पेण्डोरा पेपर्स लिक्सः सचिन तेन्दुकर, अनिल अम्बानी लगायत ३८० जनाको नाम सामेल

Norvic Hospital

एजेन्सी । इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नलिस्ट (आइसिजआइजे) को पेण्डोरा पेपर्सको खुलासापछि विश्वभर खैलाबैलाको स्थिति रहेको छ । पेण्डोरा पेपर्स लिक्समा भारतका चर्चित व्यक्तिहरु पनि मुछिएका छन् । भारतका चर्चित क्रिकेटर सचिन तेन्दुकरको नाम पनि बाहिर आएको छ ।

 

उनीसँगै अनिल अम्बानी, विनोद अडानी, ज्याकी श्रौफ, किरण मजुमदार, नीरा राडिया, सतिश शर्मा लगायत कैयौँ भारतीयको नाम बाहिर आएको छ । 

 

आइसिआईजेमा बिबिसी, द गार्जियन लगायत विश्वका १५० देशका मिडिया समुह सामेल रहेका छन् । आइसीआइजेले दाबी गर्दै भनेको छ कि उनीहरुसँग १.१९ करोडभन्दा बढी गोपनिय फाइलहरु हात लागेको थियो । जसले गोप्य रुपमा गरिएको लेनदेनबारे खुलासा गरेको छ । 

 

पेण्डोरा पेपर्सको लिस्टमा बायोकन प्रमुख किरण मजुमदार शलेका पति जोन शको नाम पनि सामेल रहेको उल्लेख गरेको छ ।

 

यसबारे किरण मजुमदारले भनेकी छन् कि उनको पतिको विदेशमा रहेको ट्रष्टलाई गलत तरिकाले शामेल गरिएको छ । उनको पतिको ट्रष्ट वास्तविक र वैध रहेको छ । 

 

पेण्डोरा पेपर्स लिक्समा करिब ३८० जना भारतीयको नाम सामेल रहेको दाबी गरिएको छ । उक्त लिष्टमा सचिन तेन्दुकरको नाम सामेल रहेको छ । तर, उनका वकिलका अनुसार उनको लगानी वैध रहेको बताएका छन् ।

 

यसबारे ट्याक्स अधिकारीहरुसँग रिपोर्ट माग्न समेत उनले आग्रह गरेका छन् । अघोषित सम्पत्ति विदेशमा राख्ने व्यक्तिको सुचीमा अनिल अम्बानी रहेका छन् । त्यस्तै भगौडा निरभ मोदीको नाम पनि सामेल रहेको छ । 

 

पेण्डोरा पेपर्स बाहिर आएसँगै ९१ देशमा हलचल पैदा भएको छ । यो लिक्समा अन्य देशमा सम्पत्ति लुकाएर राख्ने व्यक्तिहरुबारे अनुसन्धान गरिएको र सोही आधारमा उनीहरुको नाम बाहिर आएको बताइएको छ । 

 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

नेपालले आज यूएईलाई जित्नै पर्ने बाध्यता

  • 2 minutes ago
नेपालले आज यूएईलाई जित्नै पर्ने बाध्यता

काठमाडौँ । आईसीसी महिला टी९२० विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपालले आज घरेलु टोली यूएईसँग निर्णायक खेल खेल्दै छ। शीर्ष स्थानमा रहेर ग्लोबल क्वालिफायरमा पुग्ने लक्ष्यसहित यूएई पुगेको नेपाल

मुकुन्दले गरे झापाकी इन्दिरासँग 'इन्गेजमेन्ट'

  • 10 minutes ago
मुकुन्दले गरे झापाकी इन्दिरासँग 'इन्गेजमेन्ट'

काठमाडौं । सामाजिक सञ्जालमा चर्चित मुकुन्द घिमिरे अर्थात् 'मुकुन्दे'ले इन्गेजमेन्ट गरेका छन् ।

३६ मोडल एउटै र्‍याम्पमा

  • 15 minutes ago
३६ मोडल एउटै र्‍याम्पमा

काठमाडौँ । बिगतका बर्ष झै यस बर्ष पनि ‘आइसी डिजाइनर रनवे १०’ फेसन शो आयोजना हुने भएको छ। आइसी कलेजको आयोजनामा आगामी २४ डिसेम्बर (९ पुस) मा आयोजना हुने फेसन शोको नेक्स्ट मोडल्स नेपालले म्यानेजमेन्ट गर्



जीवनशैली

वास्तुशास्त्र: पश्चिम तर्फ टाउको राखेर कहिल्यै सुत्नु हुँदैन, जान्नुहोस कारण !

वास्तुशास्त्र: पश्चिम तर्फ टाउको राखेर कहिल्यै सुत्नु हुँदैन, जान्नुहोस कारण !

एजेन्सी । आज वास्तुशास्त्रमा जान्नुहोस् पूर्व र पश्चिम दिशामा टाउको राखेर सुत्ने बारे। वास्तुशास्त्रका अनुसार पूर्व दिशामा टाउको राखेर सुत्नु राम्रो हुन्छ भने पश्चिममा टाउको राखेर सुत्नु हुँदैन ।

विचित्र विश्व

दक्षिण अफ्रिकामा कोभिड–१९ को नयाँ ‘भेरिएन्ट’ भेटिएको वैज्ञानिकहरूको दावी

दक्षिण अफ्रिकामा कोभिड–१९ को नयाँ ‘भेरिएन्ट’ भेटिएको वैज्ञानिकहरूको दावी

एजेन्सी । दक्षिण अफ्रिकाका वैज्ञानिकहरुले बिहीबार धेरै म्युटेसन भएको कोभिड–१९ नयाँ रूप पत्ता लागेको बताएका छन् । उनीहरुले दक्षिण अफ्रिकामा सङ्क्रमण सङ्ख्या बढ्नुलाई कोभिडको यही प्रकार दोषी रहेको बताएका छन् ।