाकिस्तान मुस्लिम लीगले ६३ र पाकिस्तान पिपुल्स पार्टीले ३९ स्थान जितेका छन् ।
सन् १९९२ मा भएको विश्वकप क्रिकेटको उपाधि कब्जा गर्न सफल पाकिस्तानी टिमको नेतृत्व गरेका विश्व चर्चित खान अहिले प्रधानमन्त्री बनेका हुन्।
देशमा भ्रष्टाचारविरोधी अभियान चलाउँछुः इमरान खान
यसैबीच शुक्रबार पाकिस्तानको संसदद्धारा प्रधानमन्त्रीमा निर्वाचित र आज सपथ खाएका इमरान खानले देशमा भ्रष्टाचारविरोधी अभियान सञ्चालन गर्ने बताएका छन् ।
उनले भने, मैले विगतदेखि नै पाकिस्तानमा व्याप्त भ्रष्टाचार विरोधी अभियान चलाएको हो र अब देशको नेतृत्व गरेपछि पनि मैले यसलाई थप गति दिनेछु ।
पाकिस्तानी संसदले शुक्रबार प्रधानमन्त्रीमा निर्वाचित गरेपछि उनले देशमा भ्रष्टाचार गर्ने र राष्ट्रको सम्पत्ति लुट्ने कुनै पनि मानिसलाई आफूले नछोड्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
उनले पाकिस्तानमा आफूले परिवर्तन ल्याउने प्रतिबद्धता पनि व्यक्त गरे । पाकिस्तान नयाँ मुस्लिम राष्ट्रका रुपमा स्थापना भएदेखि नै पाकिस्तानी जनताले स्थायीत्व र सुशासनको लागि प्रतिक्षा गरेपछि गएका ७१ वर्षमा त्यो सम्भव नभएको भन्दै आफूले देशवासीको परिवर्तनको चाहनालाई पूरा गर्ने बताए ।
उनले आफू राजनीतिक परिवारको सदस्य नभएको स्पष्टगर्दै भन्नुभयो,न मैले र नत मेरा बुबा या परिवारका अरु कुनै सदस्यले राजनीति गरेका थिए तर मैले भने पाकिस्तानमा निरन्तर २२ वर्षदेखि राजनीतिमा सक्रिय भएर जनताको सामु केही बाचा गरेको छु ।
जनतासमक्ष गरेका यिनै बाचाहरुले नै आफूलाई पाकिस्तानी नागरिकले सत्तामा पु¥याएका हुन् भन्दै अब उनीहरुका लागि र देशका लागि पनि मैले केही गर्छु भनेर लागेको छु, उनले भने ।
पाकिस्तानमा अहिले भ्रष्टाचार व्यापक मात्रामा मौलाएको छ भन्दै यसका कारण जनतामा निराशा छाएको र देशको आर्थिक अवस्था पनि झन कमजोर हुदै गएकोले आफूले भ्रष्टाचार विरोधी अभियानमा लाग्ने निधो गरेको उनले बताए ।
आफ्नो यही बाचाका कारण नै पाकिस्तानी नागरिकले आफूलाई मत दिएर जिताएको र देशको प्रधानमन्त्रीको जिम्मेवारी पनि दिलाएको जानकारी दिए ।
राजनीतिक परिवारबाट नआएका पूर्व क्रिकेटर खानको नेतृत्वलाई पाकिस्तानमा नयाँ आशाका रुपमा लिइएको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ मा हुने
- 24 minutes ago
काठमाडौँ। राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ गते हुने भएको छ। राष्ट्रियसभाको शुक्रबारको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभाको उपाध्यक्षको निर्वाचन माघ २३ गते सोमबार बिहान ११ बजेर
दिनेश र अनुको स्वरमा ‘गैँडा चुरोट’ गीत सार्वजनिक
- 31 minutes ago
काठमाडौँ। गायक दिनेश गौतम र अनु सिंहको स्वर रहेको ‘गैँडा चुरोट’ बोलको गीत सार्वजनिक भएको छ। बिहीबार गायक गौतमकै युट्युब च्यानलबाट गीत सार्वजनिक गरिएको हो। विदुर तिमल्सिना ‘देवदुत’ को शब्द रहेको
उपप्रधानमन्त्री लिङ्देन र नेपालका लागि बेलायती राजदूत पोलिटबीच भेटवार्ता
- 37 minutes ago

उपप्रधान एवं उर्जा जलश्रोत तथा सिंचाई मन्त्री राजेन्द्र प्रसाद लिङ्देन र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटवीच भेटवार्ता भएको छ । उर्जा जलश्रोत तथा सिंचाई मन्त्रालयमा आज शुक्रवार भएको भेट
पर्यटन
जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन

पोखरा। माघ १ गते पोखराको सेतीखोंचमा यति एयरलाइन्सको जहाज दुर्घटना भएपछि पोखराको पर्यटन क्षेत्र सुस्ताएको छ। अङ्गेजी नयाँ वर्षसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि चलायमान बनेको यहाँको पर्यटन व्यवसाय जहाज दुर्घटनापछि फेरी सुस्ताएको हो।
जीवनशैली
साउना, स्टिम र जाकुजी लिने बढ्दै, शरीरलाई आनन्द र तनावमुक्त राख्ने

आजभोलि मानिसहरु थकानबाट मुक्त हुनका लागि स्पा, साउना, स्टिम, जाकुजी जस्ता सेवाबाट आनन्द लिने गरेको पाइएको छ ।
विचित्र विश्व
रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।