भारतको संसद अगाडि हजारौ किसानको प्रदर्शन
- शनिबार, १५ मंसिर, २०७५
- 4 years ago
- अन्तर्राष्ट्रिय

नयाँ दिल्ली । भारतको संघीय संसद भवन अगाडी दशौँ हजार किसानहरुले शुक्रबार प्रदर्शन गरेका छन् ।
कृषक र कृषि क्षेत्रमा काम गर्नेहरुले कृषि ऋण, फसलको उच्च मुल्यलगायतका काम राख्दै प्रधानमन्त्री नरेन्द्र मोदीको ध्यानाकर्षण गराउन प्रदर्शन गरेको बताएका छन् ।
सन् २०१९ मा हुन लागेको निर्वाचनको पुर्वसन्ध्यामा प्रधानमन्त्रीलाई आफ्नो मागहरु पुरा गराउन दवाव दिन किसानहरुले प्रदर्शन गरेका हुन् ।
सिंचाईको अभाव, फसलबाट हुने घाटा र ऋण तिर्न नसकेर भारतमा झण्डै तीन लाख भन्दा बढी किसानहरुले गत दुई दशकमा मृत्युवरण गरेका छन् ।
प्रदर्शनका लागि ती किसानहरु गत बिहीबार देखि नै राजधानीमा भेला भएका थिए । उनीहरु बस र रेलमा दिल्ली आइपुगेका हुन् । संसद अगाडी प्रदर्शन गर्न पुग्नु अगाडी उनीहरू राजधानीको रामलीला मैदानमा भेला भएका थिए ।
प्रदर्शनमा झण्डै ८० हजार जना किसान तथा कृषि मजदुरहरु सहभागी भएको आयोजकहरुले शुक्रबार जानकारी दिएका छन् ।
यो प्रदर्शन भारतमा सन् २०१२ पछिकै सवै भन्दा ठूलो प्रदर्शन भएको बताइएको छ । सन् २०१२ मा एक जना विद्यार्थीलाई सामुहिक बलात्कार गरेको घटनाका विरुद्धमा यो भन्दा ठूलो प्रदर्शन भएको समाचारमा जनाइएको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
चर्चित फुटबलर ओजिलद्वारा सन्यास, भावुक हुँदै के भने ?
- 15 seconds ago

जर्मनीका पूर्व मिडफिल्डर मेसुट ओजिलले फुटबलबाट सन्यासको घोषणा गरेका छन् । आर्सनल, रियल मड्रिड र जर्मनीका पूर्व मिडफिल्डर ओजिल पछिल्लो समय टर्किस क्लब इस्तानबुल बसाकसेहिरमा आवद्ध थिए ।
मेघ गर्जनसहित वर्षाको सम्भावना
- 35 minutes ago

हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव कायम छ । यसका कारण देशका पहाडी भू–भागमा आंशिक बदली छ ।
होटलमा ६० करोड लगानी, तीन सयलाई रोजगारी
- 1 hour ago

आतिथ्य सेवा क्षेत्रमा लगानी गर्दै आएको होटल पौवा प्रालिले पर्यटकीय सहर पोखराको लेकसाइडमा होटलको ११औँ शाखा सञ्चालनमा ल्याएको छ ।
पर्यटन
प्यासिफिक एसिया ट्राभलको शिखर सम्मेलन पोखरामा हुँदै

कास्की । देशकै प्रमुख पर्यटकीय सहर पोखरामा पहिलोपटक प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)को वार्षिक शिखर सम्मेलन हुने भएको छ ।
जीवनशैली
काजु खानुका यस्ता छन् फाइदाहरु

बजारमा महँगो मूल्यमा बिक्री हुने काजुका फाइदा पनि बढी धेरै नै छन् । धेरै फाइदा भएकै कारण धेरै पैसा हालेर काजु किन्नु परेको हो ।
विचित्र विश्व
महाठग चन्द्रशेखरले भनेः गरिब कैदीलाई करोडौँ रकम प्रदान गर्ने चाहन्छु

एजेन्सी । आफैँ कैदमा रहेका एक बन्दीले कारागारमा रहेका कैदीबन्दी तथा उनीहरूका परिवारका लागि रु पाँच करोड ११ लाख प्रदान गर्ने चाहना व्यक्त गरेका छन् ।