२८ वर्षिया विधवा महिलाले विवाह गर्न अस्वीकार गरेपछि परिवारले नाक काटिदिए

प्रतिकात्मक तस्बिर

एजेन्सी । राजस्थानको  जैसलमेरमा एउटा यस्तो घटना बाहिर आएको छ जसले सबैलाई आश्चर्यचकित पारेको छ । एक विधवा महिलाले आफुभन्दा अधिक उमेरको पुरुषसँग विवाह गर्न नमान्दा ती महिलाको परिवारले उनको नाक काटि दिएका छन् । महिलालाई गम्भिर रुपमा अस्पताल लगिएको मिडिया रिपोर्टमा उल्लेख छ । 

 

प्रहरीले उक्त घटनाका मुख्य आरोपीलाई पक्राउ गरेको मिडिया रिपोर्टमा उल्लेख छ । 

 

ती महिलालाई जोधपुरको एक अस्पतालमा भर्ना गरिएको छ । परिवारले उनलाई विवाह गर्न लगातार दबाब दिइरहेका थिए । तर, ती महिला भने बारम्बार अस्वीकार गर्दै आइरहेकी थिइन् ।

 

आरोप छ कि रुष्ट परिवारले उनको नाक काटिदिएका छन् । पीडित महिलाका भाई बसिर खानले प्रहरीमा उजुरी दर्ता गरेको बताइएको छ । ६ वर्ष अगाडि ती महिलाको कोजे खानसँग विवाह भएको थियो ।

 

तर, विवाह भएको एक वर्षमा नै उनको श्रीमानको निधन भएको थियो । त्यसपछि श्रीमानको घरमा नै बस्दै आइरहेकी उनलाई परिवारका अन्य सदस्यले विवाहको दबाब दिइरहेका थिए ।

 

मंगलबार बाइक र ट्याक्टरमा केही अज्ञात व्यक्तिहरु आएर उनलाई आक्रमण गरेको र धारिलो हतियारले उनको नाक काटिदिएको मिडिया रिपोर्टमा उल्लेख छ । प्रहरीले यस घटनाबारे अनुसन्धान गरिरहेको बताएको छ । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

विद्यार्थीकोे भेलामा अष्टलक्ष्मी शाक्यले के भनिन् ?

  • 5 hours ago
विद्यार्थीकोे भेलामा अष्टलक्ष्मी शाक्यले के भनिन् ?

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले पहिलो नम्बरका अध्यक्ष केपी शर्मा ओलीको कारण पार्टी र सरकार ठप्पै भएको आरोप लगाएकी छिन् । शुक्रबार दिउँसो थ

परराष्ट्र मन्त्री ज्ञवालीकी धर्मपत्नीको कवितासंग्रह सार्वजनिक

  • 6 hours ago
परराष्ट्र मन्त्री ज्ञवालीकी धर्मपत्नीको कवितासंग्रह सार्वजनिक

काठमाडौँ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीकी धर्मपत्नी सरस्वती ज्ञवालीको अर्को नयाँ कृति कवितासंग्रह सार्वजनिक भएको छ । कवयत्री ज्ञवालीले जीवनका विभिन्न आरोह–अवरोह र अनुभूतिहरुलाई कवितामा उता

‘कान्छी मट्याङ् ट्याङ्’को भिडियो सार्वजनिक

  • 6 hours ago
‘कान्छी मट्याङ् ट्याङ्’को भिडियो सार्वजनिक

काठमाडौँ । ‘कान्छी मट्याङ् ट्याङ्’को बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सुनिल कटुवालको शब्द तथा प्रेम घिमिरेको संगीतमा तयार भएको गीतमा किरण भुजेल र एलिना चौहानको युगल स्वर छ।



जीवनशैली

यस्ता बानीले अनिन्द्राको समस्या बढाउँछ

यस्ता बानीले अनिन्द्राको समस्या बढाउँछ

काठमाडौँ । प्राय मानिस रातको वेला रक्सी र चुरोट सेवन गर्छन् । सुत्ने वेला कफी, चुरोट, रक्सी सेवन गर्नु हुँदैन । दैनिक शारीरिक व्यायाम गर्न आवश्यक हुन्छ । योग, ध्यान, प्राणायाम गर्दा पनि धेरै हदसम्म अनिद्राको समाधान हुन्छ । यदि साँझको समयमा ध्यान गर्न मन लागेमा निष्क्रिय खालको गर्नु राम्रो हुन्छ ।

विचित्र विश्व

कोरोना भ्याक्सिनभन्दा पहिला फाइजर कम्पनीले बनाएको थियो भियग्रा

कोरोना भ्याक्सिनभन्दा पहिला फाइजर कम्पनीले बनाएको थियो भियग्रा

एजेन्सी । फाइजर र बायोएन्टेक नामको कम्पनीले कोरोना खोपको स्वीकृति प्राप्त गरेको छ। यस कम्पनीले घोषणा गरेको थियो कि उनले प्रयोगशालामा यस्तो कोरोना खोप बनाउन सफल भएको छ, जुन भाइरसविरूद्ध ९४.५ प्रतिशत प्रभावकारी छ।