अष्ट्रेलियाले भारतलाई १० विकेटले हरायो, दुई ओपनरले सकाइदिए खेल
- आइतबार, ५ चैत, २०७९
- 1 week ago
- खेल

काठमाडौँ । तीन खेलको एकदिवसीय सिरिजको दोस्रो खेलमा अष्ट्रेलियाले भारतविरुद्ध सानदार जित निकालेको छ । आइतबार भीशकापट्टनममा भएको खेलमा घरेलु टोली भारत अष्ट्रेलियासँग १० विकेटले पराजित भएको हो ।
भारतले दिएको ११८ रनको समान्य लक्ष्य अष्ट्रेलियाले ११ ओभरमा विकेट नगुमाई पुरा गर्यो । अष्ट्रेलियाका लागि ओपनरद्वय मिचेल मार्स र ट्रेभिस हेडले अर्धसतकीय इनिङ्स खेले ।
मार्शले ३६ बलमा ६६ रन जोडे । उनले ६–६ चौका र छक्का प्रहार गरे । यस्तै हेडले ३० बलमा ५१ रन जोडे । उनले १० चौका प्रहार गरे ।
त्यसअघि पहिले ब्याटिङमा उत्रिएको भारतले २६ ओभरमा अलआउट हुँदै ११७ रन जोड्यो । भारतका लागि विराट कोहलीले ३५ बलमा ३१ रन जोड्दा अक्षर पटेल २९ रनमा अविजित रहे । यस्तै रविन्द्र जडेजाले ३९ बलमा १६ रन जोड्दा रोहित शर्माले १५ बलमा १३ रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।
अष्ट्रेलियाका लागि मिचेल स्टार्कले ५ विकेट लिए भने सिन एबोटले तीन तथा नाथन एलिसले दुई विकेट लिए । योसँगै सिरिजमा १–१ को बराबरी भएको छ । अब बुधबार हुने खेलले विजेता निर्धारण हुनेछ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
काठमाडौँ महानगरले मिटरब्याजी पीडितलाई खुलामञ्चमा पस्न र बस्न दिएन
- 2 hours ago

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले महोत्तरीबाट आएका मिटरब्याजी पीडितहरूलाई खुलामञ्चमा पस्न रोक लगाएको छ। महानगरले खुलामञ्चको गेटमा ताल्चा लगाएर उनीहरुलाई पस्न रोक लगाएको हो। गत चैत २ गते महोत्तर
'सात दिनभित्र सवारी अनुमति पत्र दिने कार्ययोजना बन्दैछ '
- 2 hours ago

काठमाडौँ । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकलाई सात दिनभित्र सवारी चालक अनुमतिपत्र प्रदान गर्ने तयारी गरिएको बताएका छन् ।
'नेपाललाई आँखा उपचारको गन्तव्य बनाउन सकिन्छ'
- 2 hours ago

काठमाडौँ । सभामुख देवराज घिमिरेले नेपाललाई आँखा उपचारको गन्तव्य बनाउन सकिने बताएका छन् । नेपाल नेत्रज्योति सङ्घको ४५औँ स्थापना दिवसका अवसरमा उनले केन्द्र, प्रदेश र स्थानीय तहसँगको सहकार्यमा नेपाललाई
पर्यटन
दोस्रो सिकार यामः ढोरपाटनमा १२ नाउर र नौ झारलको सिकार हुने

नेपालकै एक मात्र सिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो याममा २१ वन्यजन्तुको सिकार हुने भएको छ । बोलपत्र प्रक्रियाबाट छानिएका सात कम्पनीमार्फत १२ नाउर र नौ झारलको सिकार हुने छ ।
जीवनशैली
वासन्ती छठ पर्वको निराहार व्रत आज

मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ पर्व मनाइँदै छ । चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको आज तेस्रो दिन बर्तालुले निराहार व्रत सुरु गरेका छन् ।
विचित्र विश्व
'युक्रेनलाई हतियार दिएर रुसलाई हराउन सकिँदैन'

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष बितिसक्दा पनि जारी छ । यसैबीच रुसले पनि पटकपटक आणविक आक्रमण गर्ने धम्की दिदैँ आइरहेको छ ।