‘आतंकवादीहरूले इमरान खानको हत्याको योजना बनाएका छन्'

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

एजेन्सी । आतंकवादीहरूले पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको हत्या गर्ने योजना बनाएको मिडिया रिपोर्टमा उल्लेख छ । 

 

पाकिस्तानी मिडियाका अनुसार उनको हत्या गर्न अफगानिस्तानका एक हत्यारासँग सहयोग मागिएको छ । 

 

पाकिस्तानी मिडिया रिपोर्टका अनुसार आतंकवाद विरोधी विभाग, खैबर पख्तुनख्वा विंगले चेतावनी दिएको हो। 

 

पाकिस्तानी अखबार ‘जंग’ को एक रिपोर्टमा भनिएको छ,‘आतंकवाद विरोधी विभागले इमरान खानको सुरक्षाका लागि सबै सम्भावित उपायहरू गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिएको छ।’

 

एक वरिष्ठ प्रहरी अधिकारीलाई उद्धृत गर्दै अखबारले रिपोर्ट गरेको छ,‘विभागले जुन १८ मा एक अलर्ट जारी गरेको थियो। यद्यपि, त्यहाँ धम्कीलाई गोप्य राख्न र सोशल मिडियामा लीक हुनबाट रोक्न आदेशहरू थिए।’

 

पाकिस्तान तहरीक–ए–इन्साफका नेताहरूले हालैका दिनहरूमा इमरान खानलाई दिइएको खतराप्रति चिन्ता व्यक्त गरेका छन्। 

 

पीटीआई नेता फयाज चौहानले अफगानिस्तानमा ‘कोची’ नामक आतंकवादीलाई इमरान खानलाई मार्ने आदेश दिएको जानकारी आफुलाई आएको बताएका छन् ।

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

स्याङ्जामा धन्सार भत्किएर पुरिँदा एक बालिकाको मृत्यु

  • 34 minutes ago
स्याङ्जामा  धन्सार भत्किएर पुरिँदा एक बालिकाको मृत्यु

स्याङ्जा । स्याङ्जाको गल्याङ–१० डुबिन्डाँडामा आज बिहान धन्सार भत्किएर पुरिँदा एक बालिकाको मृत्यु भएको छ ।

चितवनका ५० हजार परिवार बाढीको जोखिममा

  • 41 minutes ago
चितवनका ५० हजार परिवार बाढीको जोखिममा

चितवन । चितवन जिल्लामा बाढी पहिरोबाट ५० हजार ५०० घरपरिवार जोखिममा रहेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले उक्त तथ्याङ्क सार्वजनिक गरेको हो ।

बङ्गलादेशमा ५—१२ बर्षका बालबालिकालाई खोप लगाइने

  • 58 minutes ago
बङ्गलादेशमा ५—१२ बर्षका बालबालिकालाई खोप लगाइने

एजेन्सी । बङ्गलादेशमा ५ देखि १२ बर्षसम्मका बालबालिकालाई पनि कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ ।



पर्यटन

'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकको अर्थतन्त्रको बलियो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।

जीवनशैली

दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

एजेन्सी । लसुन र दालचीनीको चिया स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसको सेवनले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न र शरीरमा बढेको कोलेस्ट्रोललाई कम गर्न फाइदाजनक मानिन्छ । लसुन र दालचीनीमा पाइने औषधीय गुणका कारण यसलाई प्राचीन कालदेखि नै औषधीको रूपमा प्रयोग गर्दै आएको छ ।