भारतमा कुल सङ्क्रमितको सङ्ख्या ५४ लाख नाघ्यो

प्रतिकात्मक तस्बिर

एजेन्सी । भारतमा कोरोनाभाइरसबाट  एक दिनमा ९२ हजार ६०५ पुगेको  छ । योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको कुल सङ्ख्या ५४ लाखभन्दा बढी पुगेको छ । 

 

केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा पछिल्लो २४ घण्टामा मात्रै कोरोनाकै कारणले एक हजार १३३ जनाको मृत्यु भएको जनाएको छ । भारतमा कुल सङ्क्रमित मध्ये अहिले पनि दश लाख १० हजार ८२४ जना सङ्क्रमित अवस्थामै रहेका छन् ।  भारतमा सङ्क्रमित मध्ये ४३ लाख ३ हजार ४४ जना भने सङ्क्रमणमुक्त भइसकेका छन् । मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म कुल ५४ लाख ६२० जना सङ्क्रमित भएका हुन् । 

 

प्रदेश अनुसार हेर्दा सवैभन्दा धेरै महाराष्ट्र प्रदेशमा सङ्क्रमित भएका छन् । महाराष्ट्रमा अहिले पनि तीन लाख  एक  हजार २७३ जना सङ्क्रमित अवस्थामै रहेका छन् भने कर्नाटकमा एक लाख एक हजार १४८ जना सक्रिय सङ्क्रमितहरु छन् । 

 

त्यसैगरी आन्ध्र प्रदेशमा ८८ हजार १९७ जना, उत्तर प्रदेशमा ६८ हजार २३५ र दिल्लीमा ३१ हजार ७२१ जना सङ्क्रमितहरु अहिलेपनि उपचारकै क्रममा रहेको अधिकारीहरुले जनाएका छन् ।

भारतीय मेडिकल रिसर्ज काउन्सीलका अनुसार भारतमा अहिलेसम्म छ करोड १५ लाख ७२ हजार ३४३ जनाको कोरोना परीक्षण गरिएको छ ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

युकेमा कोरोना कहर, यस्तो छ पछिल्लो रिपोर्ट

  • 6 minutes ago
युकेमा कोरोना कहर, यस्तो छ पछिल्लो रिपोर्ट

लण्डन । युकेमा कोरोना संक्रमण तीब्र रुपमा फैलिएको छ । कोरोना नियन्त्रणका लागि युके सरकारले हरसम्भव प्रयास पनि गरिराखेको छ । पछिल्लो २४ घण्टामा युकेमा १८ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् ।

सुज्यानको इन्टाग्राम एकाउन्ट ह्याक भएकाे थियाे

  • 15 minutes ago
सुज्यानको इन्टाग्राम एकाउन्ट ह्याक भएकाे थियाे

एजेन्सी । बलिउड अभिनेत्री ऋतिक रोशनकी पुर्व पत्नी सुज्यान खानको इन्टाग्राम एकाउन्ट ह्याक भएको खबर बाहिर आएको छ । यसको जानकारी स्वयम सुज्यान खानले नै गरेकी हुन् ।

पोखरामा थप दुई जनालाई कोरोना संक्रमण

  • 45 minutes ago
पोखरामा थप दुई जनालाई कोरोना संक्रमण

पोखरा । पोखरामा थप दुई जनालाई कोरोना संक्रमण भएको छ । फेवासिटी अस्पतालका २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।



पर्यटन

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पोखरा । रेष्टुरेण्ट एण्ड बार एशोसिएशन पोखराको २६ औंँ साधारणसभा तथा १४ औंँ अधिवेशनबाट लक्ष्मण बराल अध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्ष बरालले कोभिड– १९ को महामारीका बीच सुस्ताएको पर्यटन क्षेत्रलाई उकास्न आफ्नो नेतृत्व नयाँ विकल्पको खोजी साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।